लडाइ

लडाइ ..

तिमिलाई भुल्ने लराइ लडिरहेको छु 
यो लडाइ पनि अरु जस्तै 
कैले नसकिने भयो ।

दुर्गम गाउँमा जस्तै उसका यादहरु
टाढा टाढा सम्म केहि छैनन्
 केबल आवाजहरु बाहेक 

यसमा बाहिरी कुनै मद्दत पुग्दैन 
अकस्मात् उसको फिर्ता आउने 
सम्भावना पनि न्युन देख्छु । 

लडाइ लामो चलिरह्यो कैले मेटिएन
आकाशमा देखिने जुन र तारा जस्तै । 

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन