Posts

Showing posts from March, 2021

खोजिरहेको छ तिमिलाई

तिम्रो त्यो हात खोजिरहेको छु जुन हातलाइ सिरनि बनाएर सुत्ने गर्थे , संसारकै सारा खुसि पाउने गर्थे मिठो निदाउने गर्दथे ।      यि रातहरु सङ्ग थाकिसकेको छु जहाँ मेरा निद्रा लुटेको छ , मलाई आजकल तिम्रो साथको आशा लाग्न छोडिसक्यो  मिठो निद्रा खोजिरहेको छु ।      सम्झाउन सक्दिन म यि रातहरु लाइ तिम्रो हात खोजिरहेको छ यि आखा झिमिक्क हुन समेत मान्दैनन् यि रातले तिम्रो त्यो हात खोजिरहेको छ ।     मलाई सिरनिको खाँचो भइरहेको छ , तर त्यो कपासको होइन ति हातको यि रातहरु यसै बितिरहेका छन् खोजिरहन्छ तिम्रो त्यो हात जुन सिरनि बनाएर सुत्थे ।       सम्झाइदेउ मेरो यो निद्रा लाइ तिमि खोजिरहेको छ आखा झिमिक्क समेत हुन मान्दैनन् तिमिलाई खोजिरहेको छ ।           तारा जस्तै भयौं तिमि टाढा छौ , हेरिरहन सकेको छु तर पाउन भने सकेको छैन " यि रातले तिमि खोजिरहेको छ निद्राले तिमिलाई खोजिरहेको छ ।

चुरोट

रातिको एक बज्न लागेको थियो साथमा  चुरोट केहि थान सपनाहरु र तिम्रो यादहरु मनभरी हुदै दिमाग सम्म पुगेको थियो ।        बाहिर गाडिहरु गुडिरहेका थिएँ चुरोट सल्काउदै कोठा बाट बाहिर निस्के झसङ्ग तिम्रो यादहरुले दिमाग भरिदियो ।   तिमिलाई कसम दिएको नाइ अब बाट चुरोट पिउदिन भन्दै तिम्रो कसम खाएको , प्रेमको खेलमा वाचा कसम खाने र तोड्न तिमि बाट सिकेको थिएँ ।     जिन्दगी भरिको साथको कसम खाएको तिमि निभाउन त सकिनौ भने मैंले त जाबो चुरोट खान्न भनेको थिएँ निभाउन सकिन सालभर भन्दा बढि भइसक्यो कसम तोडेको ।     चुरोट सकिन लागिसकेको छ अब कोठाभित्र पस्ने बेला भएछ साथमा चार भित्ता र भिजेको सिरनि मेरो आफ्नै दुख सुख का साथिले कुरिरहेका छन् ।