आत्माहत्या

अहिलका युवायुवती अत्याधिक  रूपमा देखिएको समस्या मध्येको एक हो आत्महत्या, जिन्दगी जिउन छोडेर मर्न सजिलो पक्कै हुदैन! जिउनु भन्दा धेरै गाह्रो छ आफ्नो हत्या आफैंले गर्न "सायद अगाडि बढ्ने अर्को बाटो नभेटिएको हुनाले पनि यस्तो कदम चालेका हुनसक्छन् !!
 समस्या हरु अनेकौं हुनसक्छन: पढाइमा परिवारिक दबाब, भबिस्यको चिन्ता‌, कमज़ोर आर्थिक स्थिति, प्रेम सम्बन्ध, परिवारिक समस्या लगायतका बिभिन्न कारण हरु हुनसक्छन, तर अन्तिम बिकल्प को रूपमा जिन्दगी  नै जिउन छोड्नु गलत हो।
कयौँ गल्ती हामी अभिभावक हरुले पनी पक्कै गरेका हुन्छौं "धेरै ठाउँमा उनिहरुको मनको कुरा नबुझ्नु उनिहरुको इच्छा विपरित आफैंले निर्णय गर्नु , समस्या सानो छँदै समधान गरौं र यस्तो घट्ना हुनबाट आफु पनि बचौ र परिवार मा पनि हुन नदिउ। 
तपाइँले अभिभावकको रुपमा आफ्नो जिम्मेवारी र भुमिका राम्रो निभाउनु र घट्ना हुनबाट बचाउँछ सकिन्छ ! तेसैले केलै पनी दवाव दिनुभन्दा पहिला एकपटक सोच्नुहोस्  र समस्या सानो छदै समाधान गरौं ।
 टिभि पत्रपत्रिका सामाजिक सञ्जालमा पढ्दा सम्म कठै भन्छौ दुई चार स्टाटस लेखेर सामाजिक सन्जालमा दुख पोख्छौ तर आफ्नै वरिपर र घरको समस्या देख्दैनौ र  घट्ना घट्न सक्छ ! साबधान रहनुस् परिवार को ख्याल गर्नुस ।
एकपटक सोचौं र परिवार संगै बसेर छलफल गरौ के कस्तो समस्या छ !  त छैन कतै परिवार को कुलै सदस्य माथि दबाब त छैन कुनै ? छ भने समस्याको समाधान तर्फ लागौं घट्ना घटिसकेपछी मेरो गल्ती र उसको भन्दै टाउको ठोक्नु भन्दा पहिला नै समस्या को हल गरौं।  
तपइको गलत कदमले आफ्नो समस्या त  सधैंको लागि अंत्य गर्नुभयो होला! तर कयौं नयाँ समस्या परिवारमा थपिन्छन् यसको बारेमा एकपटक पक्कै सोच्नुपर्छ गलत कदम चाल्नु भन्दा पहिला।
हरेक आत्माहत्याको पछाडी कोहि एउटा हत्यारा पक्कै हुन्छ तेसैले आफ्नो हत्या आफैंले नगरौं गरेको समस्या को समाधान छ निकालिन्छ परिवार साथिभाई हरुलाई भनौ जिन्दगी प्यारो छ केबल जिउन जान्नुपर्छ ।नजानेको भए सिक्नुस् तर एकपटक पाएको जिन्दगी यति धेरै सस्तो नबनाउन ।
  
(@ Real_kamlu2) https://twitter.com/Real_kamlu2?s=09

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन