उनि सङ्गको त्यो रात
अहो यो पुष महिना जाडोको समय साथै नयाँ साल आउदै "
सन् 2021; पुरानो कुराहरु मनभरी खेलिरहेको थियो अध्यारो कोठा रङ्गिएका ति चार भित्ता , साथमा एउटा चुरोटको प्याकेट र उनि सङ्गका मिठा यादहरु मात्रै ....।
बिगतलाइ सम्झेर यत्तिकै चुरोट सल्काउदै टोलाइरहेको थिए यत्तिकैमा ढोका खोल्नुस् न भन्दै आत्तिएको उनको आबाज सुन्न पुगे " हत्तपत्त मैंले पनि चुरोट फाल्दिए "
बोलि पनि स्पस्ट बुझ्न सकिन अध्यारो थियो अनुहार पनि देखिएको थिएन कोठाको लाइट जलाए ।
ढोका खेल्दा अगाडि उनि उभिएको थिइन यत्तिकैमा उनि हस्याङफस्याङ गर्दै छिन " के भयो सानि भन्दै म पनि आतिदै उसलाई एक कदम पछि हटेर सोध्दै थिएँ ।
येहा बस भन्दै एक गिलास पानि पिलाएँ तेस्पछी बल्ल उनि सामान्य हुदै थिइन् रातिको एक बजेको थियो यति राति तिमि येहा !! मैंले भने
उनले डाको छोडेर रुदै ( i am really sorry ) भन्दै ठुलो आवाजमा रुदै भनिन ... के भयो अचानक यस्तो ! यति राति तिमि रुदै येहा कसरि ? मैंले भने
फेरि पनि sorry भन्दै एकओहोरो रुदै थिइन् उनि भावुक भएको देखेर मेरा पनि आँखा बाट बररर आसु झर्न थाले " यत्तिकैमा उनले अंगाल्दै बिगतमा जे जस्तो भयो तेसको लागि सरि मैंले तिमिलाई छोडेर जान हुन्थेन अब कैले पनि तिमि बाट टाढा हुदिन भन्दै चरप्प अंगालोमा कस्न थालिन पाँच मिनेटसम्म ।
करिव एक सालको लामो समयपछिको पहिलो भेट थ्यो " सायद कुरा नभएको पनि थुप्रै महिना भइसकेको रहेछ ।
मैंले उनि बिनाको आफ्नो करिव एकसालको विगत उनलाई बताउन लागे ।
उनि बिनाको एक्लै मेरो हालत सायद उनलाई थाहा नै थ्यो : आँखाभरि आँसु एउटा हातमा गिलास त अर्को हातमा चुरोट दाह्रि कपाल जिङ्ग्रिङ राति दुइ तिन बजेसम्म यादहरुमा हराउने बिहानको कुरा साझ भुल्ने र साँझको बिहान एउटा अर्ध पागल जस्तो भएर हिडेको आफ्नो हालत आफैंले देखेर आफै डराउने अबस्था थ्यो " तिमि बिनाको त्यो समय मेरो लागि पाँच जन्म जस्तो थ्यो कहाँ थ्यो के गर्दै थियौ ?
यत्तिकैमा उनलाई निद्रा लागे जस्तो गरिन चिसो मौसम भएको हुनाले न्यानो सिरक ओढाएर उनलाई आफु सुतेको पलङ्गमा सुत्न लगाए ...
म एकओहोरो उनलाइ हेरिरहेको थिएँ आँखाभरि आँसु पनि थिए विगतका उनका फोटोहरु चुम्दै हेर्दै उनको अनुहार पनि हेर्दै थिएँ कत्ति पनि नबदलिएकि उस्तै थिइन् ।
तर आफ्नो खुट्टामा उभिएको एउटा सक्षम केटि भएर पनि आफैं सङ्ग हारे जस्तो देखिन्थ्यो " कता कता आफ्नो पिडा लुकाएर भौतारिएर हिडेको जस्तो देखिन्थ्यो " हरेक रात त्यो चार भित्ता भित्र रुदै सिरानी भिजेको जस्तो देखिन्थ्यो " उनको बाहिरी दुनियाँ र मनभित्र आएको बाढि सजिलै अनुमान गर्न सकिन्थ्यो ।
यत्तिकैमा म पनि कतिबेला निदाएछु पत्तो नै भएन जब निद खुल्यो हातमा मोबाइल थ्यो र त्यो मोबाइलमा उनको तस्विर आँखाभरि आँसु ओठ मुख सुकेको सिरनि लछप्पै भिजेको रहेछ ।
निकै जाडो थियो कोठामा हिटर चलाएर सुतेको न्यानो भएछ उनको तस्विर हेर्दै कतिबेला निदाएछु पत्तो नै भएन बिहानको सात बजेको रहेछ झस्किएर बिउँझिन् पुगेछु ।
मुख धोएर फ्रेस हुदै हातमा चुरोट सल्काउदै काम तिर लागे .....
लेखन / कमल आचार्य