याद छ तिमिलाई !!

 पछिल्लो साल तिमिले हातमा मेहन्दीले लेखेको नाम र हरिया चुराहरु साउनको महिना मेरो लामो आयुको लागि बसेको व्रत याद छ नि तिमिलाई !!

 दिनरात सधैं जसो रङ्गिन होस घन्टौंसम्म कुराकानी होस् त्यो सार्वजनिक स्थानमा डराएरै गरेको किस र काँप्दै तिम्रो स्तनसम्म पुगेका मेरा हातहरु जिन्दगी भरिको लागि मेरै हकमा होस मेरै साथमा होस । 

 पहिलो पटक मेरो कट्टु चिसो भएको मलाई याद छ त्यो दिन घर पुगि बाथरुममा बलियोसँग ढोका र झ्यालको चुक्कुल लगाए हस्तमैथुन गरेको थिएँ ,  छि फोहोरी केटा भनेर महिनौ सम्म जिस्काएको याद छ !!

त्यो मोटरसाइकल पचासको रफतारमा चलाउँदा पनि पछाडि बसेर अलि स्पिडमा चलाउन मैंले चरप्प अगालो मार्छु बुद्दु पछाडि केटि बस्दा पनि चलाउने ढङ्ग रहेन्छ भनेर टाउको हानेकि  थियो नि ! अस्ति जस्तो लाग्छ " आजकल बिग्रेको छ त्यो सङ्गै घुम्ने गरेको सवारी पनि ।

 अचानक साथिहरुको बिचमा मुस्कुराएको त्यो ओठ बन्द कोठामा पुगेपछि तेहि पुरानै म्यासेज र तस्विर हेरेर छातिको भित्तामा टाँसेर रोएको धेरै पटक छु ।

न कैले अध्यारो भयो नत उज्यालो नै जिन्दगी जहाँको तेहि बिग्रेको घडी जस्तै भएको छ कास मन परेको त्यो घडीमा सेल बदलिएर अगाडि बढ्थ्यो त ! ए साच्चै मैंले दिएको त्यो तिमिलाई मन परेको घडी समालेर राखेको छौ कि लात्तिले कुचलेर फ्याँकिदियौ !! 

 रोएर कैले भाग्य बदलिएन कास तेस्तो हुन्थ्यो त आजसम्म  हजारौं लाखौं पटक मेरै भएसक्थ्यौ " केहि उपाए रहेन्छ छोडेर जानेलाइ फर्काउन सक्ने !! आशु र अनिधा निद्राहरु पनि फिका रहेछन । 

   त्यो चुरोट सल्काउदै गर्दा तिमिले देखेर उठबस गराएर आफ्नै टाउकोमा हात राखेर कसम खुवाएको अस्ति भर्खर त होनि है !! मैंले त भुलिसके कति महिना साल भए  जिन्दगीको आजकल कुनै हिसाब किताब नै छैन  ।

 त्यो पछाडि बसेर तिमिले अल्लि धेरै रफ्तारमा चलाउनुस् अझैपनि भनेको जस्तो लाग्छ, चिप्लो सडकमा सत्तरी देखि पचासि सम्मको रफतार कति बेला पुग्छ थाहा हुदैन ,, जब होस् खुल्छ हातखुट्टा र टाउकोमा बाधिएको पट्टि सङ्गै अस्पतालमा शैयामा हुदोरहेछु  । 
  
  जिन्दगी र मृत्यु सङ्ग लडिरहेको मान्छेको मन मुटुमा पनि उहि छोडिजाने मान्छेको साथमा जिउने आशा लिएर मृत्युलाई जितेर नयाँ जिन्दगी पाइरहेको छु " खै तिमि कैले आउछौ फर्केर !! अल्लि छिटो आउ है मृत्युले मलाई रोज्न भन्दा पहिला   

 भुल्ने कोसिस नगरेको पनि त होइन पटक पटक त्यो कोठाको बाहिर आएर ढोका ढकढग गरेको त्यो आबाज भखर्रै जस्तै लाग्छ र हत्तपत्त ढोका खोल्न पुग्छु आफ्नै छायाँ देखेर निराश अनुहार लिएर फर्किने गरेको छु ।

 महिनौ सालौ बितिसके आशाहरु जिबितै छन् जबसम्म तिम्रो सिउदोमा कसैले सिन्दुर भर्दैन तबसम्म आश लागिरहन्छ , तेस्पछी पनि मलाई डिभोर्सको पर्खाइ हुनेछ मलाई सधैँ तिम्रै पर्खाइ हुनेछ ।  

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन