मेरो ड्रिम गर्ल
नयाँ ठाउँ कैले नगएको सहर , भन्छन् नि इच्छा हुनुपर्छ मायाले डोर्याएरै पुर्याउँछ ।
काठमाडौं सम्मको यात्रा कैले नगएको ठाउँ देशकै राजधानी जहाँ मायाको बगैंचा उनको मुटु रोप्न हिडेको थिएँ , सानै उमेरदेखि घरको परिस्थिति बाध्यताले गर्दा घर बाहिरै बसेपनि यसरि हिड्ने डुल्ने कसैलाइ भेट्नै भनेर सायाद पहिलो पटक नै थियो ।
कहाँ बाट म कसरि बाजालु सम्म पुगे मै अचम्म छु भनम उसको प्रेमले डोर्याएरै पुर्याएको हो । उनको अफिस नजिकै पुगेर फोन गरे ,,
म आइपुगे ।
एक मिनेट भित्रमा उनि तल आइन दुब्लि पातलि लुरि ज्यान निन्याउरो अनुहार आँखा मा नजानिदो गाजल मात्र बिना मेकअपको देख्दा मैले मनमनै सोचेँ मेरो ड्रिम गर्ल जस्तै !
म लाजले हेलो हाइ पनि भन्न सकिन उनले आफै हेल्लो भनिन हाइ भन्दै सन्चो बिसन्चो सोध्दै चिया कफी पिउन तर्फ लागियो । रेस्टुरेन्ट मा गएर मस्रुम सुप मगायौ पटक्कै मन परेन उनलाई ,,, तेस्पछि उनि अफिस गइन म भाइको कोठा तर्फ फर्किए । कोठामा फर्किए पछि मनमा अनेकौं सोच्न थाले " यत्तिको सिम्पल केटि आजको जमानामा ! सबै जालि दुनियाँ र नक्कली केटि कहाँ छन् र दुनियामा !! आफै एक्लै प्रस्न गर्दै आफैंले उत्तर दिँदै गरे " यत्तिको केटि पाएपछि जिन्दगी मज्जाले चल्छ आफु हैसियत अनुसार जिन्दगी मज्जाले चल्छ।
ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु यस्तै कुरा मनभित्र खेल्न थाले ,,,
ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु यस्तै कुरा मनभित्र खेल्न थाले ,,,
भोलि पल्ट अफिसको छुट्टि लिन लगाएर स्वयम्भु घुम्न जाने प्लान म्यासेज बाट नै बनायौं छुट्टि नपाउदा नपाउदै पनि अनेकौ वाहना बनाएरै उनि स्वयम्भु पुगिन् केहिबेर मा म पनि पुगे । माथी चड्यौ दुबै जना फोटो खिच्दिन उनले मेरो पहिलो घुमघाम नेपालकै पर्यटकीय स्थल ।
उकालो चड्दै चड्दै माथि सम्म पुग्यौं थकाइ लागेपछि एकछिन बेन्चि मा थकाइ मार्यौ उनि बेन्चको पल्लो टुप्पो मा झन वल्लो टुप्पो मा एक अर्काको नजिक जाने हिम्मत नै थिएँन । दिनभर स्वयम्भु घुम्यौं कुराकानी गर्यौं साथमा हजारौं जुनि सम्म सङ्ग सङ्गै हुने कसम खाँदै दियो जलायौं । हिन्दु धर्म अनुहार कुनै सुभकार्य गर्नुभन्दा पहिला दियो जलाएर सुरुवात गरिन्छ भन्ने हाम्रो मान्यता छ नि ! भन्नुपर्दा प्रेमको सुरुवात सुभ काम दियोे जलाएर नै गरियो । उनले दिएको एउटा बाला थ्यो पहिलो उपहार प्रेमको जुन मेरो कोठामा रहेको मन्दिर मा भगवान सङ्गै राखेको छु ।
सब्द/रचना / कमल आचार्य
सब्द/रचना / कमल आचार्य