जवाफ चाहिएको छ !!

     तिमिले नदेखेको होकि ! अनदेखि गरेउ !! सालौ बितिसक्दा पनि बदलिन सकेको छैन थोरै पनि । तिम्रो यादहरु मेटिने क्रम सुन्य नै छ ।
     निस्टुरी बन्न मन मलाई पनि छ यसरि जिन्दगी त पक्कै चल्दैन तर सक्दै सक्दैन , यि रातले निद्राले मलाई गिज्याउने क्रम अझै कति महिना सालसम्म रहन्छ खै ?
     तिम्रो त्यो बेवास्तालाइ म स्विकार गर्न कुनैपनि हालतमा तयार छैन खै किन हो ?  
    यति धेरै प्रेम गरेको थिएँ मैले तिमिलाई ?? लाखौँ पटक एेना अगाडि गएर आफैला सोध्ने गर्छु तर एउटा पनि जवाफ पाउन सक्दिनँ । 
     यति सजिलो छैन रहेछ कसैलाइ प्रेम गरेर भुल्नको लागि खै मलाई मात्र यस्तो हुन्छ कि ! या हरेक प्रेम गर्ने मान्छे यस्तै हुन !! 
     मलाई जवाफ चाहिएको थियो खै कसले दिन्छ ? आफै सङ्ग मैंले जवाफ पाउन सकेको छैन सानि " बरु एकपटक तिमि आफै जवाफ देउ खै कसरी सामान्य बन्न सक्छु ? खै कसरि बदलियौ यति सजिलै भुल्न सकेउ ! 
   
#साना 

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन