Posts

Showing posts from August, 2020

महिनावारीको दर्द पिडा

 जब मेरो आमाले चरप्प पटुका कसेर खेत बारिमा काम गर्नुहुन्थ्यो मैंले यति धेरै पिडा महसुस गर्न पनि सक्दैन्थे आमा न हो घर परिवारको जिम्मेवारी र परिवारको खुसिको अगाडि महिनावारीको  पिडा दर्द र छट्पटी फिका लाग्थ्यो होला !! उ बेलामा न नजिकै कुनै मेडिकल नै थियो नत कुनै पेन किलरको शिक्षा नै कहाँ बाट खानु र खै ! कठै मेरो आमा  जब म जान्ने बुझ्ने भए घरबाट बाहिर प्रदेशमा उमेर बढ्दै जादा र बुद्दि बिकास हुदै जादा त्यो पिडा नजिकबाट बुझ्ने मौका बल्ल पाउदै थिएँ ।  जब म कसै सङ्ग प्रेम सम्बन्धमा बाधिएको थिए तेतिबेला नजिकै बाट बुझ्न पाएको थिएँ  कैले रातको दुइ तिन बजे फोन गरेर भन्थिन या अफिस गएको वेलामा कल आउथ्यो ।  मलाई साह्रै पिडा भयो खपिनसक्नु भएको छ कयौँ रातहरु उसको पिडा मै बित्थ्यो मेरो बोलि सुन्दा बित्तिकै निदाउने उनि त्यो बेलामा रातभर बोलिरहँदा पनि आखा समेत लाग्दैन्थ्यो दुइ दुइ ओटा पेन किलर खाँदा पनि त्यो पेटको दुखाइ भने कम समेत हुन्थेन उनि कराएको र छुट्टाएको रात भरि नसुतेको त्यो दिनहरू अझैपनि मेरो आँखा वरिपरि घुमिरहन्छ । दुइ तिन दिनसम्म त्यो दर्द र छट्पटाइ सायद पुरुषले कै...

यौनकर्मीको बिचमा

जहाँ म तिम्रो वरिपरि तिम्रो काखमा रमाउने मान्छे "तिम्रोलागि साचेर राखेको यो जवानी आजकल यौनकर्मी हरुको विचमा बिताउन बाध्य छु ...।"  तिमि त समय सङ्गै बदलियौ तर म बदलिन सकिन आफुलाई समाल्न खोज्दा कतिबेला यस्तो बाटो हिडेको रहेछु पत्तो भएन आज पछि फर्केर हेर्दा बल्ल आफुलाई यस्तो हालतमा पुगेको महसुस भयो अब पछाडि फर्किन धेरै गाह्रो छ हो म तिमिलाई भुल्न यौनकर्मीको साहारा लेउन गरेको छु  बाइस चौबिस सालसम्म समालेर तिम्रोलागि राखेको यो जवानी आजकल बाध्यतामा यौनकर्मी सङ्ग आँखा बन्द गरेर जबर्जस्ती काखमा लपटिन बाध्य भएको छु हो म यौनकर्मीको साहारा लेउन थालेको छु । मलाई याद मलाई तिमिले गलत बाटो कैले नहिड्नु समालिएर हिड्नु इज्जतको ख्याल गर्नु भर्थेउ तिम्रो भरोसा माथि खडा उत्रिन सकिन यि आखाँ र मनले भरोसा तोडिएको देख्दा को पिडा मलाई महसुस भएको छ  तर तिमिलाई गरेको भरोसामा बदलामा भनौ या अथाह प्रेमको बदलामा म यौनकर्मीको साहारा लेउन थालेको छु ।  कयौं महिना अनिधो भोकै प्यासै तिम्रै म्यासेज कलको पर्खाइमा बसेको मान्छे म  तिमिलाई भने एकपटक पनि हाल खबरर सोध्ने फुर्सद पनी थिएन !! हुन  त बा...

happy Birthday sani

म मा यति हिम्मत छैन कि अब उसलाई फोन या म्यासेज गरेर बर्थडे को सुभकामना दिन सकु !! उनले गरेको व्यावहार धेरै टुटेको छु सामाजिक सञ्जाल देखि लिएर हरेक ठाउँमा ब्लग फोन नम्बर सम्म  आजको दिन त नयाँ फोन नम्बर लिएर भएपनि एककल फोन गरौ जस्तो त लाग्छ !!  तर  म मा यती हिम्मत छैन धेरै टुटिसकेको छु  म्यासेज या कल  गरेर सुभकामन भन्न सकु ! उसको जन्मदिन आउँदा चार्डपर्ब जस्तो लाग्ने मलाई यो पालि आसु मैं जन्मदिन मनाउन बाध्य छु । उसको लागि  म हुनु नहुनु खासै फरक पर्दैन तेसैले त चौतर्फी ब्लग र तिरस्कार पाएको छु खास हुन्थे भने  कसले साथ छोड्छन् र  !!  आफ्नो खास मान्छे रुवाउने होइन खुसि दिन्छन् होइन र? फेरि उनलाई जन्मदिन को अनगिन्ती सुभकामना जिन्दगी मा सबैभन्दा बढि माया गर्ने मान्छे मिलोस् प्रगति होस बाकि बचेको मेरो आयु पनी उसैलाइ लागोस् एक थोपा पनि आसु कैले नझरोस आशुको बिचमा आफुलाई समाल्न धेरै गाह्रो हुन्छ त्यो कुरा पछिल्लो ७/८ महिना देखि भोग्दै आएको छु ्। त्यो दिन कैले पनि तिम्रो आस पास नआहोस