Posts

Showing posts from 2021

मेरो मन ....

मेरो मन यसै कहाँ दुखेको होर !!  जैले तिमि बाट आशा गरिरहन्छ , कैले म्यासेज त कैले फोन कलको  कयौँ पटक आशपछि निराश हुने गर्छ , मन अमिलो हुन्छ आखाबाट आसु झर्छ  बिस्तारै बिस्तारै दुखाइ बढ्दै जान्छ ।  महसुस गर्न सकिन्थ्यो  तिमि टाढा जादै छौ भनेरै ,, फेरिपनि यि आशाहरुले मरिहत्ते गरिरहन्छ  समय सङ्गै आशा आसुमा परिवर्तन हुदैछन ।  अन्त्यमा मेरो डरहरु पनि सत्य साबित हुन्छ  मेरो मन बिमार हुन्छ निरोगी मान्छे रोगि बन्छ । सधैंको लागि आशा यादको बिमारी पर्छ  यि आशाहरुले सधैं निरासा बनाउछ । 

चुरोटको आत्माकथा

सुरुवात कहाँबाट गरु खै !  संसारमा सबैभन्दा बढी बदनाम सायद म नै छु तिन चार इन्च जति लामो छु  र दुइटा औलाको विचमा राखेर तान्ने गर्छन्  । सन १८८० मा चौबिस बर्षको युवकले पहिलोपटक मलाई अमेरिकामा बनाएका थिएँ , दुइ साल तक मलाई हातले नै   बनाएर बेच्थे दुइ साल पछि मसिन बाट बनाउन सुरु गरेको थिएँ ।    येहा युवायुवती देखि बृद्ध बालक सम्म सबैले प्रयोग गर्छन् , मानसिक तनाव देखि लिएर दुःखी खुसि हुदा हरेक पटक मलाई तानिरहन्छन ।    खुसिको मौका : साथिभाई भेटघाट आइज न साथि एक सर्को तानौ यतिका वर्षपछि त भेटघाट भएको छ ।   बृद्धहरु तर झनै नसकिँदा सम्म तानिरहन्छन अन्तिममा अब त मलाई फ्यादिन्छन भनेर ढुक्क हुन्छु फेरिपनि त्यो पातमा बेरेर अन्तिम सम्म चुसिरहन्छन तानिरहन्छन ।   म चिच्चाइ रहन्छु मलाई नतान क्यासर हुन्छ भनेर कैले प्रायः कसैले सुन्दैनन् , त्यो नाबालिकको हात बाट कयौं पटक म झरे पटकपटक मलाई नै उठाएर माटो झारेर पनि तान्छन् ।   सायद त्यो चुरोट ठाउँमा कुनै अन्न भइदिएको भए यसरी उठाएर माटो झारेर पिउने हिम्मत पनि गर्ने थिएनन होला !! मलाई ...

कक्षाकाेठाकाे बेञ्चबाटै छुटेकी आश्मा

Breaknlinks म बस्ने बेञ्चकाे अर्को पट्टी केटीको बेच्नमा भखर्रै नयाँ केटी आएको थिइन्। एक महिनापछि बल्ल त्याे कक्षाकाेठामा एउटा नयाँ केटीको आगमन भएको थियो, जाे असाध्यै राम्री पनि थिइन्। कक्षाकोठाकाे बेञ्चहरूमा केटाहरुबीच आफ्नाे कब्जा जमाउने खुब हाेडाबाजी चल्थ्याे। कक्षाकाेठामा ती नयाँ केटी आएपछि भने सबै केटाहरूले आफ्नाे बेञ्च खाली भएकाे भन्दै उनलाई आफूसँगै बसाल्न तानातान गर्न थाले। मसँगै अरु साथीहरुकाे अनुमान के थियाे भने ती केटी पक्कै कि यही विद्यालयकाे पुरानाे विद्यार्थी हाे, कि प्रिन्सिपलकी छाेरी हाे। त्यसभन्दा पहिले ती केटी कुनै कक्षाकाेठा र विद्यालयमै देखिएकी थिइनन्। उनकाे परिचय पाउँन र नजिक हुन अन्य केटा साथीहरू विभिन्न याेजना बनाउँदै थिए। नढाँटी भन्ने हाे भने, मेराे मनमा पनि उनकाे बारे जान्ने काैतुहलता जागिसकेकाे थियाे। तर, मैले बाहिर देखाइनँ। याे मनकाे कुरा मैले मनमै राखेँ। एकमनले यस्ताे पनि साेच्याे कि- आखिर उ, काे नै पाे हाे र ? उ जस्ता केटीहरू कक्षाकाेठा र विद्यालयमा कति छन् कति ! ७० भन्दा बढी विद्यार्थीहरूकाे बीचमा खास हुन उ सँग के नै पाे खासियत छ र ! उनी अङ्ग्रेजी विषयमा ट्य...

