उनि टाढा भएको
खै के भएको छ आजकल उनलाइ !
दिनहुँ घन्टौ गफगाफ हुन्थ्यो , कम हुदैछ "
मैंले समयको कमि महसुस गरेको छु
उनि आफुबाट टाढा भएको महसुस गरेको छु ।
उनि म बाट टाढा भएको हुन कि ! या भ्रम हो !!
मेरो सङ्काले झन सम्बन्ध कमजोर हुदै पो कि !!
हुन त मेरो पिउने बानि मन नपरेको पनि हुनसक्छ ! कतै उनले नयाँ प्रेमि बनाउँदै पो छिन कि !!
हुन त हाम्रो सम्बन्ध साथिको मात्र हो "
फेरिपनि उनि टाढा भएजस्तो महसुस गर्दैछु ।
किन मलाई यस्तो लाग्दैछ कि ! सधैंको लागि गुमाउदै छु
खै किन आफु बाट टाढा भएको महसुस गर्दैछु ।