प्रेम ....
रातको दुइ बजिरहेको थियो हिजो अस्ति जस्तै निद लागेन फेसबुक , ट्विटरमा कोहि थिएनन म एक्लै बरबराउदै थिए ।
दस बजेदेखि बिस्तराम लडिरहेको थिएँ रुघाखोकी र ज्वरोले साह्रै च्यापेको थियो " मोबाइल चलाउँदा पनि आखाबाट तपतप आशु खस्दै थिए फेरिपनि निद लागेन केहि सब्द कोर्न थालेको छु ।
यत्तिकैमा पुरानो दिनहरू दिमाग भरि आएर मुटुको गति नै एकछिनको लागि रोकिदियो , सोच्दै थिएँ हामि बिचमा भइरहेका कुराकानी भेटघाट सबै दिमाग वरिपरि घुमिरहेको थियो ।
प्रेम पनि गज्जब थियो ख्याल ख्यालमै बोल्दा बोल्दै सम्बन्ध अगाडि बढेको थियो " पहिला उनलाइ कल गर्दा ५५ सेकेन्ड जति कुरा भएको थियो धेरै बोल्न हुन्न भन्दै उनले फोन काटिदिएको याद छ अझैसम्म ।
खै प्रेम गर्न परिवार आफन्त कसैलाई सोध्नु खोज्नु परेन आज जब सम्बन्ध यति नजिक भयो कि एक अर्का बिना असम्भव जस्तो लाग्थ्यो तिमि परिवार र आफन्त लाइ सोध्न खोज्न हिडेको रहेछौं ।
जवानिको नसामा सबैले भन्ने गर्छन परिवार आफन्त आफ्नै हुन छोराछोरीको खुसिको लागी हजार आफ्ना खुसि त्याग बलिदान दिन सक्छन् यार छोड न " यि सब सत्य हुदैनन् ।
मलाई र तिमिलाई सुरुमै थाहा थ्यो परिवार आफन्तले यति सजिलै सम्बन्ध अपनाउन सक्दैनन् भन्ने " खै कहाँ निर चुक भयो ! या तिमि सजिलो आत्मसर्मपण गर्यौ सम्बन्धको " जिन्दगीको आधा उमेरसम्म सङ्गै आएर फेरि पछाडि फर्किनु पर्ने !! धेरै गाह्रो हुँदोरहेछ ।
खै म कसरि सम्झाउ कसरि बुझाउने तिमिलाई मेरो यो हालत देखेर आफै सोच्न बाध्य हुनुपर्ने होइन र ? हुन त प्रेम मा टुटिसकेका मान्छे लाइ दया माया लाग्दैन रे भन्ने सुनेको छु " खै त्यो अकुत माया यति सजिलै सकिएको त पक्कै पनि छैन होला !! पसुपतिनाथले जानुन ""
भयो छोड तिम्रो आफ्नै मजबुरि छ परिवार आफन्त मेरो आफ्नै छ भुल्न सक्दिन " दुइजनामा एकजना त हार्नै पर्छ दुबैले जित्यौं भने सायद तिम्रो आफन्त र परिवार हार्छन् कि ? या दुइचार दिनको रिस र घमन्ड पछि छोरि बहिनिको खुसि हेर्छन् ! उनिहरु जानुन तिमि जान "
सजिलै भन्छन् प्रेम न हो बिहे गरेपछि एक रात अर्कै सङ्ग सुतेपछि सबथोक भुलिन्छ " मलाई तेस्तो लाग्दैन तेस्तो हो भने हामि सङ्ग बिताएका ति रातको अगाडि यसरि टाढिनुपर्ने बाध्यता आउने थिएन !!