तस्विर देखि आँसु सम्मको सम्बन्ध

पहिलो चोटि मेरो मोबाइल बहिनिले हेर्दै गर्दा उनको तस्बिर देखिन , हतार हतारमा आमालाइ देखाउदै " दादाको मोबाइलम के रहेछ हेर्नुस त  !!
      बहिनिले देखाएको फोटोबाट नै आमाको अनुहारको प्रष्ट खुसि देख्न सकिन्थ्यो "
   उनको तस्वीर  ( कुर्ता सङ्गै जिन्स लगाएको थियो ) 
 आमा : साह्रै सुन्दर र सुसिल बुहारी भन्दै मनमनै गदगद हुनुहुन्छ ।
    बहिनिबाट आमा सम्म हुदै कुरा अब बाबा सम्म पुगिसकेको रहेछ " केहिदिन पछि बाबाले मलाई सोध्दै हुनुहुन्थ्यो उनको फोटो देखाएरै यि नानि को हुन ? 
कोहि होइन मेरो राम्रो साथि हुन , मुस्कुराउदै बाबको कुरा टारिदिए ।
    अब हाम्रो प्रेम दुइजनामा मात्र सिमित थिएन घरपरिवार सङ्गै घुलमिल भइसकेको थियो " हरेक दिन मलाई दोह्याएर तेहि एउटै प्रस्न सोध्नु हुन्थ्यो उनि को हुन बाबु ? 
  मेरो जवाफ बिस्तारै लचिलो हुदै हामि एकअर्कालाइ मन पराउछौ सम्म पुग्यो ‌। 
   निरन्तर आमाको फोन आउँदा सधैं मलाई सोध्नुहुन्थ्यो सालौसम्म यस्तै सिलसिला चल्दै गयो ।
                 ( केहि समयपछि )
     हरेके दिन आमाले फोन गर्दा सोध्नुहुन्छ नानिको के छ हाल खबर ? मैंले मन भारी बनाएर जवाफ दिन्थे ठिकै छ आमा सन्चै राम्रै छिन् पढाइमा ध्यान छ आजकल गफगाफ अलि कम हुन्छ जागिर पनि गर्दैछिन् ।
     आमाले तेसैमा फेरि थप्दै हाम्रो जस्तो जमना कहाँ छ र ! आजकल घरबार मात्रै समालेर बस्ने श्रीमती श्रीमान दुबैले जागिर गर्छन् ।
     आमा मुस्कुराउदै .. जे होस् माइलि बुहारी जागिरे रहिछन् अब छोराको होइन बुहारिको कमाइ खाने दिन आउने भयो ।
      एकदिन लामो समयपछि भेटघाट हुँदा "
पहिलो दिन राम्रै कुराकानी भयो परिवारिक र व्यावहारिक कुरा गर्दै खाना खायौ र आ-आफ्नो कोठातिर सुत्न लाग्यौँ  ।
     दोस्रो दिन नास्ता खाइसकेपछि बाबाले पछिबाट सोध न सोध भन्दै आमालाई इसारा गर्दै हुनुहुन्थ्यो "
कुरा निकाल्न थाल्नु भयो दाइको पनि बिहे भइसक्यो छोरा अब मङ्सिरमा तेरो पनि आट्नुपर्छ ।
      आमा : के छ उनि नानिको खबर ? ए साच्चै उनको नाम .........  हो क्यारे ! अब उसको परिवारको फोन नम्बर मागेर उनको घरमा कुरा गर्नुपर्छ अहिले देखि नै दुइ परिवारमा कुरा गर्दा पछि केहि हदसम्म सहज हुन्छ ।
     यत्तिकैमा मेरो शरिर गलेर खुट्टा टेक्न नसक्न जस्तो भयो एक्कासी उनि सङ्ग विवाहको कुरा जोडिदा आँखाभरि आँसु रोकेर एकछिन सुनिराखे ।
    एकछिन म केहि बोलिन अक्कबक्क परे बिस्तारै बाहाना बनाएर बाथरुम पसे आँसुले मुख धोए जसोतसो आफुलाई समाल्दै बाहिर निस्के ।
     यत्तिकै कुरा टारेर नै साझ म आफ्नै कामतिर फर्किए ।
 पातलिएको हाम्रो सम्बन्ध पिडा र दर्दनाक अवस्था आफैंले स्विकार सकिरहेको छैन ।
     अझै कैले सम्म स्विकार गर्न सक्दिन खै ! आफैंलाई सोध्छु हरेक दिन जवाफ उहि उनको म्यासेज र फोन आउछ कि भन्ने मै हुन्छ ।
    आफैंले स्विकार नगरेको यो अवस्थामा खै कसरि मैंले आमा बाबालाइ बुझाउन सक्छु ! कैले सम्म यसरि नै झुटे बोलेर बस्न सक्छु ! सायद साँचो कुरा स्विकार गर्ने हिम्मत आफैंमा छैन । उहाहरु लाइ कसरि भन्न सकुला !!

#साना

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन