मेहन्दी
साउन महिना हरियाली चुरा र मेहन्दी
निकै सुन्दर देखिन्छ तिम्रो त्यो हातमा ।
सधैंभरि जस्तै यो साल पनि लगायौ है !
मेरै नाम लेखेको स्पस्ट देखिएको थियो ।
पाँच वर्ष भइसक्यो तिमिले यसरि नै लेखेको ,
देखावटी थिएन आमाले लगाइदिएको मेहन्दीमा ।
हरेक साल जिन्दगी भरि यसरी नै देख्न पाउ
तिम्रो त्यो लेख्ने रहर झन झन बढ्दै जाहोस ।
मेरो आँखाको नजर झनै बढि तेजिलो होस ,
हरेक साल झनझन् गहिरो छापिदै जाहोस ।
फेरिपनि मनमा अनेकौं डरले सधैं सताउँछ
हातमा लेखिएको नाम मेरो भाग्यमा नछुटोस् ।
मैले देखेको हरेक सालको सपना कैले नटुटोस्
तिमिले लेख्ने सौभाग्य जैले सधैभरि प्राप्त होस ।
हत्केलामा छापिएको मेहन्दीको नाम मेरै
भाग्यको अगाडि कैले फिका नहोस । २