खोजिरहेको छ तिमिलाई

तिम्रो त्यो हात खोजिरहेको छु जुन हातलाइ सिरनि बनाएर सुत्ने गर्थे , संसारकै सारा खुसि पाउने गर्थे मिठो निदाउने गर्दथे ।
     यि रातहरु सङ्ग थाकिसकेको छु जहाँ मेरा निद्रा लुटेको छ , मलाई आजकल तिम्रो साथको आशा लाग्न छोडिसक्यो  मिठो निद्रा खोजिरहेको छु । 
    सम्झाउन सक्दिन म यि रातहरु लाइ तिम्रो हात खोजिरहेको छ यि आखा झिमिक्क हुन समेत मान्दैनन् यि रातले तिम्रो त्यो हात खोजिरहेको छ ।
    मलाई सिरनिको खाँचो भइरहेको छ , तर त्यो कपासको होइन ति हातको यि रातहरु यसै बितिरहेका छन् खोजिरहन्छ तिम्रो त्यो हात जुन सिरनि बनाएर सुत्थे । 
     सम्झाइदेउ मेरो यो निद्रा लाइ तिमि खोजिरहेको छ आखा झिमिक्क समेत हुन मान्दैनन् तिमिलाई खोजिरहेको छ ।   
       तारा जस्तै भयौं तिमि टाढा छौ , हेरिरहन सकेको छु तर पाउन भने सकेको छैन " यि रातले तिमि खोजिरहेको छ निद्राले तिमिलाई खोजिरहेको छ ।

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन