हरहर महादेव
नियमित रूपमा मङ्गलबारको व्रत पछि सधैं जसो यो बर्षपनि उनले साउनको महिनाको पहिलो सोमबार व्रत बसेको रहिछन उ जस्ता हजारौं लाखौ होलान् ।
धेरै आशावादी छन पक्कै पनि इच्छा चाहना पुरा गर्ने रहर कसको हुदैन र ? सबका अनगिन्ती आशाहरु सङ्ग जोडिएका होलान् ।
हामि सबैले केहि न केहि आशा राखेर नै भगवान् प्रति आस्था राखेका पक्कै हुन्छौ , कोहि सबथोक पाउछन् भने कसैले गर्दागर्दै पनि गुमाउँछन् ।
मैंले पनि बसेको थिएँ हरेक मङ्गलबार धेरै आशाहरु लिएर केहि पाए त धेरै गुमाए , फेरिपनि भगवान प्रतिको आस्था कम भएको छैन निरन्तर गरिरहेको छु ।
गुनासो आफै सङ्ग छ गल्ती गरेको थिएँ कि ? या भगवान् प्रतिको जुन आस्था राखिन्छ तेसैमा केहि कमि कम्जोरीहरु रहे होलान् मनुष्य भएपछि गल्ती भइहाल्छ ।
अनेकौ आशा लिएर व्रत बसेपनि आफ्नो अगाडि भएको केहि चिजलाइ अनदेखा गरिन्छ एकपटक आफैंलाई मुल्यांकन गर्न पनि जरुरी छ , केहि नछुटोस् र केहि नदोहोरियोस् जिन्दगीमा एकपटक आत्मा चिन्तन गरौ ।
पशुपतिनाथले सबैको रक्षा गरुन हरेक मान्छेका सपना त आशाहरु पुरा हुन साउन महिनाको पहिलो सोमबार हरहर महादेवको नाममा समर्पित गर्न चाहन्छु । 🙏