चुरोट
रातिको एक बज्न लागेको थियो साथमा चुरोट केहि थान सपनाहरु र तिम्रो यादहरु मनभरी हुदै दिमाग सम्म पुगेको थियो ।
बाहिर गाडिहरु गुडिरहेका थिएँ चुरोट सल्काउदै कोठा बाट बाहिर निस्के झसङ्ग तिम्रो यादहरुले दिमाग भरिदियो ।
तिमिलाई कसम दिएको नाइ अब बाट चुरोट पिउदिन भन्दै तिम्रो कसम खाएको , प्रेमको खेलमा वाचा कसम खाने र तोड्न तिमि बाट सिकेको थिएँ ।
जिन्दगी भरिको साथको कसम खाएको तिमि निभाउन त सकिनौ भने मैंले त जाबो चुरोट खान्न भनेको थिएँ निभाउन सकिन सालभर भन्दा बढि भइसक्यो कसम तोडेको ।
चुरोट सकिन लागिसकेको छ अब कोठाभित्र पस्ने बेला भएछ साथमा चार भित्ता र भिजेको सिरनि मेरो आफ्नै दुख सुख का साथिले कुरिरहेका छन् ।