जिउदो लास
आजको रात थियो अन्तिम पटक मिठो निदाएको ३६४ दिन भइसक्यो मलाई तिम्रो आँसु श्राप लाग्दैछ " अन्तिम त्यो निद्रा जस्तै म खोजिएको अहिलेसम्म भेटिएको पनि छैन "
रुदै थियौं तिमि म नरोउ भनेर फकाउँदा फकाउदै निदाएको थिए बिहान उठ्दा तिम्रा आखा सुन्निएको फुलेको थियो तिम्रो अनुहारमा बाढी आएर जिन्दगी बर्बाद पारेको जस्तो स्पस्ट देख्न सक्थेँ ।
कास म त्यो रात ननिदाएको भए तिमिले मेरो प्रेमको आभास गर्ने थियौं कि ! सायद तिमि म सङै हुने थियौं कि ? खै कसरि बदलियौ तिमि !! मैंले त आफुले जानेको सकेको जिन्दगीको सबैभन्दा मिठो र सुन्दर प्रेम दिएको थिएँ ।
आजकल मनभरीका यि भावना पोख्ने ठाउँ समेत छैन उराठिलो जिन्दगी न निद्रा छ न तिम्रो साथ यस्तो लाग्छ म मरिसकेको छु केबल सास चलिरहेको छ " म तिमि बाट धेरै टाढा छु तर यो मन , मुटु , आत्मा सबै तिमि सङ्गै छ केबल मेरो मात्रै चलिरहेको छ ।
सालभरीको लेखाजोखा तिमिले सुन्ने हिम्मत पनि गरेउ भने सायद तिमि आफैंलाई समाल्न समेत सक्दिनौ होला ? कसरि सुनाउने होला खै मैंले म आफै याद गर्न चाहन्नँ यि दिनहरू म आफै सक्दिन जिन्दगीको यो सबैभन्दा कठिन दिनहरू ।
यति धेरै टुटेको फुटेको छु आफुलाई धेरै समाल्न खोज्दाखोज्दै पनि सकेको छैन , यसरि बाँच्नुभन्दा मर्न नै ठिक भन्ने सोच राख्छु फेरि आँखाअगाडि तिमि आउछौ तिमिले देखाएका सपना आउछन् नयाँ आशा आउछ कतै तिमि फर्केर आउछौ कि !! तिम्रो लागि बाँचिरहेको छु भन्नुपर्दा तिम्रै आशमा चलिरहेको मेरो सास हो ।
मलाई तिम्रो नसा चडेको छ कुनै हालत सम्म छुट्न तयार नै छैन " खै कसो गरु के गरु तिमि आफै भन्देउ म कसरि आफुलाई समाल्नु ? केहि तरिका र आइडिया छ भने एकपटक फोन म्यासेज गरेर मलाई सम्झाउ बुझाउ के थाहा तिम्रो यो मनले आत्माले तिमिले भनेको सुन्दिन्छ कि ??
म कसको लागि बाचिरहेको छु खै ? म किन बाँचिरहेको छु मलाई नै थाहा छैन न कुनै सपना छ न कुनै भबिस्य देखेको छु न अगाडि बढ्ने बाटोहरू चारैतिर अन्धकार र बाटोहरू बन्द छन म सकिरहेको छैन "
म तिमिलाई भुल्न सक्दिन, साथ तिमिले दिन्न भन्छौं सहयात्री बन्न सक्दिनँ भन्छौ " अगाडि बढ्न पनि सकिरहेको छैन " तिमिलाई लाग्छ होला सधैं जिद गरेर बसेको छ तर कोसिस नगरेको होइन मैंले के के गरिन होला सबथोक सबै बिकल्प खोजि सकेको छु केबल सिप लाग्दै लाग्दैन खै म कसो गरुँ के गरुँ तिमि आफै भन्देउ !! साल बितिसक्यो केहि बिकल्प तिमि सङ्ग छ भने मलाई भन्देउ न !! यो जिन्दगी एउटा घाडो जस्तो भइसक्यो ।
तिमिले साथ छोडेपछि स्वास्थ्यले पनि साथ दिन छोडिसकेको छ अनेक बिमारी पालेर बसेको छु जागिर पनि जसोतसो गरि चल्दैछ जहाँ मेरा हातखुट्टा बाधिएको छ गर्न बाध्य छु ।
तिमिलाई पाउन सक्दिनँ , भुल्ने मेरो औकात रहेन्छ , के गरु म कसो गरुँ खै ? एउटा बिकल्प देखाइदेउ के थाहा तिमिले भनेको यो मनले सुनिदिन्छ कि ?
तिमि आफैं सोच्ने गर एक घन्टा नबोलि बस्ने मेरो बानी थिएँन अहिले कुन हालत भएको छ ! कसरि बसेको छु बाचेको छ !
तिमि बिना सास चलिरहेको छ जिउन मैंले भुलि सकेको छु " तिमिले देखेको सुनेको मान्छे केवल जिउदो लास छ ' त्यो लास जसको शरिर तातो छ हिड्छ डुल्छ खान्छ तर भित्री आत्मा चिसिएको छ दागबत्ती दिइसकेको छ जलेर खरानी भइसकेको छ ।