प्रेमको त्यागपत्र

त्याग पत्र कागजमा मात्रै हुन्छ र ? दुइ आत्मा मिलन भएको सम्बन्ध बिच्छेद हुनको लागि दुबै सहमति हुनुपर्ने होइन र ! 
     भन्न धेरै सजिलो छ एकअर्का लाइ भुल्न , केहि गाह्रो छैन बिहे भएको कहाँ छ र ? प्रेम न हो भुलिन्छ । होइन ?
      भनेपछि बिहेपछि मजबुरिमा सम्बन्धमा टिकिरहन्छन होइन त ! नत्रभने मनदेखि जोडिएको सम्बन्धको त्याग पत्र जरुरी किन छैन ? पबित्र प्रेममा ! 
       के बिहे गरेपछि गाउँ समाजको परिवारको डरले त्याग पत्र दिन गाह्रो हुन्छ बाध्यतामा बाँधिएका हुन्छन ! नत्रभने बिहेको  छ महिना साल ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृभर पाँच साल दश सालपछि पनि त्याग पत्र भएको पाइन्छ त " 
    फेरि प्रेम सम्बन्ध पनि त उस्तै होनि छ महिना सालभर पाँच साल दश सालको सम्बन्ध फेरि यत्तिकै किन सक्काउन खोज्छन् र सकिन्छन्  किन होला ? 
    एकतर्फी फैसलाले सम्बन्ध सकिने' अचम्मको छ जहाँ आत्मा मिलेर गासिएको प्रेम सम्बन्ध सकियो भन्दैमा सकिने' सिन्दुर दिएपछि बिवाह भएपछि चाहि त्याग पत्र नै चाहिने ?
      येहा खुसि , आत्मा, भावना केहिको कसैलाई मतलब कदर नै नहुने परिवार समाजको डरले पनि प्रेमलाइ लुकाउने गर्छन्" यस्तै हो उसोभए !
   हुन त प्रेम र विवाह अलग अलग हुन हिन्दु धर्म अनुसार अग्नि र भगवान लाइ साचि राखेर सात फन्को मार्दै सिन्दुर दिने परम्परा छ  ।
       यस्ता हजारौं प्रेम पनि त छन् जहाँ दियो जलाएर भगवानको अगाडी मन्दिरको फन्को लिएका हुन्छन् उनिहरुको लागि फेरि त्याग पत्र किन चाहिदैन ? 
        यस्ता बिभिन्न कुराहरु कयौलो मनमा अल्झिएका हुन्छन् तर जवाफ अहिलेसम्म हामि कोहि संग पनि छैन । बिबाह र प्रेमलाइ अलग अलग ठाउँमा जोडेर हेरिन्छ समाजको हिसाबले " मन, मुटु , मस्तिष्कले काम गर्दैन यो समाजको अगाडि । 


Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन