चुरा मेहन्दी

हरियो चुरा मेहन्दी कुरेर बसेका छन ,
सधैं जसरी खै कसको लागि हो खै ? २

       यो सालपनि सधैं जसो किनेर राखेको 
       कयौ साल बितिसके  पर्खेि बसेका छन ।

छट्पटाइरहेका छन कसैको त्यो 
सुन्दर हातमा सजिउला भनेर ।
 
           यिनका पनि इच्छा चाहना होलान 
          कसैको हातमा कसैको नाममा सजिने ।
    
 पुरा हुन यि हेरिया चुरा र मेहन्दीका सपनाहरु
  सुन्दर देखियोस् कसैको त्यो हात र हत्केलामा ।
 
       छमछम बझिरहुन रङ्गिन होस त्यो हत्केला र हात 
         पर्खेर बसेका यिनका सपनाहरु चाडै पुरा होस । २
    
 

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन