स्कुले जिन्दगी र यादहरु
मैंले भखर्रै कक्षा नौं मा भर्ना भएको थिएँ , त्यो भन्दा पहिलाको पढाइ मेरो बाग्लुङमा भएको थियो मेरो लागि पहिलो दिन थियो नयाँ ठाउँ साथिहरु पनि कोही थिएनन् ।
पहिलो दिन क्लासको अन्तिम बेन्चमा एक्लै बसेको थिएँ त्यो स्कुलको नियम रहेछ क्लास सुरु भएको पहिलो दिन नै पहिला आएर जहाँ बस्यो तेहि बस्ने बेन्च कब्जा गर्न पर्ने रहेछ मलाई थाहा थिएन त्यो बारेमा ।
बाग्लुङमा पढ्दा त केटाकेटी मिलाएर राख्ने गरिन्थ्यो तेहि पनि जान्ने र नजान्ने शिक्षक शिक्षिकाको मान्यता थियो कि केटाकेटी मिलाएर राख्दा हल्ला कम हुन्छ र जान्ने नजान्ने मिलाएर राख्दा सबै स्टुडेन्ट बराबरि कम्जोर बलियो हुन्छन् ।
म अचम्म परेको थियो एकतिर केटा नै केटा अर्कोतर्फ केटि केटि बिल्कुल नयाँ फरक देखिरहेको थिएँ , फेरिपनि म स्कुलको युनिफर्म लगाएर गएको थिएँ तेहा क्लासमा थोरैले मात्रै लगाएको थिएँ ।
पहिलो दोस्रो तेस्रो तेस्तै आउने अनि बलियो स्टुडेन्ट र केहि म जस्ता सोझा थिए पहिलो दिन सबैले मलाई हेरेर हाँसिरहेका थिएँ उचाइमा कम अगाडि ठुलाठुला उमेर र उचाइमा पनि मलाई अगाडि कालोपाटी हेर्न पनि उभिन पर्थ्यो ।
ति पुराना स्टुडेन्टहरु आएर मेरो टाउकोमा प्याट्प्याट्ट हानिरहन्थे केही दयालु स्वाभावका केटाहरु र केटिहरु आएर यस्तो नगर बिचरा नयाँ छ भन्दै साथ भने दिन्थे गालि गर्दथे उनिहरुलाई ।
सवा एक बजे नास्ता खाने समय हुदोरहेछ सबै जना ग्रुपमा जान्थेँ म एक्लै जान्छे र कुनामा एक्लै बसेर खान्थें , एक हप्ता यस्तै निरन्तर चलिरह्यो ।
एकहप्ता पछि एकजना मेरो उचाइकै केटो म सङ्गै पछाडि आएर बस्यो सायद अगाडि हल्ला गर्न नपाएर होला सुर्ति र पुकार पनि खान्थ्यो तेहि सुर्ती माड्न र पुकार खाएर थुक्क लाइ होला ! झ्याल निर सरले पढाउँदै गर्दा खान्थ्यो पछाडि भएर सरले पनि नदेख्ने गज्जब थ्यो ।
हामि त यार सरलाइ आखा जुधाएर हेर्न पनि डर लाग्थ्यो सरले चर्को आवाजमा बोलाउँद पनि डराएर थररर काप्ने अवस्था आउथ्यो सायद हाम्रो त्यो डरभन्दा पनि गुरुहरू लाइ दिने संम्मान थियो ।
एकहप्ता जति बिच बिचमा आउथ्यो बस्थ्यो कुराकानी गर्थ्यो नास्ता पनि सङ्गै खान थाल्यो उचाइमा सानो भएपनि प्रायः त्यो केटाले भनेको सबैले मान्दथे उसको घर तेहि स्कुल वरिपरि थियो उसका गाउका केटाहरु धेरै थिएँ र दादागिरी बढि चल्थ्यो उनिहरुको स्कुलमा ।
एकहप्ता पछि पाँच जना बसेको तेस्रो बेन्चमा मलाई लगेर राख्यो तेस्पछी हामि छ जना बस्न सुरु गरियो " सानासाना थियौं तिन जना हामि बाकि तिन जना ठिकठाक थिए जाडोमा बेलामा त ठिकै हुन्थ्यो तातो तातो हुने गर्मिको बेलामा पसिना पसिना च्यापच्याप हुन्थ्यो गर्मि हुने साह्रै छ जना बस्दा ।
एकदिन मैंले सोधे पहिलो र दोस्रो बेन्चमा किन नबसेको तिमिहरु ? सबैले त भनेको मान्ने रहेछन् तिमिहरुलाई त मनलाग्दी गर्दा रहेछौं कसैलाई पनि उठाएर बस्न मन लागेको बेन्चमा बस्ने रहेछौ " उनिहरुको जवाफ थियो पहिलो र दोस्रो बेन्चमा कालोपाटी टल्किने गर्छ र सरले लेखेको स्पस्ट देखिदैन ।
