Posts

Showing posts from 2020

उनि सङ्गको ‌त्यो रात

Image
अहो यो पुष महिना जाडोको समय साथै नयाँ साल आउदै  "  सन्  2021; पुरानो कुराहरु मनभरी खेलिरहेको थियो अध्यारो कोठा रङ्गिएका ति चार भित्ता ,  साथमा एउटा चुरोटको‌ प्याकेट र उनि सङ्गका मिठा यादहरु मात्रै ....।      बिगतलाइ सम्झेर यत्तिकै चुरोट सल्काउदै टोलाइरहेको थिए यत्तिकैमा ढोका खोल्नुस् न भन्दै आत्तिएको उनको आबाज सुन्न पुगे " हत्तपत्त मैंले पनि ‌चुरोट‌ फाल्दिए "        बोलि पनि स्पस्ट बुझ्न सकिन अध्यारो थियो अनुहार पनि देखिएको थिएन कोठाको लाइट जलाए ।      ढोका खेल्दा अगाडि उनि उभिएको थिइन यत्तिकैमा उनि हस्याङफस्याङ गर्दै छिन " के भयो सानि भन्दै म पनि आतिदै उसलाई एक कदम पछि हटेर सोध्दै थिएँ ।        येहा बस भन्दै एक गिलास पानि पिलाएँ तेस्पछी बल्ल उनि सामान्य हुदै थिइन् रातिको एक बजेको थियो यति राति तिमि येहा !! मैंले भने        उनले डाको छोडेर रुदै  ( i am really sorry ) भन्दै ठुलो आवाजमा रुदै भनिन ...  के भयो अचानक यस्तो  ! यति राति तिमि रुदै येहा कसरि ? ...

महिनावारीको दर्द पिडा

 जब मेरो आमाले चरप्प पटुका कसेर खेत बारिमा काम गर्नुहुन्थ्यो मैंले यति धेरै पिडा महसुस गर्न पनि सक्दैन्थे आमा न हो घर परिवारको जिम्मेवारी र परिवारको खुसिको अगाडि महिनावारीको  पिडा दर्द र छट्पटी फिका लाग्थ्यो होला !! उ बेलामा न नजिकै कुनै मेडिकल नै थियो नत कुनै पेन किलरको शिक्षा नै कहाँ बाट खानु र खै ! कठै मेरो आमा  जब म जान्ने बुझ्ने भए घरबाट बाहिर प्रदेशमा उमेर बढ्दै जादा र बुद्दि बिकास हुदै जादा त्यो पिडा नजिकबाट बुझ्ने मौका बल्ल पाउदै थिएँ ।  जब म कसै सङ्ग प्रेम सम्बन्धमा बाधिएको थिए तेतिबेला नजिकै बाट बुझ्न पाएको थिएँ  कैले रातको दुइ तिन बजे फोन गरेर भन्थिन या अफिस गएको वेलामा कल आउथ्यो ।  मलाई साह्रै पिडा भयो खपिनसक्नु भएको छ कयौँ रातहरु उसको पिडा मै बित्थ्यो मेरो बोलि सुन्दा बित्तिकै निदाउने उनि त्यो बेलामा रातभर बोलिरहँदा पनि आखा समेत लाग्दैन्थ्यो दुइ दुइ ओटा पेन किलर खाँदा पनि त्यो पेटको दुखाइ भने कम समेत हुन्थेन उनि कराएको र छुट्टाएको रात भरि नसुतेको त्यो दिनहरू अझैपनि मेरो आँखा वरिपरि घुमिरहन्छ । दुइ तिन दिनसम्म त्यो दर्द र छट्पटाइ सायद पुरुषले कै...

