अधिकार
आज नगारिकता बिधेयकमा चुप बस्नेहरु
भोलि नागरिकता नै खोसिदा कसो गर्लान् ?
राजनीतिक ब्याक्ती , शासकहरू र जनताहरू
भोलि आफ्नै हक अधिकार खोसिदा कसो गर्लान ?
अल्लि पहिलाका नेताहरु नदिनाला, सडक र बालुवा बेचे
आज नागरिकता बेचे फेरि आउनले देश बेच्दा कसो गर्लान ?
हिजो भुमि मिच्दा आज अर्कैलाई अधिकार दिदा चुप !
भोलि सिङ्गो देश नै नरहदा हुदा कसो गर्लान् ?
आजको एउटा गल्तीले देश नै नरहला जसो छ ,
भोलि आफ्नै अधिकारको लागि लड्नुपर्दा कसो गर्लान ?
राजाहरूले एकिकरण गरेर बचाएको देश " कठैबरा
भोलि आफै अधिकार विहिन हुदा कसो गर्लान् ?
आज चुप रहेर हस्ताक्षर गरेको याद आउला
भोलि बोल्नै नपाएर छट्पटाउदा कसो गर्लान् ?