पछाडि बेन्चमा बस्नेले लात्ताले हान्थे मलाई मैंले तेहि साथिलाई भन्थे त उ लड्न जान्थ्यो एकपटक र सरले पठाउदै गर्दा जुरुक्क उठेर मुखमा हानेको थियो उसको दातबाट रगत आएको थियो , सरले एक सेशनको लागि उसलाई बाहिर निकालेको पनि थिए ।
एक महिना भित्रमा कक्षाकोठाका सबै केटाहरु मेरो साथि बनिसकेका थिए म उनिहरु सङ्गै हिँड्ने गर्थे , अब त कसैले चर्को स्वरमा बोल्ने हिम्मत पनि राख्दैन्थे ।
केहि केटिहरुले मलाई जिस्काउने गर्थे सानो फुच्चे केटा काखमा बस्छौ आउ बस भनेर , म लजाएर भुतुक्कै हुन्थें बाकि केटाहरुले हाम्लाई बसाल न यति धेरै रहर लागेको भए भन्थेँ ।केटिहरु हपार्थे बाकि केटाहरुलाई ।
सानो हुँदा सरले पनि अल्लि बढि माया ध्यान बढी दिन थाले पढाइमा ध्यान नदिँदा हल्ला गर्दा अगाडि बाट सरले सेतो चकले हान्ने गर्थे र झुरुक्क उठाएर ल भन मैंले भखर्रै के भने पढाए भनेर सोध्ने गर्थे ।
यिनिहरु त हल्ला गर्ने टोली हुन तलाइ पनि बिगार्ने भए भनेर आफुले त पढेनन् तलाइ पनि पढ्न नदिने भए अर्को ठाउँमा गएर बस जा भन्थे , मलाई भने तेहि रमाइलो थियो साथिहरु सङ्ग अन्त जाने कुरा नै भएन ।
कैले काहि चार पाँच जनाको टोली भएर पढ्न मन नलाग्दा अन्तिम बेन्चमा गएर बसिन्थ्यो हल्ला गरे नि भयो बालै भएन जे गरे नि भयो पछाडि बसेर कपि च्यातेर केटिहरु लाइ अगाडि हान्ने गर्थ्यौ कसले हान्यो हान्यो थाहा नै हुन्थेन ।
बदमास केटाहरु काँटाले बाधेको त्यो केटिको कपाल पनि बाहिर जादै गर्दा खोल्दिन्थे केटिहरु रिसाउथे र साले गधा भनेर गालि पनि , सोझि केटिलाइ झन बढि जिस्काउथे र उनिहरू सङ्गै गएर बस्थे सर कक्षाकोठामा नहुदा ।
अगाडिको केटाहरुलाइ चक चोर्न लगाएर ट्वाइलेटको भित्तामा ( ला + पु ) लेखेर आउथे भने केही केटाहरु केटिको नाम र आफ्नो नाम लेखेर आउथे , केहिले भने कम्पासले डेबलमा आफ्नो नाम र केटिको नाम लेख्थे जस्तै ( K + R ) यस्तै गर्थे रमाइलो लाग्थ्यो त्यो बेलामा ।
केहि केटाहरु भने हाजिर लगाउथे र पहिलो सेशन पढेर बाकि सबै शेसन हाप्थे र बेलुका आउँदा मेरो किताब लिएर आइज है भनेर हिड्थे , अठार बिस सालका आठ दश जना फेरि केटिहरुको सङ्ग नहर पारि घुम्न जान्थे ।
एक दुइ जना भने भखर्रै सोह्र सत्र सालका मलाई त्यो केटि मन पर्छ ला यो लेखेको दिएर आइज भनेर पठाउँथे मैंले पनि दिएको छु कतिजनाको त यसरी नै माया प्रेमको सम्बन्ध चलिरहेको थियो ।
भयो यसरि नै सबथोक लेख्न थाले भने भखर्रै जस्तो लाग्छ त्यो दिनहरू आँखा वरिपरि घुमिरहन्छ , अहिलेको भाइबहिनीमा यस्तो रमाइलो हुन्छ होला कि नाइ ? या मोबाइल चलाएर बसिन्छ त्यो खालि समयमा !!
त्यो मित्रता लडाइ झगडा आफ्नो लागि कोहि लड्ने कोहि हुन्छन् कि नाइ त्यो क्लासमा ! जान्न मन लाग्ँ निकै उत्सुक छु त्यो जान्नको लागि , त्यो चिठ्ठी पठाउने जमना पनि सकियो होला है ! आजकल फोनकल म्यासेज मै सबथोक हुन्छ ।