यौनकर्मीको बिचमा

जहाँ म तिम्रो वरिपरि तिम्रो काखमा रमाउने मान्छे "तिम्रोलागि साचेर राखेको यो जवानी आजकल यौनकर्मी हरुको विचमा बिताउन बाध्य छु ...।"  तिमि त समय सङ्गै बदलियौ तर म बदलिन सकिन आफुलाई समाल्न खोज्दा कतिबेला यस्तो बाटो हिडेको रहेछु पत्तो भएन आज पछि फर्केर हेर्दा बल्ल आफुलाई यस्तो हालतमा पुगेको महसुस भयो अब पछाडि फर्किन धेरै गाह्रो छ हो म तिमिलाई भुल्न यौनकर्मीको साहारा लेउन गरेको छु  बाइस चौबिस सालसम्म समालेर तिम्रोलागि राखेको यो जवानी आजकल बाध्यतामा यौनकर्मी सङ्ग आँखा बन्द गरेर जबर्जस्ती काखमा लपटिन बाध्य भएको छु हो म यौनकर्मीको साहारा लेउन थालेको छु । मलाई याद मलाई तिमिले गलत बाटो कैले नहिड्नु समालिएर हिड्नु इज्जतको ख्याल गर्नु भर्थेउ तिम्रो भरोसा माथि खडा उत्रिन सकिन यि आखाँ र मनले भरोसा तोडिएको देख्दा को पिडा मलाई महसुस भएको छ  तर तिमिलाई गरेको भरोसामा बदलामा भनौ या अथाह प्रेमको बदलामा म यौनकर्मीको साहारा लेउन थालेको छु ।  कयौं महिना अनिधो भोकै प्यासै तिम्रै म्यासेज कलको पर्खाइमा बसेको मान्छे म  तिमिलाई भने एकपटक पनि हाल खबरर सोध्ने फुर्सद पनी थिएन !! हुन  त बा...

happy Birthday sani

म मा यति हिम्मत छैन कि अब उसलाई फोन या म्यासेज गरेर बर्थडे को सुभकामना दिन सकु !! उनले गरेको व्यावहार धेरै टुटेको छु सामाजिक सञ्जाल देखि लिएर हरेक ठाउँमा ब्लग फोन नम्बर सम्म  आजको दिन त नयाँ फोन नम्बर लिएर भएपनि एककल फोन गरौ जस्तो त लाग्छ !!  तर  म मा यती हिम्मत छैन धेरै टुटिसकेको छु  म्यासेज या कल  गरेर सुभकामन भन्न सकु ! उसको जन्मदिन आउँदा चार्डपर्ब जस्तो लाग्ने मलाई यो पालि आसु मैं जन्मदिन मनाउन बाध्य छु । उसको लागि  म हुनु नहुनु खासै फरक पर्दैन तेसैले त चौतर्फी ब्लग र तिरस्कार पाएको छु खास हुन्थे भने  कसले साथ छोड्छन् र  !!  आफ्नो खास मान्छे रुवाउने होइन खुसि दिन्छन् होइन र? फेरि उनलाई जन्मदिन को अनगिन्ती सुभकामना जिन्दगी मा सबैभन्दा बढि माया गर्ने मान्छे मिलोस् प्रगति होस बाकि बचेको मेरो आयु पनी उसैलाइ लागोस् एक थोपा पनि आसु कैले नझरोस आशुको बिचमा आफुलाई समाल्न धेरै गाह्रो हुन्छ त्यो कुरा पछिल्लो ७/८ महिना देखि भोग्दै आएको छु ्। त्यो दिन कैले पनि तिम्रो आस पास नआहोस 

आत्माहत्या

Image
अहिलका युवायुवती अत्याधिक  रूपमा देखिएको समस्या मध्येको एक हो आत्महत्या, जिन्दगी जिउन छोडेर मर्न सजिलो पक्कै हुदैन! जिउनु भन्दा धेरै गाह्रो छ आफ्नो हत्या आफैंले गर्न "सायद अगाडि बढ्ने अर्को बाटो नभेटिएको हुनाले पनि यस्तो कदम चालेका हुनसक्छन् !!  समस्या हरु अनेकौं हुनसक्छन: पढाइमा परिवारिक दबाब, भबिस्यको चिन्ता‌, कमज़ोर आर्थिक स्थिति, प्रेम सम्बन्ध, परिवारिक समस्या लगायतका बिभिन्न कारण हरु हुनसक्छन, तर अन्तिम बिकल्प को रूपमा जिन्दगी  नै जिउन छोड्नु गलत हो। कयौँ गल्ती हामी अभिभावक हरुले पनी पक्कै गरेका हुन्छौं "धेरै ठाउँमा उनिहरुको मनको कुरा नबुझ्नु उनिहरुको इच्छा विपरित आफैंले निर्णय गर्नु , समस्या सानो  छँदै समधान गरौं र यस्तो घट्ना हुनबाट आफु पनि बचौ र परिवार मा पनि हुन नदिउ।   तपाइँले अभिभावकको रुपमा आफ्नो जिम्मेवारी र भुमिका राम्रो निभाउनु र घट्ना हुनबाट बचाउँछ सकिन्छ ! तेसैले केलै पनी दवाव दिनुभन्दा पहिला एकपटक सोच्नुहोस्  र समस्या सानो छदै समाधान गरौं ।  टिभि पत्रपत्रिका सामाजिक सञ्जालमा पढ्दा सम्म कठै भन्छौ दुई चार स्टाटस लेखेर सामाजि...

आमा

Image
आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो । “बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् । नितेशले भन्यो, “सन्चै छु । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।” उनले भनिन्, “म यहीँ ठिक छु बा ।” ऊ कड्क्यो, “यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।” भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, “यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत ।” उसले भन्यो, “अब हामी सबै उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।” उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन् । एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, “हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोर्डिङ पास लिन्छु । कतै नजानु होला ।” ऊ भित्र पस्यो । उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । “टिकट नपाए...

एक मिठो ‌निद्रा

म चाहन्थे एउटा मिठो निद्रा निदाउन तर कयौं महिना बितिसक्दा पनि निदाउन सकिन सायद मेरा यि आखाले उनको म्यासेज कुरेरै बसेका हुन्थें ।           बितेका यि कयौ महिना घरी खाटमा सुत्थे घरि गद्दा लगेर जमिनमा सुत्ने गर्थे जाडोको महिना कति बेला पङ्खा चलाउने त कति बेला चिसो कुलर तर पनि एक निद्रा निदाउन सकेको थिएन , मेरो लागि जिन्दगी को सबैभन्दा बढि पिडादायी र गाह्रो भएको थियो , जहाँ उनि सङ्गै देखेका कयौँ सपना अब एक्लै पुरा गर्न पर्ने बाध्यता थियो , आजकल मा नया युवा पिडिको लागि प्रेम बिछोड मिलेन त सामान्य भइसक्यो "म पनि युवा पिडिको मान्छे  हु तर त्यो सोसायटी मा अटाउन सकिन । सुनेको छु उनि पनि तेहि सोसाइटी कि एउटा नयाँ सदस्यता लिएर बसेको छिन रे ! भन्ने त गर्थिन् तिमि पनि मेरो जिन्दगी कल्पना भन्दा बाहिर छ सम्भव छैन तर त्यो सब भन्ने सम्बन्धमा रहुन्जेल मात्र पो रहेछ कास मलाई पनि पहिला त्यो सबै थाहा भइदिएको भए तिमि जस्तैः तयारी गरेर बस्थे ! जहाँ पहिलो भेट भएको थियो तेहि ठाउँमा मलाई भेट्न बोलाएर जिन्दगी को अन्तिम भेट गर्ने तिम्रो त्यो योजना बुझ्न नसकेको रहेछु । म नादान थिय...

मेरो ड्रिम गर्ल

Image
नयाँ ठाउँ कैले नगएको सहर , भन्छन् नि इच्छा हुनुपर्छ मायाले डोर्याएरै पुर्याउँछ ।           काठमाडौं सम्मको यात्रा कैले नगएको ठाउँ देशकै राजधानी जहाँ मायाको बगैंचा उनको मुटु रोप्न हिडेको थिएँ , सानै उमेरदेखि घरको परिस्थिति बाध्यताले गर्दा घर बाहिरै बसेपनि यसरि हिड्ने डुल्ने कसैलाइ भेट्नै भनेर सायाद पहिलो पटक नै थियो ।  कहाँ बाट म कसरि बाजालु सम्म पुगे मै अचम्म छु भनम उसको प्रेमले डोर्याएरै पुर्याएको हो । उनको अफिस नजिकै पुगेर फोन गरे ,,                     म आइपुगे । एक मिनेट भित्रमा उनि तल आइन दुब्लि पातलि लुरि ज्यान  निन्याउरो अनुहार आँखा मा नजानिदो गाजल मात्र बिना मेकअपको देख्दा मैले मनमनै सोचेँ मेरो ड्रिम गर्ल जस्तै ! म लाजले हेलो हाइ पनि भन्न सकिन उनले आफै हेल्लो भनिन हाइ भन्दै सन्चो बिसन्चो सोध्दै चिया कफी पिउन तर्फ लागियो । रेस्टुरेन्ट मा गएर मस्रुम सुप मगायौ पटक्कै मन परेन उनलाई ,,, तेस्पछि उनि अफिस गइन म भाइको कोठा तर्फ फर्किए । कोठामा फर्किए पछि मनमा अनेकौं सोच्न थाले " यत्तिको सिम्प...

प्रेममा जातपात

प्रेम र जातपात! हिजोआज प्रेम र जातपात! हिजोआज दुस्मन भएको छु म यी मानिसहरुको अनि यी मानिसहरुलाई आफ्नो इशारामा छमछमी नचाउने यो बहुरुपि समाजको! हुन त उबेलामा जोर लगाएर सामाजिक पढाउने शिक्षकले रटाउनु हुन्थ्यो मानिस एक सामाजिक प्राणी हो जस्को अस्तित्व समाजमा निहित छ  जिउदाको जन्ती र मर्दाको मलामी भनेर चिनिने यो क्रुर समाजले अरुलाइ के कति दियो थाह भएन तर मसगं मेरो अस्तित्व मेरो आँखा अगाडि खोसेको छ! मलाइ निरीह बनाएको छ! खोलाको डिलमा आशुका ढिकाले गाला रुझाएर प्रकृतिले रचेको दिन त जेनतेन बिताउछु! तर सिङ्गो यो रात पिउदा म पल पल दुखिरहेकोछु ! हो यहि समाजको कारणले, अनि समाजले बनाएका नीति, नियम, चालचलन अझ भनौ कानुनले टन्न अगाएको छु म! हुन त यहि समाजले बनाएको स्कुलमा मैले मज्जाले पढेको थिए! दुईओटा कोणहरुको योग 180° अथवा दुई समकोणहरु एकआर्काका परिपुरक हुन्छन! जस्तै 60° र 120° त्यस्तै अर्थशास्त्रमा कलम र मसि एक आर्काका परिपुरक भनेर पनि पढे! तर यहि समाजमा आर्जित शिक्षाले मलाई यहि समाज विपरीत बनाईदियो! एक आर्का बिना बिल्कुलै अपुरा हाम्रो बिचमा जातिय विभेद तेर्साएर कहिलै पूरा हुनै दिएन! ...

प्रेम

साचो प्रेम गर्नेहरु देख्दा लाग्छ यिनिहरु एक आर्कालाई प्रेम गर्नै का निम्ति बनेका हुन! यो दुनियाले पहिलो प्राथमिकतामा ढब्बा लगाएका अन्य नीति नियमहरु र काम कारबाहीहरु यिनिहरुको जिवनका साना अंसहरु मात्र हुन ! प्रेममा यति लिप्त कि, स्वार्थको खोस्टो ओडेर आदर्शका कुरा छाट्ने यो दुनियाको दस्तुर प्रती अज्ञान छन! गन्तव्य सानो,मीठो अनि सुमधुर लक्ष्य केवल एकाअर्का सगं कहिलै नछुट्ने! यिनिहरुका लागि धन सम्पत्ती केवल जीवन धान्न चाहिनें एक तत्व हो, एकाअर्काको सामिप्यता र साथले अभावलाई हावी हुनै नदिने! प्रेम सागरमा डुब्कि लगाएका जोडिहरु दुनियाको प्रभाव र जिन्दगिको अभावलाई नजरअन्दाज गर्छन! प्रेमलाई नै सत्य अनि बिश्वासलाईनै सविधान मान्छन! अरुलाई होच्याउने, डाह गर्ने र भाड्न खोज्नेहरुको ठूलो भिड्लाई छिचोलेर प्रेमको बिरुवा हुर्काउन बिश्वासको ठुलै भुमिका हुन्छ! विश्वास नै प्रेमको आर्को नाम रहेछ! फेसबुकको पास्वर्ड , नियमित जांचबुझ आजको शताब्दिमा प्रेम सम्बन्ध जोगाउन चाहिने बिश्वासका पुलहरु हुन जुन निक्कै कमसल हुन्छन ! प्रेम हुन त बिश्वास चाहिन्छ "मेरो बिश्वास लाग्दैन?" भन्दै बिश्वास गर्न मजबुर बना...