स्कुले जिन्दगी र यादहरु

       मैंले भखर्रै कक्षा नौं मा भर्ना भएको थिएँ  , त्यो भन्दा पहिलाको पढाइ मेरो बाग्लुङमा भएको थियो मेरो लागि पहिलो दिन थियो नयाँ ठाउँ साथिहरु पनि कोही थिएनन् ।             पहिलो दिन क्लासको अन्तिम बेन्चमा एक्लै बसेको थिएँ त्यो स्कुलको नियम रहेछ क्लास सुरु भएको पहिलो दिन नै पहिला आएर जहाँ बस्यो तेहि बस्ने बेन्च कब्जा गर्न पर्ने रहेछ मलाई थाहा थिएन त्यो बारेमा ।    बाग्लुङमा पढ्दा त केटाकेटी मिलाएर राख्ने गरिन्थ्यो तेहि पनि जान्ने र नजान्ने शिक्षक शिक्षिकाको मान्यता थियो कि केटाकेटी मिलाएर राख्दा हल्ला कम हुन्छ र जान्ने नजान्ने मिलाएर राख्दा सबै स्टुडेन्ट बराबरि कम्जोर बलियो हुन्छन् ।     म अचम्म परेको थियो एकतिर केटा नै केटा अर्कोतर्फ केटि केटि बिल्कुल नयाँ फरक देखिरहेको थिएँ , फेरिपनि म स्कुलको युनिफर्म लगाएर गएको थिएँ तेहा क्लासमा थोरैले मात्रै लगाएको थिएँ ।     पहिलो दोस्रो तेस्रो तेस्तै आउने अनि बलियो स्टुडेन्ट र केहि म जस्ता सोझा थिए पहिलो दिन सबैले मलाई हेरेर हाँसिरहेका थिएँ उचाइमा...

याद छ तिमिलाई !!

 पछिल्लो साल तिमिले हातमा मेहन्दीले लेखेको नाम र हरिया चुराहरु साउनको महिना मेरो लामो आयुको लागि बसेको व्रत याद छ नि तिमिलाई !!  दिनरात सधैं जसो रङ्गिन होस घन्टौंसम्म कुराकानी होस् त्यो सार्वजनिक स्थानमा डराएरै गरेको किस र काँप्दै तिम्रो स्तनसम्म पुगेका मेरा हातहरु जिन्दगी भरिको लागि मेरै हकमा होस मेरै साथमा होस ।   पहिलो पटक मेरो कट्टु चिसो भएको मलाई याद छ त्यो दिन घर पुगि बाथरुममा बलियोसँग ढोका र झ्यालको चुक्कुल लगाए हस्तमैथुन गरेको थिएँ ,  छि फोहोरी केटा भनेर महिनौ सम्म जिस्काएको याद छ !! त्यो मोटरसाइकल पचासको रफतारमा चलाउँदा पनि पछाडि बसेर अलि स्पिडमा चलाउन मैंले चरप्प अगालो मार्छु बुद्दु पछाडि केटि बस्दा पनि चलाउने ढङ्ग रहेन्छ भनेर टाउको हानेकि  थियो नि ! अस्ति जस्तो लाग्छ " आजकल बिग्रेको छ त्यो सङ्गै घुम्ने गरेको सवारी पनि ।  अचानक साथिहरुको बिचमा मुस्कुराएको त्यो ओठ बन्द कोठामा पुगेपछि तेहि पुरानै म्यासेज र तस्विर हेरेर छातिको भित्तामा टाँसेर रोएको धेरै पटक छु । न कैले अध्यारो भयो नत उज्यालो नै जिन्दगी जहाँको तेहि बिग्रेको घडी जस्तै भएको छ कास म...

happy birthday sani

म लडिरहेको थिए  परिस्थिति, आफन्त , आफै सङ्ग  अब त यस्तो अवस्था आयो कि यादहरु सङ्ग लडिरहेको छु मृत्यु सङ्ग लडिरहेको छु ।     रहर थियो तिमि सङ्गै बसेर चक्लेट केक काटेर यि आफ्नै हातले तिम्रो अनुहार रङ्गाउने , अधुरा भए ति सपनाहरु टुटे ति भबिष्यका कल्पना हरु ।        खै कसरी भनौं तिमि खुसि छौ ! मेरा आँसुहरूले तिमिलाई मुस्कुराउन त पक्कै दिएको छैन , देखावटी मुस्कान र अथाह प्रेम बोकेर हिँडिरहेको छौँ ।       बिकल्पहरु खुल्ला छन् दुइ कदम अगाडि बढ्ने हिम्मत छैन रहेछ , तिमि दुइ कदम अगाडि बढ म हजार कदम बढ्छु भनेर सुनाउ खै कसरि सबै बाटोहरू बन्द गर्दिएको छौ ।      रहर चाहना इच्छा लाइ दागबत्ती दिएर तिमि आफै जिउदो लासको जिन्दगी बिताएको मैंले सजिलै महसुस गरिरहेको छु सायद मेरो लाचार जिन्दगी पनि पक्कै महसुस गरेको छौ है !      आउ न फेरि नयाँ सुरुवात गरौ जिन्दगी धेरै लामो छ एकअर्का बिना बाँच्नुपर्छ भनेर कल्पना गर्दापनि मेरो सास रोकिन्छ र भेन्टिलेटरको जरुरत पर्दछ ।       मर्न त एकदिन छदै छ नि जति...

जन्मदिनको शुभकामना साथि

किन चाहियो प्रेमिका तिमि जस्तो बुझ्ने सम्झाउने गालि गर्ने  असल साथि पाउनु ठुलो उपलब्धि हो रुवाउने प्रेमभन्दा धेरै माथि हाम्रो सम्बन्ध छ ।      तिमि जिन्दगी र मृत्यु सङ्ग लड्दै गर्दा तिम्रा ति हेडरमा राखेका आखाहरु हेरेर हरेक दिन भगवान सङ्ग हात जोड्थे चाडो निको भएर आउ अनि सधैं जसो कुरा गर्नुपर्छ।     जब मैले थाहा पाए डक्टरले पनि आशा मारेका थिए तिम्रो बाबाको जिद्दिपनले गर्दा आज फेरि नयाँ जिन्दगी  पाएको छौ , तिमि भन्दा हजार लाख गुणा बढि खुसि म छु ।     जिन्दगीको दोस्रो जन्म भन्दापनि फरक पर्दैन जुन तिमि अहिले बाचिरहेको छौ मृत्युलाइ नजिक बाट देखेर आएको छौ , अब खुलेर खुसि सङ्गै जिउनुपर्छ ।        आँखामा आसु होइन खुसिले भरिएको मैंले‌ देख्न पाउनुपर्छ साथै तिम्रो जिन्दगीका हरेक इच्छा चाहना आफैंले पुरा गर्नुपर्छ र कोसिस गरिरहनु ,  तिमिले पुरा गर्न नसकेका केहि थान खुसीहरु मेरो हैसियतले पुगेसम्म खोसेर भएपनि तिम्रो झोलिमा राख्दिनेछु ।     दोस्रो जिन्दगीको आयु कति हुन्छ देखेको भोगेको छन् तर सयौं बर्ष हुन्छ भन्ने मैंले सुने...

भरोसा

    कयौँ बर्ष पछि फेरि मेरो हेर्ने नजर फेरिएको छ जुन भरोसा तोड्ने अरु कोहि थियो आजकल नयाँ मान्छेको आगमनले मैंले थोरै भएपनि भरोसा गर्न थालेको छु ।        सायद एकपटक आफुलाई भन्दा बढि भरोसा गर्ने मान्छेले नै तोडेको हुनाले मेरो दिमागमा परेको गहिरो प्रभाव नै थियो जुन कयौ बर्षसम्म पनि भरोसा गर्न सकिरहेको थिएन ।      म धेरै छुच्चो छु बोल्ने कुरामा अलिकति उट्पट्याङ र ननभेज बोल्ने गर्छु मलाई सजिलै मान्छेले चरित्रको बारेमा मुल्यांकन गर्छन् , हुन त फरक पर्दैन कसले के भन्छ किनकी आफुले आफुलाई भन्दा बढी अरु कसैले बुझेको हुदैन ।      हो म मा परिवर्तन आएको छ किनकी म यस्तो साथि भेटाएको छु जसले मलाई प्रेम गर्छु भनेर हजार पटक साबित गर्न तर्फ लाग्दिनन् मेरो कमि कम्जोरी माथि हमला पनि हुदैन मलाई भन्दा बढी प्रेम मेरो कमि कम्जोरी सङ्ग छ ।        मलाई निद्रा न लाग्दा उ पनि रातभर जाग्राम बस्छे म सुत्दा सङ्गै निदाउछिन कैले मलाई साथ दिन्छु भनेर जिन्दगी भर भन्दिनन् , सकुन्जेल साथ दिन्ँछु भन्दै मुस्कुराउँछिन उ आफै पिडामा छ अनेक समस्या छ ...

चुरा मेहन्दी

हरियो चुरा मेहन्दी कुरेर बसेका छन , सधैं जसरी खै कसको लागि हो खै ? २        यो सालपनि सधैं जसो किनेर राखेको         कयौ साल बितिसके  पर्खेि बसेका छन । छट्पटाइरहेका छन कसैको त्यो  सुन्दर हातमा सजिउला भनेर ।              यिनका पनि इच्छा चाहना होलान            कसैको हातमा कसैको नाममा सजिने ।       पुरा हुन यि हेरिया चुरा र मेहन्दीका सपनाहरु   सुन्दर देखियोस् कसैको त्यो हात र हत्केलामा ।          छमछम बझिरहुन रङ्गिन होस त्यो हत्केला र हात           पर्खेर बसेका यिनका सपनाहरु चाडै पुरा होस । २       

मेहन्दी

      साउन महिना हरियाली चुरा र मेहन्दी निकै सुन्दर देखिन्छ तिम्रो त्यो हातमा ।         सधैंभरि जस्तै यो साल पनि लगायौ है !     मेरै नाम लेखेको स्पस्ट देखिएको थियो  ।           पाँच वर्ष भइसक्यो तिमिले यसरि नै लेखेको ,       देखावटी थिएन आमाले लगाइदिएको मेहन्दीमा ।     हरेक साल जिन्दगी भरि यसरी नै देख्न पाउ  तिम्रो त्यो लेख्ने रहर झन झन बढ्दै जाहोस ।          मेरो आँखाको नजर झनै बढि तेजिलो होस , हरेक साल झनझन् गहिरो छापिदै जाहोस ।    फेरिपनि मनमा अनेकौं डरले सधैं सताउँछ  हातमा लेखिएको नाम मेरो भाग्यमा नछुटोस् ।          मैले देखेको हरेक सालको सपना कैले नटुटोस्   तिमिले लेख्ने सौभाग्य जैले सधैभरि प्राप्त होस ।       हत्केलामा छापिएको मेहन्दीको नाम मेरै  भाग्यको अगाडि कैले फिका नहोस । २         

हरहर महादेव

 नियमित रूपमा मङ्गलबारको व्रत पछि सधैं जसो यो बर्षपनि उनले साउनको महिनाको पहिलो सोमबार व्रत बसेको रहिछन उ जस्ता हजारौं लाखौ होलान् ।       धेरै आशावादी छन पक्कै पनि इच्छा चाहना पुरा गर्ने रहर कसको हुदैन र ? सबका अनगिन्ती आशाहरु सङ्ग जोडिएका होलान्  ।      हामि सबैले केहि न केहि आशा राखेर नै भगवान् प्रति आस्था राखेका पक्कै हुन्छौ , कोहि सबथोक पाउछन् भने कसैले गर्दागर्दै पनि गुमाउँछन्  ।       मैंले पनि बसेको थिएँ हरेक मङ्गलबार धेरै आशाहरु लिएर केहि पाए त धेरै गुमाए , फेरिपनि भगवान प्रतिको आस्था कम भएको छैन निरन्तर गरिरहेको छु ।      गुनासो आफै सङ्ग छ गल्ती गरेको थिएँ कि ? या भगवान् प्रतिको जुन आस्था राखिन्छ तेसैमा केहि कमि कम्जोरीहरु रहे होलान् मनुष्य भएपछि गल्ती भइहाल्छ ।      अनेकौ आशा लिएर व्रत बसेपनि आफ्नो अगाडि भएको केहि चिजलाइ अनदेखा गरिन्छ एकपटक आफैंलाई मुल्यांकन गर्न पनि जरुरी छ , केहि नछुटोस् र केहि नदोहोरियोस् जिन्दगीमा एकपटक आत्मा चिन्तन गरौ ।     पशुपतिनाथले सबैको रक्षा गर...

याद

आज फेरि उहि तिम्रो यादमा परेलि भिजेको दिन यादहरुले सास रोकिएर परेलि देखि सिरानी सम्म पुगेको दिन ।       खै के गर्यौ तिमिले मलाई ? अरु कसैसङ्ग बोल्दा तिमिलाई याद गर्दै आसुले लुछुप्प भिजेको छु ।       कयौ दिन कयौं रात बितिसके आज फेरि तेहि पुरानै घाउमा नुन छर्केको जस्तो लाग्यो ।        म भित्र कोठामा सुतिरहेको थिए सास फेर्न गाह्रो भएर छतमा गएर चुरोट सल्काउदै आँसु बर्सेको दिन ।        मैंले तिमिलाई पाउनको लागि लेखेर देखाउन लेखेको छैन " होइन पनि ' म भन्दा राम्रो मान्छे डिजभ गर्छौ ।      म आफ्ना कमि कम्जोरी हरु सम्झिरहेको छु आफैंलाई धिक्कार्दै झन बढि नफरत आफैंलाई गरेको छु ।     डर लागिरहेको छ कतै यो बिहोसिमा गलत कदम उठाउने र होइन ?               चिसो पानि पिउदै छु ।           साना        

डिभोर्स

जबसम्म प्रेम गरिरहन्थी  आफ्नै सम्पत्ति जस्तो हक जताइरहि ।।          "अहिले बिहे भइसक्यो , अझैपनि उ आफ्नै जस्तो लाग्छ ।। घरि सोच्छु उ खुसि रछ ठिकैै त छनि ,,      कैलेकाहि दिमागमा , याद सङ्गै प्रेमको नशा चडेपछि,, लाग्छ डिभोर्स होस उसको  तेस्पछि मात्रै म उसको हुनेछु । नकार्ने उनको हिम्मत नहोस्  अर्को बिकल्प नहोस् । उसको रोजाइ हुनेछु ' उनको सबथोक मै हुनेछु  , म उसैकै आफ्नो हुनेछु ।  #साना 

मेराे यि नजर

करिव ढेड सालपछि म पुरानो साथिसङ्ग भिडियो कलमा बोल्दै थिए , सनिवारको दिन थियो उनि बिस्तारमा लडिरहेको थिइन् म सोफामा यसै पल्टिरहेको थिए ।        उनले लगाएको त्यो बार्सिलोनाको जर्सि देख्दा झसङ्ग भए मलाई लाग्यो लामो समयपछि आज म तिमि सङ्गै बोल्दै छु ।       सनिवारको दिन तिमि र म बेडमा लुटुपुटु गर्दै गरेका तिम्रा र मेरा मिठामिठा गफगाफ गरेको आँखाभरि खेलिरह्यो  ।           ™ झसङ्ग भए आँखाभरि आँसु भरिन थाले " कहाँकहाँ मलाई उनि सङ्ग बोलेजस्तै लाग्यो साथिको अनुहारमा मैंले उनको अनुहार देख्न थालेसकेको थिए ।            यत्तिकैमा बोल्दाबोल्दै उनि निदाइन मैंले एकहोरो हेरिरहेको थिएँ । आँखाभरि आँसु मायुस अनुहार लिएर साथिको अनुहारमा उनको अनुहार स्पस्ट देखेको थिएँ ।         कस्तो अचम्म छ है ! तिमिलाई मात्र यि नजरले खोजिरहेको छ अरु सङ्ग बोल्दा पनि तिम्रै अनुहार देख्ने म ।    अझैपनि मेरो यि नजरले तिमिलाई खोजिरहेको रहेछ , मनलाइ समाल्न खोज्छु यि आखा र दिमाग तिम्रो वरिपरि नै घुमिरहेक...

नजर

उ अझैपनि मलाई हेरेर निदाउछे  सुन्नुस है " उ अझैपनि मलाई हेरेर निदाउछे           फरक यत्ति मात्रै छ कि  पहिला उ नजर जुधाएर निदाउथि           आजकल तस्वीर हेरेर नजर लुकाएर निदाउछे तर उ आजकल नजर लुकाएर निदाउछे ।।  #साना 

तस्विर देखि आँसु सम्मको सम्बन्ध

पहिलो चोटि मेरो मोबाइल बहिनिले हेर्दै गर्दा उनको तस्बिर देखिन , हतार हतारमा आमालाइ देखाउदै " दादाको मोबाइलम के रहेछ हेर्नुस त  !!       बहिनिले देखाएको फोटोबाट नै आमाको अनुहारको प्रष्ट खुसि देख्न सकिन्थ्यो "    उनको तस्वीर  ( कुर्ता सङ्गै जिन्स लगाएको थियो )   आमा : साह्रै सुन्दर र सुसिल बुहारी भन्दै मनमनै गदगद हुनुहुन्छ ।     बहिनिबाट आमा सम्म हुदै कुरा अब बाबा सम्म पुगिसकेको रहेछ " केहिदिन पछि बाबाले मलाई सोध्दै हुनुहुन्थ्यो उनको फोटो देखाएरै यि नानि को हुन ?  कोहि होइन मेरो राम्रो साथि हुन , मुस्कुराउदै बाबको कुरा टारिदिए ।     अब हाम्रो प्रेम दुइजनामा मात्र सिमित थिएन घरपरिवार सङ्गै घुलमिल भइसकेको थियो " हरेक दिन मलाई दोह्याएर तेहि एउटै प्रस्न सोध्नु हुन्थ्यो उनि को हुन बाबु ?    मेरो जवाफ बिस्तारै लचिलो हुदै हामि एकअर्कालाइ मन पराउछौ सम्म पुग्यो ‌।     निरन्तर आमाको फोन आउँदा सधैं मलाई सोध्नुहुन्थ्यो सालौसम्म यस्तै सिलसिला चल्दै गयो ।               ...

जवाफ चाहिएको छ !!

     तिमिले नदेखेको होकि ! अनदेखि गरेउ !! सालौ बितिसक्दा पनि बदलिन सकेको छैन थोरै पनि । तिम्रो यादहरु मेटिने क्रम सुन्य नै छ ।      निस्टुरी बन्न मन मलाई पनि छ यसरि जिन्दगी त पक्कै चल्दैन तर सक्दै सक्दैन , यि रातले निद्राले मलाई गिज्याउने क्रम अझै कति महिना सालसम्म रहन्छ खै ?      तिम्रो त्यो बेवास्तालाइ म स्विकार गर्न कुनैपनि हालतमा तयार छैन खै किन हो ?       यति धेरै प्रेम गरेको थिएँ मैले तिमिलाई ?? लाखौँ पटक एेना अगाडि गएर आफैला सोध्ने गर्छु तर एउटा पनि जवाफ पाउन सक्दिनँ ।       यति सजिलो छैन रहेछ कसैलाइ प्रेम गरेर भुल्नको लागि खै मलाई मात्र यस्तो हुन्छ कि ! या हरेक प्रेम गर्ने मान्छे यस्तै हुन !!       मलाई जवाफ चाहिएको थियो खै कसले दिन्छ ? आफै सङ्ग मैंले जवाफ पाउन सकेको छैन सानि " बरु एकपटक तिमि आफै जवाफ देउ खै कसरी सामान्य बन्न सक्छु ? खै कसरि बदलियौ यति सजिलै भुल्न सकेउ !      #साना 

तिम्रो खुसि

उड्न खोजिरहेको रहेछौँ तिमि मेरो प्रेम , भरोसा , आशाले रोकिरहेको रहेछ ........।        आकाशको चरि जस्तै खुल्ला उड्ने रहर थियो तिमिलाई मेरो प्रेम वाधक बन्यो !        खुसिहरु छरिरहेको छु भन्ने लाग्थ्यो मलाई " तिमिले पिन्जडाको पन्क्षी जसरि बन्धक बनेको महसुस गरिछौ ््           मेरो प्रेममा सबथोक पाएर रमाएको महसुस गरेको थिएँ तिम्रो आँखाभरि आँसु झारेको रहेछौ !!       सङ्गै देखेका सपनाहरु तिमि एक्लैले उडेर आफु स्वतन्त्र भएर मलाई यादको बन्धन बनायौँ ।        #साना                     

आँखाभरि आँसु

सायद म यति धेरै त्यो दिनपनि रोएको थिएन जुनदिन तिमि एकतर्फी फैसला गरि छोडेर गएको थियौ .....        अचानक मेरा आँखाभरि आँसु भरियो ‌‌‌सास फेर्न गाह्रो पर्यो बोल्न एक वाक्य समेत सकिरहेको थिएन ।        यस्तो लाग्यो संसार नै मै‌ माथि पल्टिएको छ ......                    यता म हरेक दिन उसको तस्विरको साहारा बाचिरहेको थिए उता म अर्कै सङ्ग देखे मेरो लागि अपत्यारिलो थियो " निदाएको कुनै एक रात पनि मैंले सपनामा यस्तो होला कि भनेर देखेको पनि थिएँन ।         बिमारी थिए कोरोना ेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे भाइरल थियो या सालभन्दा बढि नसुतेको निद्रा ! ज्यान दुखेको , हातखुट्टा झमझम गर्थ्यो टाउको फुट्ला जस्तो , आखा खस्ला जस्तो भएको थियो तेसैमाथि मेरा यि आखाले देखेको तिम्रो त्यो तस्वीरले झन थला पारिदयो  ।       जिउदो लास भएर त बाचेको थिए आज खरानी बनायो .....           #साना  

खोजिरहेको छ तिमिलाई

तिम्रो त्यो हात खोजिरहेको छु जुन हातलाइ सिरनि बनाएर सुत्ने गर्थे , संसारकै सारा खुसि पाउने गर्थे मिठो निदाउने गर्दथे ।      यि रातहरु सङ्ग थाकिसकेको छु जहाँ मेरा निद्रा लुटेको छ , मलाई आजकल तिम्रो साथको आशा लाग्न छोडिसक्यो  मिठो निद्रा खोजिरहेको छु ।      सम्झाउन सक्दिन म यि रातहरु लाइ तिम्रो हात खोजिरहेको छ यि आखा झिमिक्क हुन समेत मान्दैनन् यि रातले तिम्रो त्यो हात खोजिरहेको छ ।     मलाई सिरनिको खाँचो भइरहेको छ , तर त्यो कपासको होइन ति हातको यि रातहरु यसै बितिरहेका छन् खोजिरहन्छ तिम्रो त्यो हात जुन सिरनि बनाएर सुत्थे ।       सम्झाइदेउ मेरो यो निद्रा लाइ तिमि खोजिरहेको छ आखा झिमिक्क समेत हुन मान्दैनन् तिमिलाई खोजिरहेको छ ।           तारा जस्तै भयौं तिमि टाढा छौ , हेरिरहन सकेको छु तर पाउन भने सकेको छैन " यि रातले तिमि खोजिरहेको छ निद्राले तिमिलाई खोजिरहेको छ ।

चुरोट

रातिको एक बज्न लागेको थियो साथमा  चुरोट केहि थान सपनाहरु र तिम्रो यादहरु मनभरी हुदै दिमाग सम्म पुगेको थियो ।        बाहिर गाडिहरु गुडिरहेका थिएँ चुरोट सल्काउदै कोठा बाट बाहिर निस्के झसङ्ग तिम्रो यादहरुले दिमाग भरिदियो ।   तिमिलाई कसम दिएको नाइ अब बाट चुरोट पिउदिन भन्दै तिम्रो कसम खाएको , प्रेमको खेलमा वाचा कसम खाने र तोड्न तिमि बाट सिकेको थिएँ ।     जिन्दगी भरिको साथको कसम खाएको तिमि निभाउन त सकिनौ भने मैंले त जाबो चुरोट खान्न भनेको थिएँ निभाउन सकिन सालभर भन्दा बढि भइसक्यो कसम तोडेको ।     चुरोट सकिन लागिसकेको छ अब कोठाभित्र पस्ने बेला भएछ साथमा चार भित्ता र भिजेको सिरनि मेरो आफ्नै दुख सुख का साथिले कुरिरहेका छन् ।            

छोरि

हो उ एउटा संस्कारी छोरि हो " तर उसका पनि पिडा छन् उसका पनि इच्छा चाहना छन् " तर उसको परिवार र आफन्तको सानो सोच ल गर्दा एउटा स्टाटस समेत लेख्न डराउछे ।        परिवारले भरोसा गरेर घरबाहिर पढ्न पठाएको छोरी हो उसको पनि ब्वाइफ्रेन्ड होला ! घुम्न जाने रहर होला ! तर उ छोरी मान्छेले आफन्त परिवार कसैले देख्छन् कि भन्ने डर छ उ घुम्न जान सक्दिन ।       उसले पनि कसैलाई प्रेम गरेको होला सङ्गै उसै सङ्ग जिउने सपना देखेकि होलिन् तर परिवारको डर यति धेरै छ कि उसले आफ्नो इच्छा चाहना अनुसार जिन्दगीको फैसला लेउन सक्दिन ।        हो उनकै बाबा राजनीतिमा छन् नागरिक स्वतन्त्रताको कुरा गर्दै नारा लगाउदै हिड्छन् पार्टिको झन्डा बोक्छन तर आफ्नै घरमा आइपर्दा आफ्नो छोरिको फैसला उसलाई नसोधी ल्याउछन् ।        हो उ छोरि मान्छे हो उसको आफ्नै कथा र आफ्नै बेथिति बोल्न मन छ बाबा मलाई उ सङ्ग जिन्दगी जिउनु छ "   तर हालत यस्तो छ कि खुलेर फेसबुकमा आफन्त परिवारको अगाडि एउटा स्टाटस लेख्न सक्दिन किनकी उसलाई परिवार र आफन्तको डर छ ।   ...

प्रेम ....

रातको दुइ बजिरहेको थियो हिजो अस्ति जस्तै निद लागेन फेसबुक , ट्विटरमा कोहि थिएनन म एक्लै बरबराउदै थिए ।              दस बजेदेखि बिस्तराम लडिरहेको थिएँ रुघाखोकी र ज्वरोले साह्रै च्यापेको थियो " मोबाइल चलाउँदा पनि आखाबाट तपतप आशु खस्दै थिए फेरिपनि निद लागेन केहि सब्द कोर्न थालेको छु ।        यत्तिकैमा पुरानो दिनहरू दिमाग भरि आएर मुटुको गति नै एकछिनको लागि रोकिदियो , सोच्दै थिएँ हामि बिचमा भइरहेका कुराकानी भेटघाट सबै दिमाग वरिपरि घुमिरहेको थियो ।                    प्रेम पनि गज्जब थियो ख्याल ख्यालमै बोल्दा बोल्दै सम्बन्ध अगाडि बढेको थियो " पहिला उनलाइ  कल गर्दा ५५ सेकेन्ड जति कुरा भएको थियो धेरै बोल्न हुन्न भन्दै उनले फोन काटिदिएको याद छ अझैसम्म ।       खै प्रेम गर्न परिवार आफन्त कसैलाई सोध्नु खोज्नु परेन आज जब सम्बन्ध यति नजिक भयो कि एक अर्का बिना असम्भव जस्तो लाग्थ्यो तिमि परिवार र आफन्त लाइ सोध्न खोज्न हिडेको रहेछौं ।       जवानिको नसामा सब...

प्रेमको त्यागपत्र

त्याग पत्र कागजमा मात्रै हुन्छ र ? दुइ आत्मा मिलन भएको सम्बन्ध बिच्छेद हुनको लागि दुबै सहमति हुनुपर्ने होइन र !       भन्न धेरै सजिलो छ एकअर्का लाइ भुल्न , केहि गाह्रो छैन बिहे भएको कहाँ छ र ? प्रेम न हो भुलिन्छ । होइन ?       भनेपछि बिहेपछि मजबुरिमा सम्बन्धमा टिकिरहन्छन होइन त ! नत्रभने मनदेखि जोडिएको सम्बन्धको त्याग पत्र जरुरी किन छैन ? पबित्र प्रेममा !         के बिहे गरेपछि गाउँ समाजको परिवारको डरले त्याग पत्र दिन गाह्रो हुन्छ बाध्यतामा बाँधिएका हुन्छन ! नत्रभने बिहेको  छ महिना साल ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृभर पाँच साल दश सालपछि पनि त्याग पत्र भएको पाइन्छ त "      फेरि प्रेम सम्बन्ध पनि त उस्तै होनि छ महिना सालभर पाँच साल दश सालको सम्बन्ध फेरि यत्तिकै किन सक्काउन खोज्छन् र सकिन्छन्  किन होला ?      एकतर्फी फैसलाले सम्बन्ध सकिने' अचम्मको छ जहाँ आत्मा मिलेर गासिएको प्रेम सम्बन्ध सकियो भन्दैमा सकिने' सिन्दुर दिएपछि बिवाह भएपछि चाहि त्याग पत्र नै चाहिने ?      ...

