चुरोटको आत्माकथा

सुरुवात कहाँबाट गरु खै ! 

संसारमा सबैभन्दा बढी बदनाम सायद म नै छु तिन चार इन्च जति लामो छु  र दुइटा औलाको विचमा राखेर तान्ने गर्छन्  ।

सन १८८० मा चौबिस बर्षको युवकले पहिलोपटक मलाई अमेरिकामा बनाएका थिएँ , दुइ साल तक मलाई हातले नै   बनाएर बेच्थे दुइ साल पछि मसिन बाट बनाउन सुरु गरेको थिएँ । 
  येहा युवायुवती देखि बृद्ध बालक सम्म सबैले प्रयोग गर्छन् , मानसिक तनाव देखि लिएर दुःखी खुसि हुदा हरेक पटक मलाई तानिरहन्छन । 

  खुसिको मौका : साथिभाई भेटघाट आइज न साथि एक सर्को तानौ यतिका वर्षपछि त भेटघाट भएको छ । 

 बृद्धहरु तर झनै नसकिँदा सम्म तानिरहन्छन अन्तिममा अब त मलाई फ्यादिन्छन भनेर ढुक्क हुन्छु फेरिपनि त्यो पातमा बेरेर अन्तिम सम्म चुसिरहन्छन तानिरहन्छन । 

 म चिच्चाइ रहन्छु मलाई नतान क्यासर हुन्छ भनेर कैले प्रायः कसैले सुन्दैनन् , त्यो नाबालिकको हात बाट कयौं पटक म झरे पटकपटक मलाई नै उठाएर माटो झारेर पनि तान्छन् । 

 सायद त्यो चुरोट ठाउँमा कुनै अन्न भइदिएको भए यसरी उठाएर माटो झारेर पिउने हिम्मत पनि गर्ने थिएनन होला !!

मलाई पिउन सुरु गर्दा उनिहरु अठार बर्षपनि पुगेका थिएनन् होला सायद अहिले सत्तरी बर्षसम्म पनि निरन्तर मलाई तानिरहेका छन् । 

यि नाइटो पनि झर्न पाएको छैन नाबालक हरु मलाई नै खोज्छन् , कसैले गाजमा मिलाएर पिउछन , मलाई दुख्छ एकपटक बाहिर निकालेपछि भन्छु चिच्चाउछु त्यो गाजा सङ्गै मिचेर मलाई फेरि भर्छन् र पिउँछन् ।

 आजकलमा अल्लारे ठिटाहरु झन रक्सि पिउन बसेपछि झन बढि प्रयोग गर्छन् , पैंसा भएकाले त सितन र रक्सि सङ्गै साथमा तान्छन् नहुनेले मै सङ्गै मात्रै भएपनि काम चलाउछन् ।

हरेक पटक मलाई प्रयोग गरेपछि कसैले पानिमा फालेर हिड्छन् त कसैले ( खेत बारी जङ्गल खरबारी बस्ति )  मै आगो लगाउछन्  कयौले लात्तिले कुचलेर हत्या गरिदिन्छन् ।


मैंले कयौको ज्यान लिएको छु , सुरुमा मानसिक तनाब टाढा हुन्छ र औसधिको रुपमा प्रयोग गर्ने भनेर झुट्टो प्रचारप्रसार गरेपनि सबैभन्दा बढि मानसिक रोगको सिकार र क्यान्सर मैंले गर्दा नै भएको हो । 

हरेक पटक मेरो अन्तरआत्माले भनिरहन्छ मलाई नपिउ भनेर तर कसैले सुन्दैनन् , बाताबरण प्रदुषण भएर कसैको शरिरमा क्यान्सर भएर मैंले ज्यान लेउन खोजेको छैन यि मानिसहरू सुन्दैनन् मेरो आवाज ।  

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन