जन्मदिनको शुभकामना साथि

किन चाहियो प्रेमिका तिमि जस्तो बुझ्ने सम्झाउने गालि गर्ने  असल साथि पाउनु ठुलो उपलब्धि हो रुवाउने प्रेमभन्दा धेरै माथि हाम्रो सम्बन्ध छ । 

    तिमि जिन्दगी र मृत्यु सङ्ग लड्दै गर्दा तिम्रा ति हेडरमा राखेका आखाहरु हेरेर हरेक दिन भगवान सङ्ग हात जोड्थे चाडो निको भएर आउ अनि सधैं जसो कुरा गर्नुपर्छ।

    जब मैले थाहा पाए डक्टरले पनि आशा मारेका थिए तिम्रो बाबाको जिद्दिपनले गर्दा आज फेरि नयाँ जिन्दगी  पाएको छौ , तिमि भन्दा हजार लाख गुणा बढि खुसि म छु ।

    जिन्दगीको दोस्रो जन्म भन्दापनि फरक पर्दैन जुन तिमि अहिले बाचिरहेको छौ मृत्युलाइ नजिक बाट देखेर आएको छौ , अब खुलेर खुसि सङ्गै जिउनुपर्छ । 
   
  आँखामा आसु होइन खुसिले भरिएको मैंले‌ देख्न पाउनुपर्छ साथै तिम्रो जिन्दगीका हरेक इच्छा चाहना आफैंले पुरा गर्नुपर्छ र कोसिस गरिरहनु ,  तिमिले पुरा गर्न नसकेका केहि थान खुसीहरु मेरो हैसियतले पुगेसम्म खोसेर भएपनि तिम्रो झोलिमा राख्दिनेछु ।
 
  दोस्रो जिन्दगीको आयु कति हुन्छ देखेको भोगेको छन् तर सयौं बर्ष हुन्छ भन्ने मैंले सुनेको छु त्यो तिमिले पार गर्नुपर्छ , साथिमा सानातिना झगडा हरु भइरहन्छन् दुबै जना बसेर समधान गर्नुपर्छ । 

  हजारौं लाखौं बर्षसम्म म तिम्रो साथी बन्न सकु 
  तिम्रो आयु करोड वर्षको होस् सधै बाँचिरहनु ।

  खुसिले जिन्दगी पुरियोस दुख पिडा कैले नआहोस
  दोस्रो जिन्दगीको जिम्मेवारी पनि धेरै छ हाँसिरहनु ।

  इच्छा चाहनाहरु अधुरा केहि नहुन अगाडि बढ्नु 
 सफलताको सगरमाथा भन्दा माथि सिखरमा पुगिरहनु ।

 केहि गल्तिहरु अन्जानमा भइरहन्छ माफ गर्नु
करोड वर्षसम्म खुसि सङ्गै बाँचिरहनु , हाँसिरहनु ।
 

       

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन