प्रेम
साचो प्रेम गर्नेहरु देख्दा लाग्छ यिनिहरु एक आर्कालाई प्रेम गर्नै का निम्ति बनेका हुन!
यो दुनियाले पहिलो प्राथमिकतामा ढब्बा लगाएका अन्य नीति नियमहरु र काम कारबाहीहरु यिनिहरुको जिवनका साना अंसहरु मात्र हुन ! प्रेममा यति लिप्त कि, स्वार्थको खोस्टो ओडेर आदर्शका कुरा छाट्ने यो दुनियाको दस्तुर प्रती अज्ञान छन! गन्तव्य सानो,मीठो अनि सुमधुर लक्ष्य केवल एकाअर्का सगं कहिलै नछुट्ने! यिनिहरुका लागि धन सम्पत्ती केवल जीवन धान्न चाहिनें एक तत्व हो, एकाअर्काको सामिप्यता र साथले अभावलाई हावी हुनै नदिने! प्रेम सागरमा डुब्कि लगाएका जोडिहरु दुनियाको प्रभाव र जिन्दगिको अभावलाई नजरअन्दाज गर्छन! प्रेमलाई नै सत्य अनि बिश्वासलाईनै सविधान मान्छन! अरुलाई होच्याउने, डाह गर्ने र भाड्न खोज्नेहरुको ठूलो भिड्लाई छिचोलेर प्रेमको बिरुवा हुर्काउन बिश्वासको ठुलै भुमिका हुन्छ! विश्वास नै प्रेमको आर्को नाम रहेछ! फेसबुकको पास्वर्ड , नियमित जांचबुझ आजको शताब्दिमा प्रेम सम्बन्ध जोगाउन चाहिने बिश्वासका पुलहरु हुन जुन निक्कै कमसल हुन्छन ! प्रेम हुन त बिश्वास चाहिन्छ "मेरो बिश्वास लाग्दैन?" भन्दै बिश्वास गर्न मजबुर बनाउने आजको पुस्तालाई के थाह "बिश्वास" त आखिर दिलाउने चिजनै होइन यो त सम्बन्धको गहिराईलाई मन्थेर निस्किने अलौकिक तत्व हो! आकर्षणमा लिप्त र अवसर बादी सम्बन्धले प्रेमलाई बेसोमती ढङ्गले बदनाम गरेको छ! अस्ति एउटि केटि सारै राम्रो लाग्नु हिजो प्रेम भएको भान हुनु आज उक्त प्रेम टिकाउन अनेकौ सम्झौता हुनु र भोलि एकाअर्का प्रती लालछाना लगाई प्रेम अन्त्य हुँदै पर्सि पुन आर्को प्रेम शुरु गर्नेहरुले उल्टै प्रेमलाई परिभाषित गरेको सुन्दा लाग्छ "प्रेम" आफैमा निर्दोष भएर पनि कति बदनाम छ !, सामाजिक संजालमा चर्चित सेलिब्रेटिको नामबाट अरुले एकाउन्ट खोलेर अस्लिल काम वा मानहानी नहोस भनेर एकाउन्ट भेरिफाई भए जसरी प्रेम बचाउनको लागि कुनै अभियान आईदिए यो प्रेम प्रती मान्छेको कु धारणा अन्त्य हुदोहो !व्यक्तिगत स्वार्थका निम्ति प्रेम गर्ने केटा र केटिले आफ्नो मत्लब पूरा गरेपश्चात प्रेमलाई बदनाम गरेर ओझेल पर्छ्न ! लाग्छ यस्ता मान्छेहरु प्रेमलाई बदनाम गर्न खटाईएका बिना ज्यालाका क्रुर मजदुर हुन! हिजो सम्म एकार्काबिना बाच्नै सक्दिन भनेर ढोङ् रचनेहरु आज एकार्कासगं बद्ला लिन कस्सिन्छन!
सब्द : जिबन आचार्य ( कपिलवस्तु )
पब्लिक : कमल आचार्य ( दिल्ली )