भरोसा
कयौँ बर्ष पछि फेरि मेरो हेर्ने नजर फेरिएको छ जुन भरोसा तोड्ने अरु कोहि थियो आजकल नयाँ मान्छेको आगमनले मैंले थोरै भएपनि भरोसा गर्न थालेको छु ।
सायद एकपटक आफुलाई भन्दा बढि भरोसा गर्ने मान्छेले नै तोडेको हुनाले मेरो दिमागमा परेको गहिरो प्रभाव नै थियो जुन कयौ बर्षसम्म पनि भरोसा गर्न सकिरहेको थिएन ।
म धेरै छुच्चो छु बोल्ने कुरामा अलिकति उट्पट्याङ र ननभेज बोल्ने गर्छु मलाई सजिलै मान्छेले चरित्रको बारेमा मुल्यांकन गर्छन् , हुन त फरक पर्दैन कसले के भन्छ किनकी आफुले आफुलाई भन्दा बढी अरु कसैले बुझेको हुदैन ।
हो म मा परिवर्तन आएको छ किनकी म यस्तो साथि भेटाएको छु जसले मलाई प्रेम गर्छु भनेर हजार पटक साबित गर्न तर्फ लाग्दिनन् मेरो कमि कम्जोरी माथि हमला पनि हुदैन मलाई भन्दा बढी प्रेम मेरो कमि कम्जोरी सङ्ग छ ।
मलाई निद्रा न लाग्दा उ पनि रातभर जाग्राम बस्छे म सुत्दा सङ्गै निदाउछिन कैले मलाई साथ दिन्छु भनेर जिन्दगी भर भन्दिनन् , सकुन्जेल साथ दिन्ँछु भन्दै मुस्कुराउँछिन उ आफै पिडामा छ अनेक समस्या छ फेरिपनि उ मेरो लागि नि बाँचेकै जस्तो गर्छिन् ।
आजकलका केटिले चुरोट रक्सि पिउने केटालाई आफ्नो वरिपरि आउन पनि दिनन् र उनलाई पनि सबैभन्दा मन नपर्ने चुरोट नै हो भने एकपटक जिकिर गरेको सुनेको थिएँ केटि मान्छे उ भने तपाइँलाइ मन लागे पिउनुहोस् भविष्यमा मलाई पनि पिउने श्रीमान परोस सङ्गै बसेर पिउने हो भन्दै मुस्कुराउछिन् ।
दिनभर रातभर म्यासेज र फोन कल कुर्नु पर्दैन बिहानै सुभ बिहानी भनेर म्यासेज आउँछ दिनभरको अपडेट नसोधि उनले आफै मलाई दिन्छिन् मलाइ सोध्छिन् जे सुकै गरम भन्दा पनि ओठमा मुस्कान देखिन्छ ।
थाहा छैन खै मेरो नशा र मेरो कम्जोरीले उनलाई किन टाढा लैजान सकेको छैन , मेरो चुरोटको धुवाँ जस्तै उनि उड्न सकिरहेको छैनन ! अचम्म लाग्छ अरु केटिले जस्तै आफ्नो कसम किन खुवाउदिनन् पिउनु हुदैन भनेरै !!
भन्छिन् मैले रोजेको मान्छेले पिउँछ भने मलाई फरक पनि पर्दैन किनकी म जुनदिन उसको लागि खास लाग्छु त्यो दिन उसले आफै छोड्छ , कसैलाइ आँखा अगाडि बदलेर के गर्नु ? आँखा पछाडिको बानि छुट्दै छुट्दैन ।
कसैले आफुलाई इग्नोर गर्नाको पिडा हामि प्रायः सबैले भोगिरहेका छौं नै होला !! तेसैले म उसको हरेक प्रश्नको उत्तर दिन्छु सकेसम्म उनलाइ समय दिन्छु , फरक पर्दैन उसलाई म के बोल्छु के गर्छु उनि भने सधै सकरात्मक कुरा मात्रै गरिरहन्छिन् ।
भन्छिन् हरेक रात म उहि मान्छेको काखमा हुन पाउ जो सङग म जिन्दगी बिताउन चाहन्छु मलाई विगत सङ्ग मतलब छैन किनकि म बर्तमान र भविष्यको लागि रोजेको हु सुन्दर भबिष्य चाहिएको छ अथाहा प्रेम , साथ र भरोसा चाहिएको छ ।
मेरो परिवारको ख्याल गर्छिन् , म भन्दा धेरै पढेको छ धेरै कमाउँछिन् उसलाई फरक पर्दैन " उसको अठार बिस सालको जवानिको जोस होइन किनकि त्यो उमेरको मान्छे सङ्गको संगत पनि मैंले गरिसकेको छु बिल्कुल फरक छ अलग्गै छ ।
