सधैं जसो आज पनि उनलाई खोज्दै थिए , पहिला जस्तै गरी ओनलाइन आएर स्टाटस छोडेर म्यासेज नगरी जाने उनको बानि परिसकेको थियो । म भने उ मेरै हो अझैपनि मलाई प्रेम गर्छिन भन्ने भ्रमबाट कैले मुक्त हुन सकेन ! या भनौँ उसलाई मुक्त गर्दा बित्तिकै अर्को मान्छेको आगमन लाइ स्विकार्न पर्छ भनेर हो कैले भुल्न चाहेन ! समय बित्दै गयो महङ्गी बढ्दै गयो तलब बढ्दै गयो इच्छा चाहना भने उहि थियो केबल तिम्रो पर्खाइ । साथिभाईहरुले विवाह गरिसकेे बाकि कोही थिएनन कसै कसैका पाँच सात वर्षका छोराछोरी हुर्किसकेका थिए । सायद तिमि मेरो जिन्दगीमा नआइदिएको भए मेरो पनि सानो परिवार भइसक्ने थियो होला है ? विवाह छोराछोरीको इच्छा चाहना पनि बिस्तारै हराउदै गयो कि के हो ? घरि-घरि आफुलाई प्रश्न गर्छु । तिम्रो फर्किने आशा अपेक्षाले गर्दा पनि हुनसक्छ ! खै यतिका वर्षसम्म नफर्किएकी तिमि अब फर्किने पो हौ कि भन्ने आशाले मातेको हुन्छु घरिघरि । चुरोट तान्दै गर्दा उडिरहेको त्यो धुवाँ जसरी म आफुलाई नि त्यो संसारमा किन घुलमिल गर्न सकिन ? अचम्म लाग्छ कुनै दिन यि सबैको उत्तर तिमिले नै दिनुपर्छ है ! त...
म लडिरहेको थिए परिस्थिति, आफन्त , आफै सङ्ग अब त यस्तो अवस्था आयो कि यादहरु सङ्ग लडिरहेको छु मृत्यु सङ्ग लडिरहेको छु । रहर थियो तिमि सङ्गै बसेर चक्लेट केक काटेर यि आफ्नै हातले तिम्रो अनुहार रङ्गाउने , अधुरा भए ति सपनाहरु टुटे ति भबिष्यका कल्पना हरु । खै कसरी भनौं तिमि खुसि छौ ! मेरा आँसुहरूले तिमिलाई मुस्कुराउन त पक्कै दिएको छैन , देखावटी मुस्कान र अथाह प्रेम बोकेर हिँडिरहेको छौँ । बिकल्पहरु खुल्ला छन् दुइ कदम अगाडि बढ्ने हिम्मत छैन रहेछ , तिमि दुइ कदम अगाडि बढ म हजार कदम बढ्छु भनेर सुनाउ खै कसरि सबै बाटोहरू बन्द गर्दिएको छौ । रहर चाहना इच्छा लाइ दागबत्ती दिएर तिमि आफै जिउदो लासको जिन्दगी बिताएको मैंले सजिलै महसुस गरिरहेको छु सायद मेरो लाचार जिन्दगी पनि पक्कै महसुस गरेको छौ है ! आउ न फेरि नयाँ सुरुवात गरौ जिन्दगी धेरै लामो छ एकअर्का बिना बाँच्नुपर्छ भनेर कल्पना गर्दापनि मेरो सास रोकिन्छ र भेन्टिलेटरको जरुरत पर्दछ । मर्न त एकदिन छदै छ नि जति...
लडाइ .. तिमिलाई भुल्ने लराइ लडिरहेको छु यो लडाइ पनि अरु जस्तै कैले नसकिने भयो । दुर्गम गाउँमा जस्तै उसका यादहरु टाढा टाढा सम्म केहि छैनन् केबल आवाजहरु बाहेक यसमा बाहिरी कुनै मद्दत पुग्दैन अकस्मात् उसको फिर्ता आउने सम्भावना पनि न्युन देख्छु । लडाइ लामो चलिरह्यो कैले मेटिएन आकाशमा देखिने जुन र तारा जस्तै ।