एक मिठो निद्रा
म चाहन्थे एउटा मिठो निद्रा निदाउन तर कयौं महिना बितिसक्दा पनि निदाउन सकिन सायद मेरा यि आखाले उनको म्यासेज कुरेरै बसेका हुन्थें ।
बितेका यि कयौ महिना घरी खाटमा सुत्थे घरि गद्दा लगेर जमिनमा सुत्ने गर्थे जाडोको महिना कति बेला पङ्खा चलाउने त कति बेला चिसो कुलर तर पनि एक निद्रा निदाउन सकेको थिएन , मेरो लागि जिन्दगी को सबैभन्दा बढि पिडादायी र गाह्रो भएको थियो , जहाँ उनि सङ्गै देखेका कयौँ सपना अब एक्लै पुरा गर्न पर्ने बाध्यता थियो , आजकल मा नया युवा पिडिको लागि प्रेम बिछोड मिलेन त सामान्य भइसक्यो "म पनि युवा पिडिको मान्छे हु तर त्यो सोसायटी मा अटाउन सकिन । सुनेको छु उनि पनि तेहि सोसाइटी कि एउटा नयाँ सदस्यता लिएर बसेको छिन रे ! भन्ने त गर्थिन् तिमि पनि मेरो जिन्दगी कल्पना भन्दा बाहिर छ सम्भव छैन तर त्यो सब भन्ने सम्बन्धमा रहुन्जेल मात्र पो रहेछ कास मलाई पनि पहिला त्यो सबै थाहा भइदिएको भए तिमि जस्तैः तयारी गरेर बस्थे ! जहाँ पहिलो भेट भएको थियो तेहि ठाउँमा मलाई भेट्न बोलाएर जिन्दगी को अन्तिम भेट गर्ने तिम्रो त्यो योजना बुझ्न नसकेको रहेछु । म नादान थिय प्रेममा न कुनै अनुभव नै थियो त न कुनै तिमि प्रति नकरात्मक बिचार नै " तिम्रो त्यो मनमा चलिरहेको उथलपुथल पार्ने मेरो प्रेमको बारेमा सोच्न पनि नभ्याएको रहेछु ।
........ए साच्चै म मिठो निद्रा निदाएको पनि कयौं महिना बितिसकेको रहेछ उनको आबाज सुनेर निदाउने मान्छे म आजकल यि आखाँ एउटा म्यासेज को लागि रातिको दुइ तिन बजेसम्म कुरिरहेका हुन्छन तर पनि दिनहुँजसो यि आखाँ आफै थाकेर कति बेला आफै बन्द हुन्छन् मलाई पनि पत्तो हुदैन बिहानै छ बजे उनको रेकडिङ आवाजको अलाराम ले उठ्ने गर्छु ।
@AC_kamlu