Posts

Showing posts from 2022

मध्यरातमा

सधैं जसो आज पनि उनलाई खोज्दै थिए , पहिला जस्तै गरी ओनलाइन आएर स्टाटस छोडेर म्यासेज नगरी जाने उनको बानि परिसकेको थियो ।    म भने उ मेरै हो अझैपनि मलाई प्रेम गर्छिन भन्ने भ्रमबाट कैले मुक्त हुन सकेन ! या भनौँ उसलाई मुक्त गर्दा बित्तिकै अर्को मान्छेको आगमन लाइ स्विकार्न पर्छ भनेर हो कैले भुल्न चाहेन !    समय बित्दै गयो महङ्गी बढ्दै गयो तलब बढ्दै गयो इच्छा चाहना भने उहि थियो केबल तिम्रो पर्खाइ । साथिभाईहरुले विवाह गरिसकेे बाकि कोही थिएनन कसै कसैका पाँच सात वर्षका छोराछोरी हुर्किसकेका थिए । सायद तिमि मेरो जिन्दगीमा नआइदिएको भए मेरो पनि  सानो परिवार भइसक्ने थियो होला है ?  विवाह छोराछोरीको इच्छा चाहना पनि बिस्तारै हराउदै गयो कि के हो ? घरि-घरि आफुलाई प्रश्न गर्छु । तिम्रो फर्किने आशा अपेक्षाले गर्दा पनि हुनसक्छ ! खै यतिका वर्षसम्म नफर्किएकी तिमि अब फर्किने पो हौ कि भन्ने आशाले मातेको हुन्छु घरिघरि ।  चुरोट तान्दै गर्दा उडिरहेको त्यो धुवाँ जसरी म आफुलाई नि त्यो संसारमा किन घुलमिल गर्न सकिन ? अचम्म लाग्छ  कुनै दिन यि सबैको उत्तर तिमिले नै दिनुपर्छ ‌है ! त...

अधिकार

आज नगारिकता बिधेयकमा चुप बस्नेहरु  भोलि नागरिकता नै खोसिदा कसो गर्लान् ?   राजनीतिक ब्याक्ती , शासकहरू र जनताहरू  भोलि आफ्नै हक अधिकार खोसिदा कसो गर्लान ?  अल्लि पहिलाका नेताहरु नदिनाला, सडक र बालुवा बेचे आज नागरिकता बेचे फेरि आउनले देश बेच्दा कसो गर्लान ? हिजो भुमि मिच्दा आज अर्कैलाई अधिकार दिदा चुप ! भोलि सिङ्गो देश नै नरहदा हुदा कसो गर्लान् ?  आजको एउटा गल्तीले देश नै नरहला जसो छ ,    भोलि आफ्नै अधिकारको लागि लड्नुपर्दा कसो गर्लान ? राजाहरूले एकिकरण गरेर बचाएको देश " कठैबरा  भोलि आफै अधिकार विहिन हुदा कसो गर्लान् ? आज चुप रहेर हस्ताक्षर गरेको याद आउला  भोलि बोल्नै नपाएर छट्पटाउदा कसो गर्लान्  ?

नागरिकता विधेयक

Image
भारतमा दिनहुँ जस्तो साम्प्रदायिक लडाइ भइरहन्छ र अपराध गरेर नेपालक छिर्ने नयाँ कुरा होइन् ‌‌। अर्को चिनको ब्यावहार प्रति तिब्बत असन्तुष्टि देखिन्छ र तेहाका धर्मगुरु छिमेकी राष्ट्र भारतमा आएर बसोबास गरेका छन् ।   दुइ ठुला देशको बिचमा रहेको हाम्रो देशमा नागरिकता कानुन खुकुलो पार्नु भनेको आत्मा दाह गर्नु आफ्नै खुट्टामा बन्चरो हाने बराबर हो , चिनले जनसंख्या नियंत्रण कानुन पहिला नै लेइसकेको छ छिमेकी राष्ट्र भारतमा पनि यसको चर्चा निकै चलेको छ ।  अबको केहि महिना भित्रमा सायद भारतमा पनि विधेयक आउने पक्कापक्की जस्तो अनुमान गर्न सकिन्छ  संसारमा झन्डै झन्डै आधा जनसंख्या हाम्रा दुइ छिमेकी राष्ट्रमा छन् ।   जातियता र धर्मको बारेमा विवाद र लडाइँ पछिल्लो समयमा भारतमा बढेको पाइन्छ । र एक समुदायका मान्छेलाई हेपिएको भन्ने पनि बिभिन्न समचार माध्यम र समाजसेवी राजनेताका तर्कहरू पनि छन् ।  नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका सरकार सहयोगी दलले राजनीतिक लाभ पाउला नपाउला  छिमेकीलाइ खुसि त बनाउन सक्ला नागरिकता कानुनले आउँदो दिनहरूमा हाम्रो देशको शान्ति सुरक्...

