Posts

Showing posts from April, 2020

मेरो ड्रिम गर्ल

Image
नयाँ ठाउँ कैले नगएको सहर , भन्छन् नि इच्छा हुनुपर्छ मायाले डोर्याएरै पुर्याउँछ ।           काठमाडौं सम्मको यात्रा कैले नगएको ठाउँ देशकै राजधानी जहाँ मायाको बगैंचा उनको मुटु रोप्न हिडेको थिएँ , सानै उमेरदेखि घरको परिस्थिति बाध्यताले गर्दा घर बाहिरै बसेपनि यसरि हिड्ने डुल्ने कसैलाइ भेट्नै भनेर सायाद पहिलो पटक नै थियो ।  कहाँ बाट म कसरि बाजालु सम्म पुगे मै अचम्म छु भनम उसको प्रेमले डोर्याएरै पुर्याएको हो । उनको अफिस नजिकै पुगेर फोन गरे ,,                     म आइपुगे । एक मिनेट भित्रमा उनि तल आइन दुब्लि पातलि लुरि ज्यान  निन्याउरो अनुहार आँखा मा नजानिदो गाजल मात्र बिना मेकअपको देख्दा मैले मनमनै सोचेँ मेरो ड्रिम गर्ल जस्तै ! म लाजले हेलो हाइ पनि भन्न सकिन उनले आफै हेल्लो भनिन हाइ भन्दै सन्चो बिसन्चो सोध्दै चिया कफी पिउन तर्फ लागियो । रेस्टुरेन्ट मा गएर मस्रुम सुप मगायौ पटक्कै मन परेन उनलाई ,,, तेस्पछि उनि अफिस गइन म भाइको कोठा तर्फ फर्किए । कोठामा फर्किए पछि मनमा अनेकौं सोच्न थाले " यत्तिको सिम्प...

प्रेममा जातपात

प्रेम र जातपात! हिजोआज प्रेम र जातपात! हिजोआज दुस्मन भएको छु म यी मानिसहरुको अनि यी मानिसहरुलाई आफ्नो इशारामा छमछमी नचाउने यो बहुरुपि समाजको! हुन त उबेलामा जोर लगाएर सामाजिक पढाउने शिक्षकले रटाउनु हुन्थ्यो मानिस एक सामाजिक प्राणी हो जस्को अस्तित्व समाजमा निहित छ  जिउदाको जन्ती र मर्दाको मलामी भनेर चिनिने यो क्रुर समाजले अरुलाइ के कति दियो थाह भएन तर मसगं मेरो अस्तित्व मेरो आँखा अगाडि खोसेको छ! मलाइ निरीह बनाएको छ! खोलाको डिलमा आशुका ढिकाले गाला रुझाएर प्रकृतिले रचेको दिन त जेनतेन बिताउछु! तर सिङ्गो यो रात पिउदा म पल पल दुखिरहेकोछु ! हो यहि समाजको कारणले, अनि समाजले बनाएका नीति, नियम, चालचलन अझ भनौ कानुनले टन्न अगाएको छु म! हुन त यहि समाजले बनाएको स्कुलमा मैले मज्जाले पढेको थिए! दुईओटा कोणहरुको योग 180° अथवा दुई समकोणहरु एकआर्काका परिपुरक हुन्छन! जस्तै 60° र 120° त्यस्तै अर्थशास्त्रमा कलम र मसि एक आर्काका परिपुरक भनेर पनि पढे! तर यहि समाजमा आर्जित शिक्षाले मलाई यहि समाज विपरीत बनाईदियो! एक आर्का बिना बिल्कुलै अपुरा हाम्रो बिचमा जातिय विभेद तेर्साएर कहिलै पूरा हुनै दिएन! ...

प्रेम

साचो प्रेम गर्नेहरु देख्दा लाग्छ यिनिहरु एक आर्कालाई प्रेम गर्नै का निम्ति बनेका हुन! यो दुनियाले पहिलो प्राथमिकतामा ढब्बा लगाएका अन्य नीति नियमहरु र काम कारबाहीहरु यिनिहरुको जिवनका साना अंसहरु मात्र हुन ! प्रेममा यति लिप्त कि, स्वार्थको खोस्टो ओडेर आदर्शका कुरा छाट्ने यो दुनियाको दस्तुर प्रती अज्ञान छन! गन्तव्य सानो,मीठो अनि सुमधुर लक्ष्य केवल एकाअर्का सगं कहिलै नछुट्ने! यिनिहरुका लागि धन सम्पत्ती केवल जीवन धान्न चाहिनें एक तत्व हो, एकाअर्काको सामिप्यता र साथले अभावलाई हावी हुनै नदिने! प्रेम सागरमा डुब्कि लगाएका जोडिहरु दुनियाको प्रभाव र जिन्दगिको अभावलाई नजरअन्दाज गर्छन! प्रेमलाई नै सत्य अनि बिश्वासलाईनै सविधान मान्छन! अरुलाई होच्याउने, डाह गर्ने र भाड्न खोज्नेहरुको ठूलो भिड्लाई छिचोलेर प्रेमको बिरुवा हुर्काउन बिश्वासको ठुलै भुमिका हुन्छ! विश्वास नै प्रेमको आर्को नाम रहेछ! फेसबुकको पास्वर्ड , नियमित जांचबुझ आजको शताब्दिमा प्रेम सम्बन्ध जोगाउन चाहिने बिश्वासका पुलहरु हुन जुन निक्कै कमसल हुन्छन ! प्रेम हुन त बिश्वास चाहिन्छ "मेरो बिश्वास लाग्दैन?" भन्दै बिश्वास गर्न मजबुर बना...

नयाँ सालको शुभारम्भ

Image
नयाँ साल आउनुभन्दा आधाघण्टा पहिला बाट मोबाइल को इनबक्समा गएर म्यासेज टाइपिङ गर्दै थिएँ, आँखाबाट आँसुका थोपा झर्दै थिए ।                         अघिल्ला नयाँ साल यो भन्दा बेग्लै थिए। हरेक साल रातको बाह्र बजे उनको कल या म्यासेज आउथ्यो मेरो रिप्ले जान्थ्यो यो साल मेरो एकतर्फी मात्र थियो । भन्छन् नि छोटो समयमा धेरै प्रेम गर्नु घातक हुन्छ ! सायद तेस्तै भएको हुनुपर्छ जरुरत भन्दा बढि प्रेम छ अदभुत चाहत पनि प्रेमको लागि हानिकारक हुदोरहेछ । छोटो समयमा धेरै प्रेम र छोटो साथ उनको जिन्दगी भरिको लागि यादगर रह्यो ,, यसै त भन्नुपर्दा मेरो भन्दा पनि बढि चाहत र अनेक सपना उनकै बढि थिए सगसङगै जिउने ।  भनिन्छ नि भाग्यमा नलेखिएको कुरा जति नै कोसिस गरेपनि कैले पुरा हुदैन । एकातर्फ मनले फेरि सोच्ने गर्छु दुवैको इच्छा र चाहना तिब्र भएपछि जस्तो सुकै परिस्थिति समय बाधा अड्काउ आएपनि रोक्न सक्दैन‌,, तर पनि खै किन हो हाम्रो सम्बन्ध मा त्यो लागु किन भएन ?? जे होस् प्रेम गर्ने मान्छे एक अर्का को खुसि मा रमाउनु पर्छ‌ भन्छन तर नत उनि खुसि...

कोरोना

पीडामा देख्छु सारा  संसार विरक्त लाग्छ ! फैलिदै छ कोरोना लगातार विरक्त लाग्छ !! दैनिक बढ्दैछन् यहाँ कारुणिक घटनाहरू , हेर्छु सुन्छु र  यस्ता  समाचार विरक्त लाग्छ ! धनी गरिब बालक बूढो भन्दैन कदापी हरे, सबै हुनेभए  यसैको  शिकार विरक्त लाग्छ !! कर्फ्यु र कोरोनाको मारमा छन् गरिब सधैं, देख्छु सबका मलिन अनुहार विरक्त लाग्छ ! अाफ्नै अावासमा थुनिएका छन् कैदी जस्तै, सम्झिन्छु  र सबै  घर परिवार  विरक्त लाग्छ !!

प्रदेशि

कति रोयौ मेरो लाश माथि आएर, भक्कानिदै भन्यौ एक्लै गयौ, सँगै हुने कसम खाएर, ल्याएका थियौ रातो सिन्दुर" अनि रातो वस्त्रमा नै सजाएर, बिचैमा छोड्यौ मलाई सेतो कपडा उपहार दिएर ।