Posts

Showing posts from July, 2021

भरोसा

    कयौँ बर्ष पछि फेरि मेरो हेर्ने नजर फेरिएको छ जुन भरोसा तोड्ने अरु कोहि थियो आजकल नयाँ मान्छेको आगमनले मैंले थोरै भएपनि भरोसा गर्न थालेको छु ।        सायद एकपटक आफुलाई भन्दा बढि भरोसा गर्ने मान्छेले नै तोडेको हुनाले मेरो दिमागमा परेको गहिरो प्रभाव नै थियो जुन कयौ बर्षसम्म पनि भरोसा गर्न सकिरहेको थिएन ।      म धेरै छुच्चो छु बोल्ने कुरामा अलिकति उट्पट्याङ र ननभेज बोल्ने गर्छु मलाई सजिलै मान्छेले चरित्रको बारेमा मुल्यांकन गर्छन् , हुन त फरक पर्दैन कसले के भन्छ किनकी आफुले आफुलाई भन्दा बढी अरु कसैले बुझेको हुदैन ।      हो म मा परिवर्तन आएको छ किनकी म यस्तो साथि भेटाएको छु जसले मलाई प्रेम गर्छु भनेर हजार पटक साबित गर्न तर्फ लाग्दिनन् मेरो कमि कम्जोरी माथि हमला पनि हुदैन मलाई भन्दा बढी प्रेम मेरो कमि कम्जोरी सङ्ग छ ।        मलाई निद्रा न लाग्दा उ पनि रातभर जाग्राम बस्छे म सुत्दा सङ्गै निदाउछिन कैले मलाई साथ दिन्छु भनेर जिन्दगी भर भन्दिनन् , सकुन्जेल साथ दिन्ँछु भन्दै मुस्कुराउँछिन उ आफै पिडामा छ अनेक समस्या छ ...

चुरा मेहन्दी

हरियो चुरा मेहन्दी कुरेर बसेका छन , सधैं जसरी खै कसको लागि हो खै ? २        यो सालपनि सधैं जसो किनेर राखेको         कयौ साल बितिसके  पर्खेि बसेका छन । छट्पटाइरहेका छन कसैको त्यो  सुन्दर हातमा सजिउला भनेर ।              यिनका पनि इच्छा चाहना होलान            कसैको हातमा कसैको नाममा सजिने ।       पुरा हुन यि हेरिया चुरा र मेहन्दीका सपनाहरु   सुन्दर देखियोस् कसैको त्यो हात र हत्केलामा ।          छमछम बझिरहुन रङ्गिन होस त्यो हत्केला र हात           पर्खेर बसेका यिनका सपनाहरु चाडै पुरा होस । २       

मेहन्दी

      साउन महिना हरियाली चुरा र मेहन्दी निकै सुन्दर देखिन्छ तिम्रो त्यो हातमा ।         सधैंभरि जस्तै यो साल पनि लगायौ है !     मेरै नाम लेखेको स्पस्ट देखिएको थियो  ।           पाँच वर्ष भइसक्यो तिमिले यसरि नै लेखेको ,       देखावटी थिएन आमाले लगाइदिएको मेहन्दीमा ।     हरेक साल जिन्दगी भरि यसरी नै देख्न पाउ  तिम्रो त्यो लेख्ने रहर झन झन बढ्दै जाहोस ।          मेरो आँखाको नजर झनै बढि तेजिलो होस , हरेक साल झनझन् गहिरो छापिदै जाहोस ।    फेरिपनि मनमा अनेकौं डरले सधैं सताउँछ  हातमा लेखिएको नाम मेरो भाग्यमा नछुटोस् ।          मैले देखेको हरेक सालको सपना कैले नटुटोस्   तिमिले लेख्ने सौभाग्य जैले सधैभरि प्राप्त होस ।       हत्केलामा छापिएको मेहन्दीको नाम मेरै  भाग्यको अगाडि कैले फिका नहोस । २         

हरहर महादेव

 नियमित रूपमा मङ्गलबारको व्रत पछि सधैं जसो यो बर्षपनि उनले साउनको महिनाको पहिलो सोमबार व्रत बसेको रहिछन उ जस्ता हजारौं लाखौ होलान् ।       धेरै आशावादी छन पक्कै पनि इच्छा चाहना पुरा गर्ने रहर कसको हुदैन र ? सबका अनगिन्ती आशाहरु सङ्ग जोडिएका होलान्  ।      हामि सबैले केहि न केहि आशा राखेर नै भगवान् प्रति आस्था राखेका पक्कै हुन्छौ , कोहि सबथोक पाउछन् भने कसैले गर्दागर्दै पनि गुमाउँछन्  ।       मैंले पनि बसेको थिएँ हरेक मङ्गलबार धेरै आशाहरु लिएर केहि पाए त धेरै गुमाए , फेरिपनि भगवान प्रतिको आस्था कम भएको छैन निरन्तर गरिरहेको छु ।      गुनासो आफै सङ्ग छ गल्ती गरेको थिएँ कि ? या भगवान् प्रतिको जुन आस्था राखिन्छ तेसैमा केहि कमि कम्जोरीहरु रहे होलान् मनुष्य भएपछि गल्ती भइहाल्छ ।      अनेकौ आशा लिएर व्रत बसेपनि आफ्नो अगाडि भएको केहि चिजलाइ अनदेखा गरिन्छ एकपटक आफैंलाई मुल्यांकन गर्न पनि जरुरी छ , केहि नछुटोस् र केहि नदोहोरियोस् जिन्दगीमा एकपटक आत्मा चिन्तन गरौ ।     पशुपतिनाथले सबैको रक्षा गर...