साउन महिना

भगवान शिव जि को प्रिय महिना साउन भनेर मानिन्छ , मान्यता छ कि पुजा आराधना गरेर दुःख पिडा कष्ट नाश हुने गर्छन् ।       शास्त्रमा यस्तो भनेको पाइन्छ , भगवान विष्णु साउन महिनामा निद्रा योगमा जान्थे र भगवान विष्णु निद्रा योगमा गएपछि यो सृष्टि चलाउने जिम्मा आफै शिव जि ले लेउथे ।    तेहि भएर पनि साउन महिना विशेष छ र पुजा अर्चना धेरै महत्वपूर्ण हुन्छ भन्ने मानिन्छ ‌‌। साउन महिना देव र दानव विचमा भएको समुन्द्र मंथनको कथा जोडिएको छ  देवका पनि देउवा महादेवले सृष्टि रक्षाको लागि बिष पनि पिउनु भएको थियो ।             शिव जि एक प्रेमका महायोगी पनि थिए , पार्वती सङ्ग प्रेम बिबाह गरेको मानिन्छ , जब कोहि नयाँ जोडि लाइ आशिर्वाद दिने गरिन्छ त शिव पार्वतीको जस्तै हो भनिन्छ ।  शिव जि   जिबन , मृत्यु , विनास र पुनर्जन्मका देउता पनि थिए । उनलाई १००८ अलग अलग नामले चिन्न सकिन्छ ।   भन्ने गरिन्छ साउन महिनामा शिव जि को पुजाको तुरुन्तै सुभ र फलदायी हुन्छ , यसको पछाडि भगवान शिवको बरदान पनि छ ।  प्राकृतिक सुन्दरता र ह...

साबुन

सावुन.....   मलाई प्रयोग नगर्ने संसारमै सायद कम नै होलान , हरेक व्याक्तीको गुप्त अंग देखि भित्री बत्र धुन पखाल्न प्रयोग गर्छन् ।   सुरुमा कसैले हात खुट्टा धुन्छन मलाई लाग्छ झन झन माथि माथि पुग्न पाउ जस्तो लाग्छ , तर भने जस्तो नहुने बिचमै कैले काहि अलपत्र पार्दिन्छन हातखुट्टा मात्र धोएर छोड्छन्। कसैले कैले काहि टाउको नुहाउनको लागि प्रयोग गर्छन तेतिबेला खासै उत्तेजनामा आउदैन म आफै ।  जब नग्न अवस्थामा हुन्छन् र मलाई टाउको देखि दल्न सुरु गर्छन मेरो गाज हरु बिस्तारै बिस्तारै शरिरको हरेक अंग अंगमा फैलिन्छ , कोहि पनि नपुग्ने ठाउँमा म एक्लै धेरै पटक पुग्छे गरेको छु । टाउकोबाट थोरै तल घाटिसम्म हुदै बिस्तारै बिस्तारै स्थन सम्म डुलिमुडि गर्छु , कति मज्जा आइरहेको हुन्छ मलाई । लाग्छ झन तल तल आफै झरु झरु ।  कैले काहि मलाई तेहि सम्म एकछिन छोडेर मिचिरहदा लुत्त भुइँमा झर्दिन्छु , तलबाट हेर्दा पनि झन सुन्दर नजरा देखिन्छ ।  फेरि मलाई उठाउँछन् र शरिरमा दल्न सुरु गर्छन , स्थन बाट जति जति तल दलिदै जान्छु मेरो पनि उत्तेजनाले सिमा नाग्छ जब म कम्बर निर पुग्छु पानि पानि हुन्छु जब यौ...

सोच..

