कोरोना
पीडामा देख्छु सारा संसार विरक्त लाग्छ !
फैलिदै छ कोरोना लगातार विरक्त लाग्छ !!
दैनिक बढ्दैछन् यहाँ कारुणिक घटनाहरू ,
हेर्छु सुन्छु र यस्ता समाचार विरक्त लाग्छ !
धनी गरिब बालक बूढो भन्दैन कदापी हरे,
सबै हुनेभए यसैको शिकार विरक्त लाग्छ !!
कर्फ्यु र कोरोनाको मारमा छन् गरिब सधैं,
देख्छु सबका मलिन अनुहार विरक्त लाग्छ !
अाफ्नै अावासमा थुनिएका छन् कैदी जस्तै,
सम्झिन्छु र सबै घर परिवार विरक्त लाग्छ !!
फैलिदै छ कोरोना लगातार विरक्त लाग्छ !!
दैनिक बढ्दैछन् यहाँ कारुणिक घटनाहरू ,
हेर्छु सुन्छु र यस्ता समाचार विरक्त लाग्छ !
धनी गरिब बालक बूढो भन्दैन कदापी हरे,
सबै हुनेभए यसैको शिकार विरक्त लाग्छ !!
कर्फ्यु र कोरोनाको मारमा छन् गरिब सधैं,
देख्छु सबका मलिन अनुहार विरक्त लाग्छ !
अाफ्नै अावासमा थुनिएका छन् कैदी जस्तै,
सम्झिन्छु र सबै घर परिवार विरक्त लाग्छ !!