साउन महिना
भगवान शिव जि को प्रिय महिना साउन भनेर मानिन्छ , मान्यता छ कि पुजा आराधना गरेर दुःख पिडा कष्ट नाश हुने गर्छन् ।
शास्त्रमा यस्तो भनेको पाइन्छ , भगवान विष्णु साउन महिनामा निद्रा योगमा जान्थे र भगवान विष्णु निद्रा योगमा गएपछि यो सृष्टि चलाउने जिम्मा आफै शिव जि ले लेउथे ।
तेहि भएर पनि साउन महिना विशेष छ र पुजा अर्चना धेरै महत्वपूर्ण हुन्छ भन्ने मानिन्छ । साउन महिना देव र दानव विचमा भएको समुन्द्र मंथनको कथा जोडिएको छ देवका पनि देउवा महादेवले सृष्टि रक्षाको लागि बिष पनि पिउनु भएको थियो ।
शिव जि एक प्रेमका महायोगी पनि थिए , पार्वती सङ्ग प्रेम बिबाह गरेको मानिन्छ , जब कोहि नयाँ जोडि लाइ आशिर्वाद दिने गरिन्छ त शिव पार्वतीको जस्तै हो भनिन्छ ।
शिव जि जिबन , मृत्यु , विनास र पुनर्जन्मका देउता पनि थिए । उनलाई १००८ अलग अलग नामले चिन्न सकिन्छ ।
भन्ने गरिन्छ साउन महिनामा शिव जि को पुजाको तुरुन्तै सुभ र फलदायी हुन्छ , यसको पछाडि भगवान शिवको बरदान पनि छ ।
त्यो देखेर पनि मानिसको जिवनमा सकरात्मक उर्जा उत्पन्न हुन्छ तेसैले प्राकृतिकको पुनर्जन्म र आध्यात्मिक शान्तिको महिना पनि मानिन्छ ।
हरेक सेकेन्ड हरेक घडी भगवान शिवको भनिन्छ र तेसै गरि मानिन्छ महिनाभर साधना भक्तिले चेतना र बुद्दिको पनि विकास हुन्छ ।
देवताको पनि देउता शिव सङ्ग राछेसहरु कयौं पटक लडे सधैं उनिहरुको हार मात्रै हुन्थ्यो र सबैभन्दा शक्तिशाली पनि मानिन्छ भगवान शिव लाइ ।
तेहि भएर पनि होला महिनाभर शिव जी लाइ खुसि बनाएर आफुले चाहेको हासिल गर्न खोजिन्छ । शिव जी सबैको सुन्नु हुन्छ र कसैलाई पनि निराश बनाउनु हुन्न भन्ने मान्यता छ ।
शिव जी सबैभन्दा चाडो प्रसन्न हुने भगवान भनिन्छ र भक्त हरुबाट चाडो प्रसन्न हुनुहुन्छ तेहि भएर पनि अलग-अलग तरिकाले पुजा आराधना गरेर खुसि बनाउने गरिन्छ।
बेल पत्र चढाएर सुन्दरता बढ्ने गर्छ , उखुको रस चढाएर लक्ष्मी प्राप्त गर्न सकिन्छ , अन्न चढाएर सन्तान प्राप्ति गर्न सकिन्छ यस्तै कयौं मान्यता हरु पनि छन ।
शिव जि लाइ लगातार ४१ दिन पुजा आराधना गरेर कुनै पनि काम पुरा गर्ने इच्छाशक्ति उत्पन्न हुने गर्दछ भन्ने मान्यता छ मानिन्छ ।
शिव जि लाइ खुसि बनाउन कयौँ मन्त्रहरू छन् तर मुख्य मन्त्र भनेको , ॐ नमः शिवाय हो यो मन्त्र लाइ महिनाभरी जप गर्ने गरौ ।