नयाँ सालको शुभारम्भ

Image
नयाँ साल आउनुभन्दा आधाघण्टा पहिला बाट मोबाइल को इनबक्समा गएर म्यासेज टाइपिङ गर्दै थिएँ, आँखाबाट आँसुका थोपा झर्दै थिए ।                         अघिल्ला नयाँ साल यो भन्दा बेग्लै थिए। हरेक साल रातको बाह्र बजे उनको कल या म्यासेज आउथ्यो मेरो रिप्ले जान्थ्यो यो साल मेरो एकतर्फी मात्र थियो । भन्छन् नि छोटो समयमा धेरै प्रेम गर्नु घातक हुन्छ ! सायद तेस्तै भएको हुनुपर्छ जरुरत भन्दा बढि प्रेम छ अदभुत चाहत पनि प्रेमको लागि हानिकारक हुदोरहेछ । छोटो समयमा धेरै प्रेम र छोटो साथ उनको जिन्दगी भरिको लागि यादगर रह्यो ,, यसै त भन्नुपर्दा मेरो भन्दा पनि बढि चाहत र अनेक सपना उनकै बढि थिए सगसङगै जिउने ।  भनिन्छ नि भाग्यमा नलेखिएको कुरा जति नै कोसिस गरेपनि कैले पुरा हुदैन । एकातर्फ मनले फेरि सोच्ने गर्छु दुवैको इच्छा र चाहना तिब्र भएपछि जस्तो सुकै परिस्थिति समय बाधा अड्काउ आएपनि रोक्न सक्दैन‌,, तर पनि खै किन हो हाम्रो सम्बन्ध मा त्यो लागु किन भएन ?? जे होस् प्रेम गर्ने मान्छे एक अर्का को खुसि मा रमाउनु पर्छ‌ भन्छन तर नत उनि खुसि...

कोरोना

पीडामा देख्छु सारा  संसार विरक्त लाग्छ ! फैलिदै छ कोरोना लगातार विरक्त लाग्छ !! दैनिक बढ्दैछन् यहाँ कारुणिक घटनाहरू , हेर्छु सुन्छु र  यस्ता  समाचार विरक्त लाग्छ ! धनी गरिब बालक बूढो भन्दैन कदापी हरे, सबै हुनेभए  यसैको  शिकार विरक्त लाग्छ !! कर्फ्यु र कोरोनाको मारमा छन् गरिब सधैं, देख्छु सबका मलिन अनुहार विरक्त लाग्छ ! अाफ्नै अावासमा थुनिएका छन् कैदी जस्तै, सम्झिन्छु  र सबै  घर परिवार  विरक्त लाग्छ !!

प्रदेशि

कति रोयौ मेरो लाश माथि आएर, भक्कानिदै भन्यौ एक्लै गयौ, सँगै हुने कसम खाएर, ल्याएका थियौ रातो सिन्दुर" अनि रातो वस्त्रमा नै सजाएर, बिचैमा छोड्यौ मलाई सेतो कपडा उपहार दिएर ।

छोरि

एक गर्भवतीस्त्रीले आफ्नो पतिसँग भनिन् पत्नी :-" तपाईं के आशा गर्नुहुन्छ छोरा या छोरी" पति:- " यदि हाम्रो छोरा भएमा, म उसलाई गणित पढाउँछु, हामी खेल्न जाँदा माछा समात्न सिकाउँछु।" पत्नी :- "यदि छोरी भए तब...?" पति:- यदि हाम्रो छोरी भए , मैले उसलाई केही सिकाउने जरुरत पर्दैन " "किनकि , ऊनी सबैमा एक हुनेछिन् जो फेरि मलाई सबै सिकाउने छिन् , कसरी लगाउने, कसरी खाने, के भन्ने, के नभन्ने"। " एक प्रकारले ऊनी मेरो दोस्रो आमा हुनेछिन्। ऊनी मलाई आफ्नो हिरो सम्झनेछिन्,। चाहे म उसकोलागि कुनै खास कामगरुँ या नगरुँ "। " जब म उसको कुनै कुरालाई मानिन भने उसले अवश्य बुझ्नेछ ।  ऊनी सधैं आफ्नो पतिको तुलना मसँग गर्नेछिन्।" " यो मतलब गर्दिनन् कि उनको उमेर जतिसुकै होस् ऊनी चाहन्छिन् कि म उनलाई आफ्नो " baby doll जस्तै प्रेम गरुँ।" ऊनी मेरो लागि संसार सँग लड्न तयार हुन्छिन् , जब कसैले मलाई दु:ख दिन्छ तब ऊनी त्यसलाई  कहिल्यै माफ गर्दिनन्।" पत्नी - " भनाइको मतलब यो हो कि,तपाईको छोरी जे गर्छिन् त्यो छोराले...

चकचके

हदै  गर्नुहुन्छ  तपाई  पनि आखा तर्नुहुन्छ तपाई पनि यी नजरबाट स्वयलाई हेर्नु चकित पर्नुहुन्छ तपाई पनि नजोति बारी नफोरी डल्ला  मकै  छर्नुहुन्छ  तपाई  पनि ओरालो लागेको मृग लखेट्न ओरालै झर्नुहुन्छ तपाई पनि को छ अजम्बरी के को घमण्ड एकदिन मर्नुहुन्छ तपाई पनि #सायर

तिमि पनि आउछौ कि !

संसार डुलेर हेर्दै छु कही आकासमा बादलको घुम्टो ओढेर .. कहि बतास संगै तिमी पनी आउछौ कि ? मेरो निदारीमा भन्दै टोलाईरहेछु आधीरातमा पनि। तिमि पनि आउछौ कि !!

ति दुई महिना

जनवरी १० उनको  कल रुदै उनले भनिन् अब एक हुन सकिदैन परिवार ले मान्दैन ।  उनको आबाज सुनेर निदाउने र बिहानै उठ्ने मेरो बानि ।  विहान निद खुल्यो फोन गरे उनलाइ उनि अझै पनि उस्तै रातिको जस्तै रहिछन् धेरै सम्झाएँ बुझाए रुन त छाडिन तर पहिला जस्तो थिएन तेस्रो दिन दिदिको जाने भनिन जाउ भने उहाँ गएसि धेरै बोल्न पाइदैंन छिटो फर्किनु भने यस्तै सामान्यतया दिनमा १०/११ घन्टा कुरा हुन्थ्यो दिदि को गएपछि बिस्तारै उनको दुरि बढ्दै गयो (इस्टाग्राम , ट्विटर ) मा ब्लग गरिन तेस्पछी बिस्तारै झन दुरि बढ्दै गयो १०/११ घन्टा कुरा हुने १० म्यासेजमा समेटिन थाल्यो म भने दिनहुँ पहिला जस्तै कल लागोस् नलागोस दिनमा पचास साठी पटक कल गर्थे तेस्पछि मोबाइल नम्बर पनि ब्लग मा गर्दिन । म भने पुराना म्यासेज पढ्दै उसले गरेका म्यासेज हेरेर कैलै मुस्कुराउथे त कैले डाको छोडेर रुन्थे। उनि आफै स्वयम् नबोलि बस्न नसक्ने मान्छे अचानक यस्तो हुदा उनि कसरि समालिएकि होलिन भन्ने चिन्ता झन बढि लाग्थ्यो  निद लाग्न छाड्यो । मैंले उनलाई प्रेम मात्रै गरेको भए सायाद यस्तो हुने थिएन होला उनको बानि नै परेको थियो सुत्न भन्दा पहि...

म नि चाहन्थे

म नि चाहान्थे "जिन्दगीका" हरेक "पाना" रंगाउन तर "अपशोस" रंगाउनु पुर्व नै "समयले" भएका अलिअलि "खुसीको रंग" नै "पखालिदियाे"!!

माया