फेक आईडी

" फेक आइडि बनाएर दिनरात हेर्दाहेर्दै थाकिसकेको छु "               एक एक घन्टामा हेरिरहन्छु मैंले खाना खान भुलेको हुन्छु भोलि गर्छु भनेर साँचेको काम भुलेको हुन्छु म आफैंलाई समेत भुलि सकेको छु तर तिमिलाई लुकिछिपी हेर्न भने छोडेको छैन म उस्तै छु उहि छु ।       हो म उहि प्रेमि हुन तिम्रो ति पुराना दिनहरुमा हुने गर्थे थोरै पनि बदलिएको छैन , न म थाकेको छु " म हेरिरहेको छु भित्रभित्रै मनले माया गरिरहेको छ ‌। हो मैले फेक आइडि बनाएर हेर्दाहेर्दै थाकिसकेको छु ।        दिनहरु बित्दै छन रातहरु बित्दै छन् कठिन मलाई एक्लो अध्यारो रातले दिन्छ कैले चुरोटको बट्टा सकिन्छ भने कैले रक्सिको बोतल सकिन्छ " तरपनि मैंले प्रेम गर्न भुलेको छैन । हो मैले फेक आइडि बनाएर हेर्दाहेर्दै थाकिसकेको छु।        यो आखाले सधैं तिमिलाई खोजिरहन्छ छटपटि रहन्छन यि कानहरु तिम्रो एक आवाज सुन्नको लागि " थाहा छ यो अध्यारो रातले पनि तिमिलाई खोजिरहन्छ भित्ताहरु जब हेर्छु त्यो भित्तोमा पनि तिमि देखिरहन्छु जहाँ खुसि छैनौ तिमि !!     ...

जिउदो लास

आजको रात थियो अन्तिम पटक मिठो निदाएको ३६४ दिन भइसक्यो मलाई तिम्रो आँसु श्राप लाग्दैछ " अन्तिम त्यो निद्रा जस्तै म खोजिएको अहिलेसम्म भेटिएको पनि छैन "     रुदै थियौं तिमि म नरोउ भनेर फकाउँदा फकाउदै निदाएको थिए बिहान उठ्दा तिम्रा आखा सुन्निएको फुलेको थियो तिम्रो अनुहारमा बाढी आएर जिन्दगी बर्बाद पारेको जस्तो स्पस्ट देख्न सक्थेँ ।      कास म त्यो रात ननिदाएको भए तिमिले मेरो‌ प्रेमको आभास गर्ने थियौं कि ! सायद तिमि म सङै हुने थियौं कि ? खै कसरि बदलियौ तिमि !! मैंले त आफुले जानेको सकेको जिन्दगीको सबैभन्दा मिठो र सुन्दर प्रेम दिएको थिएँ ।      आजकल मनभरीका यि भावना पोख्ने ठाउँ समेत छैन उराठिलो जिन्दगी न निद्रा छ न तिम्रो साथ यस्तो लाग्छ म मरिसकेको छु केबल सास चलिरहेको छ " म तिमि बाट धेरै टाढा छु तर यो मन , मुटु , आत्मा सबै तिमि सङ्गै छ केबल मेरो मात्रै चलिरहेको छ ।      सालभरीको लेखाजोखा तिमिले सुन्ने हिम्मत पनि गरेउ भने सायद तिमि आफैंलाई समाल्न समेत सक्दिनौ होला ? कसरि सुनाउने होला खै मैंले म आफै याद गर्न चाहन्नँ यि दिनहरू म आफै सक्द...

#happy_anniversary

ठ्याक्कै आजको दिन हाम्रो सम्बन्ध पनि पाँच साल पुरा भएछ " #happy_5th_anniversary_my _dear_sani.....        सम्बन्धको दुइ सालपछि एक हुन सकिदैन भनेर दुइ कदम पछाडी पाइला टेकेको झलझली याद आउँछ अझैपनि त्यो जिन्दगीको एउटा कालो समय थ्यो ।     नसोचेको ' तिमि म बाट टाढिदै थियौं जिन्दगी भरि एकअर्काको लागि साथ दिने बाचा कसम भगवान पसुपतिनाथ र बौद्धनाथ साचि राखेर खाएका तोड्दै थियौं !!        ति मन्दिरका र स्तुपाको अगाडि जलाएको दियो साथमा नयाँ युग हाम्रो प्रेमको नयाँ बिरुवा पलाउदै गरेको प्रेमको गला घोटेको अझेपनि आखा वरिपरि खेलिरहन्छ ।       भगवान साचि राखेर खाएका कसमहरु भगवान सम्झिदाँ पनि झमक्कै रिस उठ्ने बिस्वास र भरोसा टुट्दै गएको भगवान माथिको मेरो आस्था अझैपनि आँखा वरिपरि खेलिन्छन ।       प्रेमको कुनै जात धर्म हुदैन इच्छा शक्ति र चाहना हुनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएका र कपि पेस्ट गरिएका यादहरु आउछ " तिम्रो त्यो तस्विर हेरेर दिनरात छटपटिएको मलाई याद आउँछ र झल्याँस्स बनाउँछ ।           ...