ति दुई महिना
जनवरी १० उनको कल रुदै उनले भनिन् अब एक हुन सकिदैन परिवार ले मान्दैन ।उनको आबाज सुनेर निदाउने र बिहानै उठ्ने मेरो बानि ।
विहान निद खुल्यो फोन गरे उनलाइ उनि अझै पनि उस्तै रातिको जस्तै रहिछन् धेरै सम्झाएँ बुझाए रुन त छाडिन तर पहिला जस्तो थिएन तेस्रो दिन दिदिको जाने भनिन जाउ भने उहाँ गएसि धेरै बोल्न पाइदैंन छिटो फर्किनु भने यस्तै सामान्यतया दिनमा १०/११ घन्टा कुरा हुन्थ्यो दिदि को गएपछि बिस्तारै उनको दुरि बढ्दै गयो (इस्टाग्राम , ट्विटर ) मा ब्लग गरिन तेस्पछी बिस्तारै झन दुरि बढ्दै गयो १०/११ घन्टा कुरा हुने १० म्यासेजमा समेटिन थाल्यो म भने दिनहुँ पहिला जस्तै कल लागोस् नलागोस दिनमा पचास साठी पटक कल गर्थे तेस्पछि मोबाइल नम्बर पनि ब्लग मा गर्दिन । म भने पुराना म्यासेज पढ्दै उसले गरेका म्यासेज हेरेर कैलै मुस्कुराउथे त कैले डाको छोडेर रुन्थे। उनि आफै स्वयम् नबोलि बस्न नसक्ने मान्छे अचानक यस्तो हुदा उनि कसरि समालिएकि होलिन भन्ने चिन्ता झन बढि लाग्थ्यो निद लाग्न छाड्यो । मैंले उनलाई प्रेम मात्रै गरेको भए सायाद यस्तो हुने थिएन होला उनको बानि नै परेको थियो सुत्न भन्दा पहिला उनको आवाज सुनेर सुत्ने विहान उनको आवाज सुनेर उठ्ने तेसैले गाह्रो भएको हो कि! रातको दुइ तिन बजे तक निद नलाग्ने साथिहरु ले नसुतेको देख्दा सोध्थे निद लागेन भन्थे । कोहि साथि हस्तमैथुन गर निद लाग्छ भन्न थाले कोहि अनेकौं भन्न थाले सुझाव दिए उनिहरु ले भनेको जति अप्नाए तर पनि केहि लागेन रक्सि पिउन थाले चुरोट पिउन थाले निद लागेन रात को दुइ तिन बजे चुरोट पिउथे छट्पटी हुन्थ्यो घरि के गर्छु अनेक गर्दा पनि निद लागेन हप्ता दिन रक्सि पिए तेस्पछि अचानक बिमार भए मरे मर्छु भने म आफै अस्पताल गएन दुइ दिनपछि सङ्गै काम गर्ने मेरो जुनियर साथिले जबर्जस्ती अस्पताल लगे डक्टर ले भन्यो धेरै रक्सि चुरोट ले गर्दा भएको हो तुरुन्तै छाड्नुपर्छ नत्र भित्र भित्र गलाइ सकेको छ । तेस्पछि साथिहरु ले नै मलाई पिउन दिएनन् दिनदिनै मेरो रुम खगाल्न थाले भेटिएको रक्सि चुरोट पनि फाल्दिए । यसरि नै छटपटी मा दिन रात बित्न थाले न निद न भोक म कयौ मेडिकल पसल मा गए निदको औसधी किन्न मलाई त दिएनन् डक्टर ले लेखेर दिनुपर्छ भन्यो केहि कतै पाएन । मेरो घरबेटी कोट को जर्ज हुनुहुन्थ्यो उसको सुरक्षा को लागि पुलिस बस्थे उसलाई लगेर गए पुलिस देखेर पनि होला डर ले औसधी पसल ले दियो निदको औसधी तर धेरै mg को दिन सकिदैन भनेर ५०mg को दुइटा अलग अलग पसल बाट दुइटा पाता किनेर ल्याए ।
सुरुको दुइ दिन काम गर्यो तेस्पछि गर्न छोड्यो फेरि एकैचोटि दुइटा खान थाले तेसको बिचमा पनि राति उनले नै बोलाए जस्तो लाग्थ्यो झसङ्ग झसङ्ग बिउझेर एक्लै बरबराउने रहेछु कति पटक गेटमा नाइट डिउटी गरेको गार्ड ले के भयो के भन्दै मलाई बोलाउँथे । म केहि भएको छैन भनेर टारिदिन्थे यसै बिचमा भ्यालेन्टाइन सिजन चल्यो सबै प्रेमिल पोस्ट र प्रेम का कुरा गरेर बस्थे म भने एक्लै दुख पिडा भरिएका पोस्ट गर्दै बस्थे ्। खपिनसक्नु भयो फेब्रुअरी १४ को उसको दिदि लाइ म्यासेज गरेर बिन्ती बिसाए उहाले उनलाइ भन्नु भएछ बोल भनेर तेस्पछि उनि फेसबुक एकाउण्ट एक्टिभ गरेर बोलिन पहिलो म्यासेज आउदा नै आखा भरी आँसु बरररर झरे आफुलाई समाल्न नसकेपछि म काम विचमै छोडेर कोठामा गए म्यासेज गर्दै रुदै गरे बाहिर सुनिन्छ भनेर मुख सिरक मुनि च्यातेर रुदै थिएँ एकछिन बोलेपछि उनि गइन ।
उनि अनलाइन हुदा नहुदा चौबिस घन्टा म फोन गरे म्यासेज गरे उ।म नसताउ म खुसि छु तिमि बिना भन्दै म्यासेज पठाउथिन म भने एकछिन पनि उनि बिना बस्नै नसक्ने भएको थिए । मलाई थाहा थियो मलाई भन्दा बढि पिडा उनलाई भएको थियो , मैले भन्दा धेरै माया मान्छे उनि हुन ।
पछि उनि आफैंलाई गाह्रो भयो होला ! तेस्पछि मलाई फेसबुकमा पनि ब्लग नै गरिन । ब्लग गर्न भन्दा पहिला उनको आँखा भरि आसु पक्कै थियो होला ! मलाई झन गाह्रो भयो तेस्पछि आफुलाई समाल्न सकिन कयौ दिन छटपटी र पिडा आँसु नै बिते पहिला भन्दा झन गाह्रो गाह्रो हुदै गयो । तेसको बिचमा मैले कम्पनी मा कति को सामान ल्याए कहाँ कहाँ कति खर्च गरे भनेर हिसाब किताब राख्न नै भुले एक घन्टा पहिला के भएको भन्ने नि भुल्न थाले त्यो पहिलो महिना मलाई १५/२० हजार जति घाटा भयो । केवल उनि बिचमा भएका घट्ना र पुराना कुराकानी वाहेक सबै भुल्थे , रात भरि निद लाग्दैन्थ्यो ग्यालरी मा भएका तिन हजार फोटो हरु हेर्दै पुराना म्यासेज पढ्दै हरेक रात बिताउथे। एकदिन धेरै गाह्रो भयो आफुलाई समाल्न नसकेको बेला साथिको म्यासेज आयो मैंले सबै भनेको थिएँ सम्झाउथि बुझाउथि दिनमा दुइ तिन पटक उसको प्रोफाइल हेर न केहि पोस्ट गरेको छ कि फोटो हालेको छ कि भनेर भन्थे तेसको बिचमा एक ठाउँमा घुम्न गएको फोटो हालेको रहिछ स्किन सट गरेर पठाउ भन्थे । उसले पठाउँथि । उसले पठाउदा बित्तिकै उसको फोटो देख्दा बित्तिकै चुम्थे र फेरि रुन थाल्थे एकदिन को कुरा हो यसरि त कतिदिन बाच्नु भनेर सोच्न थालें निदको दस गोली थिए सबै खान्छु भनेर बाहिर निकाले । तेहि बेला उहि साथिको म्यासेज आयो म्यासेज गर्दै ? औसधी निकाल्दै थिएँ ढिला भएको हुनाले उसले कल गरि मैंले उसलाइ भने बाच्न सक्दिन यसरि हरेक दिन यस्तो गर्न लाछु उसले सम्झाउन बुझाउन थालि मैले एक सुनिन् तेस्पछि साथिले फोन गरेर उनलाइ भनिछिन साना ले यस्तो गर्दै छ भनेर तेसै बिचमा उसको फोन आयो बोले आखा भरि आसु लिएको हातमा रुमाल थियो दुइ तिन घन्टा सम्म मैंले उसको एक नसुनि बोलिरहे मर्छु म यसरि सक्दिनँ अब हरेक दिन मर्न । त्यो दिन मेरो रुमाल लुछुप्पै भिजेको रहेछ खाना पनि खाएन रुमाल बाट आसु तपतप चोएको थियो । उहि समय मलाई ब्लग खोल भनेर जता ततै बाट ब्लग खोल्न लगाएँ। उनले सम्झाएर बुझाएर एक हुने हामि परिवार सङग कुरा गर्छु साथ छोड्दिन अब कैले नि । उनको यति आवाज सुनेपछी म कति बेला निदाएछु पत्तो नै पाएन । दुइ महिना पछि बल्ल एकनिद मिठो निदाए बिहान फोनमा कुरा गरे नर्मल थियो तेस्पछि अर्को दिन फेरी भन्न थालिन घर परिवार ले मान्दैनन फेरि सुरुमै भनेको कुरा दोह्राउन थालिन फेरि एक दिनको खुसि पछि तेहि आँसु तेहि पिडा। ``जुन ठाउँमा इज्जत हुदैन त्यो ठाउँमा थुकेर हिड्ने मान्छे म " उनको अगाडि हजार सर्त गालि पनि सहन तयार थिएं । तर पनि मेरो केही लागेन परिवार भन्दा ठुलो प्रेम पक्कै पनि होइन तर पनि " हुन लागेको युद्ध त अमेरिकी राष्ट्रपति र उत्तर कोरिया को तानाशाह बिच वार्ता ले सुल्झियो हाम्रो पनि दुइ परिवार बसेर कुरा गरेको भए नसुल्झिने कुरा नै हुन्थेन ""। म अहिले पनि पहिला जस्तै छु न बदलिन सके न खुसि हुन कसरि चल्ने होला जिन्दगी सोच्छु घरि घरि आफैंलाई गालि गर्छु तर मन सम्झाउन र समालिन सकेको छैन। अहिले पनि म उस्तै छु एकहोरो म्यासेज र कल गरिरहन्छु उनि ओन हुन या नहुन उहि बानि छ । म आफुले आफुलाई नै आधा पागल सोच्न थालिसकको छु हरेक दिन विहान देखि राति सम्म टाउको दुखिरहन्छ टाउको मा हजारौं टन को भार भएजस्तो लाग्छ । पहिला जस्तो पनि छैन आजकल व्यावहार बदलियो मान्छे बदलिए ज्यान पातलो भयो दुब्लाए तर मेरो माया प्रेम उनलाइ जति गर्थे त्यो भन्दा बढि होला तर कम भएको छैन झन बढि बढ्दो क्रममा छ । ( एउटा कुरा के भन्न चाहन्छु भने प्रेम गर्नुस तर कसैको बानि नपार्नु जिन्दगी मा न बाच्न सकिन्छ न मर्न जिउदो लास बनेर डिप्रेसन जिन्दगी हुदोरहेछ कसैको बानि पर्यो भने ।