फेरिपनि मलाई आफ्नै पिडादायी विगत प्यारो छ उसको प्रेम बुझ्न सक्ने क्षमता म मा छैन , बास कुरा गर्छु त केबल म आफ्नो एक्लोपनको स्वार्थमा लिप्त भएर कुरा गरिरहन्छु मलाई फरक पर्दैन कसले मेरो लागि के सोच्छ कसले कति प्रेम गर्छ ।
अधुरा सपनाहरू पुरा गर्ने सामर्थ्य राख्दछ हालत परिस्थिति सङ्ग डराएर भाग्ने होइन सङ्ग सङ्गै लड्ने शक्ति उसमा छ समयलाइ दोष थुपारेर टाढा भाग्ने मध्ये होइन ।
हरेक मान्छेको जिन्दगीमा एउटा साथि मात्रै होइन उ जिवन साथि बनेर आवोस एक्लै आफुलाई महसुस नगरोस , नकरात्मक कुरा पनि नकरात्मक सोचोस् साथि मात्रै होइन असल मान्छे जिवन साथि नै होस कमि कम्जोरीलाइ प्रेम गरोस ।
एकदिन अचानक मलाई थाहा भयो उ जिन्दगी र मृत्यु सङ्ग लड्दै छे मेरो मन अतालियो बेचेनि भयो उसको हरेक सेकेन्डको खबर लेउन मन लाग्थ्यो , तर के हरु म आफ्नै परिस्थिति र बाध्यतामा बाधिएको थिए ।
उनी मेरो पर्खाइमा हुन्थिन् एउटा म्यासेज आएपनि उसको बिमार केहि हदसम्म निको हुन्थ्यो कि भन्ने आश पक्कै गरेको हुन्थिन होला !! सबलाइ लाग्छ आफुले चाहेको मान्छेको एउटा म्यासेज गर्दा पनि औसधि भन्दा बढि काम गरिरहेको हुन्छ त्यो दिनको तपाइ म सबैले अनुभव गरेकै हौला !!
भगवानले मानिस प्रतिको आशा जोगाइ रहनुस् र म जस्ता कयौ लालच अनि बेवस सधैं भरोसा गरि रहनु भनेर नै होला हामिले ढुङ्गा पनि पुजिरहेका हुन्छौ त्यो भरोसा तोड्न भगवानले पक्कै पनि दिने छैनन् ।
फेर्केर आउ तिमि अस्पतालबाट उठेर आउ जिन्दगी भरि साथ दिन्छु त म भन्दिन फेरिपनि एउटा असल साथिको भुमिका जरुरत भन्दा बढि निभाइरहने छु । दुख सुखमा साथ दीने नदिनेको कुरा होइन तिम्रो पछाडि सधैं साथि बनेर उभिने छु ।
मैंले अब तिमिलाई गुमाउन चाहन्न राम्रो मान्छेलाइ जिबन साथि रोज्नुपर्छ तर धेरै राम्रो मान्छेको खाँचो असल साथिको रुपमा जिन्दगी भरि एकअर्काको जरुरतको हिसाबले सधैं निभाउला नि !! प्रेम भन्दा गहिरो सम्बन्ध साथिको पनि हुन्छन् ।
मेरो विगत नै भयङ्कर छ भुल्नु भन्दा पहिला नै नयाँ बिगत भोग्ने शक्ति म मा छैन । सोच्न पनि सक्दिनँ चाडो निको भएर आउनु मलाई तिम्रो जरुरत छ मलाई असल साथी सङ्गै जिन्दगीको सफर गर्नुछ ।
अहिलेको समयमा मैंले स्विकार गर्न सक्ने क्षमता म मा छैन फेरिपनि म उसको सिघ्र स्वस्थ लाभको कामना गर्दछु भगवानको अगाडी हात जोडिरहन्छु छिटो आउ फर्केर म एक्लो भइरहेको छु मलाई तिम्रो जरुरत छ।
छिटो निको भएर आउ सङ्गै बसेर तातो तातो कफि पिउदै मिठामिठा गफ गर्नु छ जिन्दगीका अरु अनेकौं दु:ख सुख साट्नु छ । मैंले फेरि एउटा करिबि र जिन्दगीको प्यारो मान्छेलाइ आफुबाट सधैंको लागि टाढा बनाउन सक्दिन , म मा तेति हिम्मत पनि छैन अब सहन सक्ने शक्ति पनि छैन ।