प्रेममा जातपात
प्रेम र जातपात!
हिजोआजप्रेम र जातपात!
हिजोआज दुस्मन भएको छु म यी मानिसहरुको अनि यी मानिसहरुलाई आफ्नो इशारामा छमछमी नचाउने यो बहुरुपि समाजको!
हुन त उबेलामा जोर लगाएर सामाजिक पढाउने शिक्षकले रटाउनु हुन्थ्यो मानिस एक सामाजिक प्राणी हो जस्को अस्तित्व समाजमा निहित छ
जिउदाको जन्ती र मर्दाको मलामी भनेर चिनिने यो क्रुर समाजले अरुलाइ के कति दियो थाह भएन तर मसगं मेरो अस्तित्व मेरो आँखा अगाडि खोसेको छ! मलाइ निरीह बनाएको छ!
खोलाको डिलमा आशुका ढिकाले गाला रुझाएर प्रकृतिले रचेको दिन त जेनतेन बिताउछु! तर सिङ्गो यो रात पिउदा म पल पल दुखिरहेकोछु !
हो यहि समाजको कारणले, अनि समाजले बनाएका नीति, नियम, चालचलन अझ भनौ कानुनले टन्न अगाएको छु म!
हुन त यहि समाजले बनाएको स्कुलमा मैले मज्जाले पढेको थिए! दुईओटा कोणहरुको योग 180° अथवा दुई समकोणहरु एकआर्काका परिपुरक हुन्छन! जस्तै 60° र 120° त्यस्तै अर्थशास्त्रमा कलम र मसि एक आर्काका परिपुरक भनेर पनि पढे! तर यहि समाजमा आर्जित शिक्षाले मलाई यहि समाज विपरीत बनाईदियो!
एक आर्का बिना बिल्कुलै अपुरा हाम्रो बिचमा जातिय विभेद तेर्साएर कहिलै पूरा हुनै दिएन!
प्रीय तिम्रोलागी ज्यान दिन पनि पछि पर्दिन भन्ने "म" आज हाम्रो लागि केई गर्न नसकेर लाचार भएको छु! तिम्रा निधारका कोठी ,गालाको डिम्पल, कर्ली कपाल, ठुला आँखा, मिलेका दात, सङ्गै तिम्रा साना- ठुला सबै रुचि र आनिबानी लगाएत हजारौ चिजबिज सगं पुर्ण परिचित र मिल्ने "म" केवल जात सगं मिल्न नसकेर प्रेमको अयोग्य उम्मेदवार ठहरिएकोछु! हुन त तिम्ले डराई डराई सोध्ने गर्थेउ कोहिबेला के हाम्रो परिवारले हाम्रो सम्बन्धलाई स्विकार्ला त भन्दै?
मन भरी डर भएर पनि तिम्लाई शान्तवना दिदै भन्थे किन नमान्नु आजकलको गर जमानामा पनि काहीँ जातपातले सम्बन्ध बिग्राला त!
खासमा यो खोक्रो र आदर्शबादी समाज संगसंगै अ-व्यवहारिक शब्दका थुप्राले बनेको किताब र भाषणमा मात्र सिमित ज्ञानबाट ढाडस पाएर होला सोच्थे कसो हाम्रो प्रेम सम्बन्ध समाजमा स्विकार्य नहोला !
प्रीय ,,हिजो जस्तो लाग्छ मलाई तिम्ले भनेकी थियौ अब हामी एक हुन सक्दैनौ म तिमिलाइ बिर्सिन्छु तिमी पनि मलाई बिर्सिदेउ भनेर!
तिम्रो जलेको मुटुले तिम्रा आखाका आशुहरु सोसिरहेको थियो जसरी बलेर भर्खर निभेको दाउरोले झ्वाई गर्दा कताकती पानी सोस्छ ! आखामा आँसु पटक्कै देखाउन चाहादैन्थेउ तिम्ले मलाई यकिन दिलाउन चाहान्थ्यौ कि तिम्लाई यो निर्णयको प्रभाव पटक्कै छैन!
बर्षौ देखि तिम्रो मायाको न्यानो रापले सेकिएको मलाई के तेत्ती कुरा पनि बुझ्थिन होला र !
मैले स्पष्ट देखिरहेको थिए, मानौ एउटा शरिरले भन्दैछ अब मलाई आत्माको खाचो छैन!
ती शब्दहरुले मलाई अझै पनि पलपल घोचिरहन्छन संसारको सबैभन्दा तिखा काडा जसरी सायद तिम्लाई पनि पीडा दोब्बर हुदोहो!
किनकी तिम्ले मलाई गर्ने प्रेम त्यो दर्जाको छ कि छुट्टिने बेलामा पनि तिम्लाई छुट्नु पर्दाको पीडा भन्दा धेरै पीडा तिम्लाई यो कुराको थियो कि मलाई कति पीडा होला! शायद त्यसैले होला , ती कठोर शब्द बोलिसकेर तिम्ले फोन काटेउ र धेरै दिनसम्म हराईदियौ यो सोचेर कि शायद मलाई सजिलो हुनेछ तिम्रो प्रेम बिर्सिनको लागि!
तर प्रीय तिम्लाई पनि हेक्का होला शुर्य अस्ताउदैमा उस्लाई कसैले बिर्सिदैन किनकी शुर्य नउदाय सम्म नया दिनको शुरुवात सम्भव छैन!
म पनि तेहि दिन हुँ जस्को शुरुवात र अन्त्य गर्ने हैसिएत केवल तिमिले राख्छौ!
म यो लाटो जिन्दगी बे-स्वादमा त बिताईदिउला तर यस्को फाइदा तिमिलाई हुन्छ भने मात्र नाकी यो समाजलाई!
म अझै पनि बुझ्न सकिरहेको छैन तिम्ले हाम्रो सबन्धको अन्त्य हाम्रो खुशिको लागि गर्दैछौ या समाजको?
आज यो समाजले म बाट धेरै कुरा लुटेको छ र म चाहेर पनि आफुलाई लुटाईरहन बाट जोगाउन सकिरहेको छैन!
घरिघरी त सोच्छु काश म पनि तिम्रै जातको हुदोहु या त तिमी मेरो जातकी !
के यो समाज र यस्ले रचेको जातपात यति बजबुत छ जस्ले यतिका समयसम्मको हाम्रो सम्बन्धलाई धरहरा जसरी तहसनहस गर्न सक्छ? घोत्लिएर सोच्छु कयौ रात बिताउछु तर समाधानको मेलो पटक्कै सर्दैन।
प्रिय के तिमि यति छिट्टै थाकेकी हौ त ?
यी क्रुर मानिसहरु र यिनिहरुले बनाएका नीति नियमहरु सगं ?जस्ले राष्टिय गानमा "सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली" गाएर सकिदा नसकिदै आफ्नो आडम्बर परित्याग गर्दैनन! कि त्यस्ता मानिहरुसगं जस्ले भेला जम्मा हुदा भलाद्मी बनेर जातपात बराबर हो काट्दा रगत रातै आउँछ भनेर भाषण दिदै घर आएर आफ्नै छोरिको प्रेम तल्लो बर्ग सङ भएर बहिस्कार गर्छन?कि तिनिहरु सगं जस्ले मन्दिर बनाउछ उसैलाई मन्दिर छुनु हुदैन भनेर दर्जा दिन्छन ? आखिर को सगं डराएको छौ प्रीय तिमी? म त तिम्रो प्रेममा यति अन्धो भैसकेछु कि बिचबाटोमा छाडीदिदा पनि तिमीसगं बादबिबाद गर्न सकिरहेको छैन!
आजकल भगवान प्रति बिल्कुलै भरोसा गुमेको छ मेरो ! तर पनि प्राथमा गर्न छोड्दिन किनकी प्रेमको लडाइँमा जिन्दगी नै बन्दगी भएको म अब कसैको सहयोग को अपेक्षा पनि त छैन! जसको थियो उ नै कोसौ टाढा भएको छ ।
भगवान यदि तिमी साच्चै छौ भने भलै मलाई तिम्रो बर्दान र आशिर्वाद केही चाहिदैन! तर यो संसारमा प्रेम र जात मध्य एकलाई हटाईदेउ! सारै पीडा हुन्छ जब यी दुइटै एकआर्का सगं मेल त हुन्छन तर मिलिरहन सक्दैनन्
#सब्द / लेखन :जिबन आचार्य
रचना :कमल आचार्य