जातभात

 सास फेर्न आफ्नै समाज 
भोज पुजापाठ आफ्नै जातमा । 

        प्रेम जवानिको जोस र बिहोस मा
       बिबाहमा पनि जातभात  । 
 
मर्न पनि जात चाहिन्छ ,
मरेपछि घाटमा पनि जातभात ।

       लास बोक्ने मलामी पनि आफ्नै जातको
        घाट अलग्गै मरेपछि पनि जातभात । 

जिउदो रहुन्जेल इज्जत भएन 
मरेपछि आँसुको पनि जातभात ।

        

        
   
         

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन