छोरि

हो उ एउटा संस्कारी छोरि हो " तर उसका पनि पिडा छन् उसका पनि इच्छा चाहना छन् " तर उसको परिवार र आफन्तको सानो सोच ल गर्दा एउटा स्टाटस समेत लेख्न डराउछे । 
      परिवारले भरोसा गरेर घरबाहिर पढ्न पठाएको छोरी हो उसको पनि ब्वाइफ्रेन्ड होला ! घुम्न जाने रहर होला ! तर उ छोरी मान्छेले आफन्त परिवार कसैले देख्छन् कि भन्ने डर छ उ घुम्न जान सक्दिन । 
     उसले पनि कसैलाई प्रेम गरेको होला सङ्गै उसै सङ्ग जिउने सपना देखेकि होलिन् तर परिवारको डर यति धेरै छ कि उसले आफ्नो इच्छा चाहना अनुसार जिन्दगीको फैसला लेउन सक्दिन । 
      हो उनकै बाबा राजनीतिमा छन् नागरिक स्वतन्त्रताको कुरा गर्दै नारा लगाउदै हिड्छन् पार्टिको झन्डा बोक्छन तर आफ्नै घरमा आइपर्दा आफ्नो छोरिको फैसला उसलाई नसोधी ल्याउछन् । 
      हो उ छोरि मान्छे हो उसको आफ्नै कथा र आफ्नै बेथिति बोल्न मन छ बाबा मलाई उ सङ्ग जिन्दगी जिउनु छ "   तर हालत यस्तो छ कि खुलेर फेसबुकमा आफन्त परिवारको अगाडि एउटा स्टाटस लेख्न सक्दिन किनकी उसलाई परिवार र आफन्तको डर छ । 
     एउटा असल छोरिले आफ्नो भबिस्यको बारेमा आफै फैसला लेउन सक्ने छ तरपनि उसले आफ्नो इच्छा चाहना मारेर परिवार र आफन्तको मन राख्दिनु पर्ने छ आफ्नो खुसि इच्छा त्याग्नु छ । 
    हो उसैको एउटा पनि साथि समेत छैन दुख सुख पोख्नको लागि तरपनि एउटा स्टाटस लेख्न उ डराउनुपर्छ मनमा भावना गुम्सिएका छन् आँखाभरि आँसु छन् कोठा बन्द गरेर रुनुपर्छ " 

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन