happy birthday sani
म लडिरहेको थिए परिस्थिति, आफन्त , आफै सङ्ग अब त यस्तो अवस्था आयो कि यादहरु सङ्ग लडिरहेको छु मृत्यु सङ्ग लडिरहेको छु ।
रहर थियो तिमि सङ्गै बसेर चक्लेट केक काटेर यि आफ्नै हातले तिम्रो अनुहार रङ्गाउने , अधुरा भए ति सपनाहरु टुटे ति भबिष्यका कल्पना हरु ।
खै कसरी भनौं तिमि खुसि छौ ! मेरा आँसुहरूले तिमिलाई मुस्कुराउन त पक्कै दिएको छैन , देखावटी मुस्कान र अथाह प्रेम बोकेर हिँडिरहेको छौँ ।
बिकल्पहरु खुल्ला छन् दुइ कदम अगाडि बढ्ने हिम्मत छैन रहेछ , तिमि दुइ कदम अगाडि बढ म हजार कदम बढ्छु भनेर सुनाउ खै कसरि सबै बाटोहरू बन्द गर्दिएको छौ ।
रहर चाहना इच्छा लाइ दागबत्ती दिएर तिमि आफै जिउदो लासको जिन्दगी बिताएको मैंले सजिलै महसुस गरिरहेको छु सायद मेरो लाचार जिन्दगी पनि पक्कै महसुस गरेको छौ है !
आउ न फेरि नयाँ सुरुवात गरौ जिन्दगी धेरै लामो छ एकअर्का बिना बाँच्नुपर्छ भनेर कल्पना गर्दापनि मेरो सास रोकिन्छ र भेन्टिलेटरको जरुरत पर्दछ ।
मर्न त एकदिन छदै छ नि जति दिन बाँचौला सङ्गै एक अर्काको हात हात र काथमा टाउको राखेर खुसि हुदै बाँचौला " एउटा जलेको मुडा जसरी खरानी भएर खै कति दिन बाच्नु ?
ए साच्चै आज तिम्रो जन्मदिन है ! म फेरि कहाँ आफ्नो गुनासो पोखेर बसेको तिम्रो खुसिको दिन आँसु झार्ने बाटो खोज्दै रहेछु , भयो छोडिदेऊ सपनाहरु यसै थाति राखे ।
तिम्रो त्यो मुस्कान जिन्दगी भरिको लागि होस् एकदिन मुस्कुराएर देखावटी नगर्नु , जिन्दगीको सबैभन्दा कठिन समय पार गरिसकेको छौ अब तिम्रो मन्जिल नजिकै छ अझै थोरै हिड अगाडि बढ " हेर अलि पर तिम्रो खुसि रहेछ ।
अनि क्या जैले बिमार हुन्छौं ख्याल गर न आफ्नो " म बिना बाच्नु छ तिमिलाई लाखौं करोडौं बर्षसम्म , हास्नु छ केहि गरेर देखाउनु छ त बिना पनि म बाचिरहेको छु हाँसिरहेको छु एउटा सफल नारि भएर उदाहरण दिनुपर्छ ।
म मा यति धेरै हिम्मत छैन म जहाँको तेहि छु घुटुघुट बाचिरहेको छु तिमि अगाडि बढ्नु छ हास्नु छ करोड बर्ष जन्मदिनको अनगिन्ती सुभकामना प्रिय मेरो मुटुलाइ ।