फेक आईडी

" फेक आइडि बनाएर दिनरात हेर्दाहेर्दै थाकिसकेको छु "
              एक एक घन्टामा हेरिरहन्छु मैंले खाना खान भुलेको हुन्छु भोलि गर्छु भनेर साँचेको काम भुलेको हुन्छु म आफैंलाई समेत भुलि सकेको छु तर तिमिलाई लुकिछिपी हेर्न भने छोडेको छैन म उस्तै छु उहि छु । 
     हो म उहि प्रेमि हुन तिम्रो ति पुराना दिनहरुमा हुने गर्थे थोरै पनि बदलिएको छैन , न म थाकेको छु " म हेरिरहेको छु भित्रभित्रै मनले माया गरिरहेको छ ‌। हो मैले फेक आइडि बनाएर हेर्दाहेर्दै थाकिसकेको छु ।
       दिनहरु बित्दै छन रातहरु बित्दै छन् कठिन मलाई एक्लो अध्यारो रातले दिन्छ कैले चुरोटको बट्टा सकिन्छ भने कैले रक्सिको बोतल सकिन्छ " तरपनि मैंले प्रेम गर्न भुलेको छैन । हो मैले फेक आइडि बनाएर हेर्दाहेर्दै थाकिसकेको छु। 
      यो आखाले सधैं तिमिलाई खोजिरहन्छ छटपटि रहन्छन यि कानहरु तिम्रो एक आवाज सुन्नको लागि " थाहा छ यो अध्यारो रातले पनि तिमिलाई खोजिरहन्छ भित्ताहरु जब हेर्छु त्यो भित्तोमा पनि तिमि देखिरहन्छु जहाँ खुसि छैनौ तिमि !!
        हो मैले फेक आइडि बनाएर हेर्दाहेर्दै थाकिसकेको छु अब हाम्रो एक हुने बेला आएको हुनुपर्छ " अनगिन्ती अधुरा सपनाहरु पुरा गर्नु छ जिन्दगीको यात्रा साथमा गर्नुछ । एउटा सानो परिवार बनाउनु छ जहाँ धन सम्पत्ति जातभात केहि नहोस् केवल खुसि र मायाले भरिएको सानो संसार होस ।

" हो मैले फेक आइडि बनाएर हेर्दाहेर्दै थाकिसकेको छु " ।।

Popular posts from this blog

मध्यरातमा

साबुन

नागरिकता विधेयक