#happy_anniversary

ठ्याक्कै आजको दिन हाम्रो सम्बन्ध पनि पाँच साल पुरा भएछ " #happy_5th_anniversary_my _dear_sani.....
       सम्बन्धको दुइ सालपछि एक हुन सकिदैन भनेर दुइ कदम पछाडी पाइला टेकेको झलझली याद आउँछ अझैपनि त्यो जिन्दगीको एउटा कालो समय थ्यो ।
    नसोचेको ' तिमि म बाट टाढिदै थियौं जिन्दगी भरि एकअर्काको लागि साथ दिने बाचा कसम भगवान पसुपतिनाथ र बौद्धनाथ साचि राखेर खाएका तोड्दै थियौं !!
       ति मन्दिरका र स्तुपाको अगाडि जलाएको दियो साथमा नयाँ युग हाम्रो प्रेमको नयाँ बिरुवा पलाउदै गरेको प्रेमको गला घोटेको अझेपनि आखा वरिपरि खेलिरहन्छ ।
      भगवान साचि राखेर खाएका कसमहरु भगवान सम्झिदाँ पनि झमक्कै रिस उठ्ने बिस्वास र भरोसा टुट्दै गएको भगवान माथिको मेरो आस्था अझैपनि आँखा वरिपरि खेलिन्छन । 
     प्रेमको कुनै जात धर्म हुदैन इच्छा शक्ति र चाहना हुनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएका र कपि पेस्ट गरिएका यादहरु आउछ " तिम्रो त्यो तस्विर हेरेर दिनरात छटपटिएको मलाई याद आउँछ र झल्याँस्स बनाउँछ ।
          भन्छन् नि कुनै घटना जुन सुकै हालतमा पनि भुल्न सकिदैन सायद त्यो एकसालको घट्ना तिमि बिनाको कदापि भुल्न सक्दिन होला  " तिमि सङ्ग टाढिने अनेक बाहान थिए तर मैले भुल्न सक्ने र तिम्रो प्रेम मेटाउन सक्ने एउटा बाहान पनि बनाउन सकिन मानौ म सङ्ग एउटै बिकल्प थियो केबल तिमि त केबल तिमि " या  भनौँ कि तिमि बिनाको जिन्दगी कल्पना भन्दापनि धेरै बाहिरको थियो " अझैपनि याद छ मलाई ति दिनहरु ।
        पाउनु मात्रै प्रेम होइन त्याग तपस्या पनि प्रेम हो भनेर सुनाउने मेरा साथिहरुलाइ के थाहा मेरो मन कुनै स्त्री धर्मशला होइन भनेर,  मैले गर्ने प्रेम के थाहा उनिहरुलाइ त्यो एक-एक सेकेन्ड कसरि बितेका थिए अझैपनि याद छ मलाई ति दिनहरू ।
      एकसाल पछि जब तिम्रो म्यासेज र फोन आउन सुरु भयो तब मेरालागि आकाशको जुन तारा आफैं सङ्गै भए जस्तो भएको " सर्वस्व लुटिएको म भरिपुर्ण भएको अन्धकार मेरो जिन्दगी उज्यालो दिपावली भएको , अझैपनि याद छ ति दिनहरू । 
      कस्तो भुलेको रहेछु मैले त यस्तो खुसिको मौकामा पनि ति अध्यारो रात , कोठा , जिन्दगी याद गरिरहेको रहेछु " भनिन्छ नतिजा राम्रो हुनुपर्छ जिन्दगी बाकि तल माथि भइरहन्छ  तिमि साथमा हुनु नतिजा राम्रो थियो " 
         हामि एकअर्काको बिकल्प होइन आवस्यक थियौं एकअर्का बिना पुरक थिएनौं तेसैले त सङ्गै हुन पाएका छौ " तेसको नतिजा हो एक सालको हाम्रो छोरी र दुइ खुसियाली जिन्दगी र परिवार हाम्रो सम्बन्धको उचाई हो ।
 
#कमल_आचार्य 
        
        
      

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन