मेरो मन ....
मेरो मन यसै कहाँ दुखेको होर !!
जैले तिमि बाट आशा गरिरहन्छ ,
कैले म्यासेज त कैले फोन कलको
कयौँ पटक आशपछि निराश हुने गर्छ ,
मन अमिलो हुन्छ आखाबाट आसु झर्छ
बिस्तारै बिस्तारै दुखाइ बढ्दै जान्छ ।
महसुस गर्न सकिन्थ्यो
तिमि टाढा जादै छौ भनेरै ,,
फेरिपनि यि आशाहरुले मरिहत्ते गरिरहन्छ
समय सङ्गै आशा आसुमा परिवर्तन हुदैछन ।
अन्त्यमा मेरो डरहरु पनि सत्य साबित हुन्छ
मेरो मन बिमार हुन्छ निरोगी मान्छे रोगि बन्छ ।
सधैंको लागि आशा यादको बिमारी पर्छ
यि आशाहरुले सधैं निरासा बनाउछ ।