मैंले  सोचौ  या अरु कसैले सोचोस् ।   थाहा छैन खै किन हो ! के के सोच्छ यो मनले  सोच्दै गएपछि झनझन् सोच्दै जान्छ सोच्न पनि कैले काहि बढि नै सोच्छ   कैले काहि आराम लेउने सोच्छ।  हुन त सोचेर के नै हुने होर ! झन झन मन भारी हुदै सोच्छ । अन्त्यमा केहि निष्कर्ष निस्केन फेरि मैंले किन र कसको लागि सोचिरहेको छ ? फेरि पनि किन सोचिरहेको छ ।

लडाइ

लडाइ .. तिमिलाई भुल्ने लराइ लडिरहेको छु  यो लडाइ पनि अरु जस्तै  कैले नसकिने भयो । दुर्गम गाउँमा जस्तै उसका यादहरु टाढा टाढा सम्म केहि छैनन्  केबल आवाजहरु बाहेक  यसमा बाहिरी कुनै मद्दत पुग्दैन  अकस्मात् उसको फिर्ता आउने  सम्भावना पनि न्युन देख्छु ।  लडाइ लामो चलिरह्यो कैले मेटिएन आकाशमा देखिने जुन र तारा जस्तै । 

उनि टाढा भएको

खै के भएको छ आजकल उनलाइ ! दिनहुँ घन्टौ गफगाफ हुन्थ्यो , कम हुदैछ "          मैंले समयको कमि महसुस गरेको छु          ‌‌ उनि आफुबाट टाढा भएको महसुस गरेको छु । उनि म बाट टाढा भएको हुन कि ! या भ्रम हो !!  मेरो सङ्काले झन सम्बन्ध कमजोर हुदै पो कि !!          हुन त मेरो पिउने बानि मन नपरेको पनि हुनसक्छ !                  कतै उनले नयाँ प्रेमि बनाउँदै पो छिन कि !! हुन त हाम्रो सम्बन्ध साथिको मात्र हो " फेरिपनि उनि टाढा भएजस्तो महसुस गर्दैछु ।      किन मलाई यस्तो लाग्दैछ कि ! सधैंको लागि गुमाउदै छु            खै किन आफु बाट टाढा भएको महसुस गर्दैछु  । 

कोठाको सम्बन्ध

 पहिला एउटा कोठाबाट सुरुवात भएको हाम्रो सम्बन्ध असल मित्रताबाट प्रेम सम्म पुग्यो। उहि कोठा थियो, जहाँ म रातभर कल्पनाभरी परीको खोजीमा जाग्राम बस्थें। सम्बन्ध अगाडि बढेसङ्गै हाम्रो भेटघाट पनि निरन्तर हुँदै थियो। पहिलो भेटघाट अक्क-बक्कमै नचिनेजस्तै गरि सामाजिक दुरीको पालना नगर्न पर्ने अवस्थामा पनि चार मिटरको दुरी कायम गरेका थियौं। बिस्तारै-बिस्तारै हाम्रो सम्बन्धले उचाइ छुदै थियो। दिनभर अफिसमा, साँझ परेपछि कोठाको खाटमा लुटुपुटु हुँदै प्रेमिल दुनियाँमा मिठा-मिठा बात गरेरै बित्थ्यो। शनिबारको दिन त झन् बिदाको दिन जरुक्क उठेदेखि कुरा हुन्थ्यो। बिहानैदेखि सुरु भएको कुराकानी खाजा-नास्ता खानै भुलेर कुरा हुन्थ्यो। बीचमा कुरा आउथ्यो, 'हाम्ले त आज खाजा खानै भुलेछौ, है !' फेरि जबर्जस्ती फोनकल काटेर खाना बनाउनतर्फ लाग्थ्यौ र खाना बनाउदा-बनाउदै कुराकानी हुन्थ्यो। कहिल्यै नसकिने अथाह कुराकानी हुन्थ्याे। जब उनी नुहाएर चिसो कपाल लहराउदै मेरो अगाडि भिडियो कलमा आउथिन्, तब मेरो शरीरको तापक्रम उच्च हुन्थ्यो। आफूलाई जसोतसो गरि समाल्ने गर्थें, सुरुवाती अवस्थामा। बिस्तारै जति नजिक हुँदै गयौँ। चार मिटरको...

जातभात

 सास फेर्न आफ्नै समाज  भोज पुजापाठ आफ्नै जातमा ।          प्रेम जवानिको जोस र बिहोस मा        बिबाहमा पनि जातभात  ।    मर्न पनि जात चाहिन्छ , मरेपछि घाटमा पनि जातभात ।        लास बोक्ने मलामी पनि आफ्नै जातको         घाट अलग्गै मरेपछि पनि जातभात ।  जिउदो रहुन्जेल इज्जत भएन  मरेपछि आँसुको पनि जातभात ।