महिनावारीको दर्द पिडा

 जब मेरो आमाले चरप्प पटुका कसेर खेत बारिमा काम गर्नुहुन्थ्यो मैंले यति धेरै पिडा महसुस गर्न पनि सक्दैन्थे आमा न हो घर परिवारको जिम्मेवारी र परिवारको खुसिको अगाडि महिनावारीको  पिडा दर्द र छट्पटी फिका लाग्थ्यो होला !! उ बेलामा न नजिकै कुनै मेडिकल नै थियो नत कुनै पेन किलरको शिक्षा नै कहाँ बाट खानु र खै ! कठै मेरो आमा 

जब म जान्ने बुझ्ने भए घरबाट बाहिर प्रदेशमा उमेर बढ्दै जादा र बुद्दि बिकास हुदै जादा त्यो पिडा नजिकबाट बुझ्ने मौका बल्ल पाउदै थिएँ । 

जब म कसै सङ्ग प्रेम सम्बन्धमा बाधिएको थिए तेतिबेला नजिकै बाट बुझ्न पाएको थिएँ  कैले रातको दुइ तिन बजे फोन गरेर भन्थिन या अफिस गएको वेलामा कल आउथ्यो ।

 मलाई साह्रै पिडा भयो खपिनसक्नु भएको छ कयौँ रातहरु उसको पिडा मै बित्थ्यो मेरो बोलि सुन्दा बित्तिकै निदाउने उनि त्यो बेलामा रातभर बोलिरहँदा पनि आखा समेत लाग्दैन्थ्यो दुइ दुइ ओटा पेन किलर खाँदा पनि त्यो पेटको दुखाइ भने कम समेत हुन्थेन उनि कराएको र छुट्टाएको रात भरि नसुतेको त्यो दिनहरू अझैपनि मेरो आँखा वरिपरि घुमिरहन्छ ।

दुइ तिन दिनसम्म त्यो दर्द र छट्पटाइ सायद पुरुषले कैले महसुस गर्न त टाढाको कुरा सोच्न पनि सकिदैन , दिनमा दुइ तिन ओटा प्याड परिवर्तन भयङ्कर ब्लडिङ सोच्दा पनि जिरिङ्ग अझै जिरिङ्ग हुन्छ ।

अहिलेको कोरोना महामारी संकटको समयमा नर्स र डाक्टरहरु  १४/१६ घन्टाको उभिएर डिउटि महिनावारीको बेला पिपिइ मास्क लगायतका सुरक्षित उपकरण हरुको साथमा दर्द पिडाको बेलामा उहाहरु को योगदान लाइ सायद हामिले महसुस गर्न त टाढा को कुरा हो सोच्न समेत पनि सकिदैन ।

दिनमा तिन चार पटक सम्म प्याड परिवर्तन गर्नुपर्ने समयमा पिसाब गर्न समेत गाह्रो हुन्छ घरमा बसेर आराम गर्ने बेलामा अस्पतालमा उभिएर डिउटी शरिरमा जिरिङ्ग काँडा उठ्यो सोच्दा पनि ।

कुनै बौडर मा युद्ध या आतङ्कवादि संगठन सङ्ग लड्न बरु सजिलो छ तर महिनाबारीको समयमा उहाको योगदान र आफ्नो स्वास्थ्य र समस्या लाइ उजागर नगरि गरेको यो तेस्रो वल्डवार भन्दा पनि कम हुन छैन ।

सरकार र सम्बन्धित निकाएको उनिहरु प्रतिको समस्या र योगदान मा सायद ध्यान गएकै छैन होला यो योगदान कदापि भुल्न सकिने छैन "  यतिबेला जिन्दगीको सबैभन्दा कठिन समय सोच्न पनि सकिदैन उहाहरु को योगदान लाइ । 🙏

धन , सम्पत्ति, पैसा कसैको लागि ठुलो होला तर उहाँहरुले दिएको योगदान सङ्ग कुनै चिजको तुलना हुन नै सक्दैन कदापि उहाँ हरुको पिडा महिला हरुले समेत पनि कमै महसुस गर्नुहुन्छ होला त्यो पनि महिनावारी हुदा घरमा बस्ने आराम गर्ने दिनमा चार चार पटक प्याड परिवर्तन गर्नेले पनि अहिलेको अवस्थामा महसुस गर्न पनि गाह्रो नै पर्ला । 

डक्टर नर्स हरुको पिपिइ लगायत सम्पुर्ण सुरक्षित उपकरणको प्रयोग गरेर १४/१६ घन्टा खटिएर काम गर्ने कर्मचारीको पिडा कसैले पनि महसुस गर्न सक्दैन न् सिवाय उहाहरुले बाहेक । 

उहाँहरू योगदान लाइ कैले भुल्न सकिदैन संम्मान गरौ आफ्नो जिन्दगी भन्दा प्यारो देशका जनता र आफ्नो जिम्मेवारी लाइ धेरै माथि सोच्नुभएको छ । 

https://twitter.com/real_kamlu2?s=09





Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन