Posts

Showing posts from August, 2022

अधिकार

आज नगारिकता बिधेयकमा चुप बस्नेहरु  भोलि नागरिकता नै खोसिदा कसो गर्लान् ?   राजनीतिक ब्याक्ती , शासकहरू र जनताहरू  भोलि आफ्नै हक अधिकार खोसिदा कसो गर्लान ?  अल्लि पहिलाका नेताहरु नदिनाला, सडक र बालुवा बेचे आज नागरिकता बेचे फेरि आउनले देश बेच्दा कसो गर्लान ? हिजो भुमि मिच्दा आज अर्कैलाई अधिकार दिदा चुप ! भोलि सिङ्गो देश नै नरहदा हुदा कसो गर्लान् ?  आजको एउटा गल्तीले देश नै नरहला जसो छ ,    भोलि आफ्नै अधिकारको लागि लड्नुपर्दा कसो गर्लान ? राजाहरूले एकिकरण गरेर बचाएको देश " कठैबरा  भोलि आफै अधिकार विहिन हुदा कसो गर्लान् ? आज चुप रहेर हस्ताक्षर गरेको याद आउला  भोलि बोल्नै नपाएर छट्पटाउदा कसो गर्लान्  ?