Posts

Showing posts from September, 2021

कक्षाकाेठाकाे बेञ्चबाटै छुटेकी आश्मा

Breaknlinks म बस्ने बेञ्चकाे अर्को पट्टी केटीको बेच्नमा भखर्रै नयाँ केटी आएको थिइन्। एक महिनापछि बल्ल त्याे कक्षाकाेठामा एउटा नयाँ केटीको आगमन भएको थियो, जाे असाध्यै राम्री पनि थिइन्। कक्षाकोठाकाे बेञ्चहरूमा केटाहरुबीच आफ्नाे कब्जा जमाउने खुब हाेडाबाजी चल्थ्याे। कक्षाकाेठामा ती नयाँ केटी आएपछि भने सबै केटाहरूले आफ्नाे बेञ्च खाली भएकाे भन्दै उनलाई आफूसँगै बसाल्न तानातान गर्न थाले। मसँगै अरु साथीहरुकाे अनुमान के थियाे भने ती केटी पक्कै कि यही विद्यालयकाे पुरानाे विद्यार्थी हाे, कि प्रिन्सिपलकी छाेरी हाे। त्यसभन्दा पहिले ती केटी कुनै कक्षाकाेठा र विद्यालयमै देखिएकी थिइनन्। उनकाे परिचय पाउँन र नजिक हुन अन्य केटा साथीहरू विभिन्न याेजना बनाउँदै थिए। नढाँटी भन्ने हाे भने, मेराे मनमा पनि उनकाे बारे जान्ने काैतुहलता जागिसकेकाे थियाे। तर, मैले बाहिर देखाइनँ। याे मनकाे कुरा मैले मनमै राखेँ। एकमनले यस्ताे पनि साेच्याे कि- आखिर उ, काे नै पाे हाे र ? उ जस्ता केटीहरू कक्षाकाेठा र विद्यालयमा कति छन् कति ! ७० भन्दा बढी विद्यार्थीहरूकाे बीचमा खास हुन उ सँग के नै पाे खासियत छ र ! उनी अङ्ग्रेजी विषयमा ट्य...

स्कुले जिन्दगी र यादहरु

       मैंले भखर्रै कक्षा नौं मा भर्ना भएको थिएँ  , त्यो भन्दा पहिलाको पढाइ मेरो बाग्लुङमा भएको थियो मेरो लागि पहिलो दिन थियो नयाँ ठाउँ साथिहरु पनि कोही थिएनन् ।             पहिलो दिन क्लासको अन्तिम बेन्चमा एक्लै बसेको थिएँ त्यो स्कुलको नियम रहेछ क्लास सुरु भएको पहिलो दिन नै पहिला आएर जहाँ बस्यो तेहि बस्ने बेन्च कब्जा गर्न पर्ने रहेछ मलाई थाहा थिएन त्यो बारेमा ।    बाग्लुङमा पढ्दा त केटाकेटी मिलाएर राख्ने गरिन्थ्यो तेहि पनि जान्ने र नजान्ने शिक्षक शिक्षिकाको मान्यता थियो कि केटाकेटी मिलाएर राख्दा हल्ला कम हुन्छ र जान्ने नजान्ने मिलाएर राख्दा सबै स्टुडेन्ट बराबरि कम्जोर बलियो हुन्छन् ।     म अचम्म परेको थियो एकतिर केटा नै केटा अर्कोतर्फ केटि केटि बिल्कुल नयाँ फरक देखिरहेको थिएँ , फेरिपनि म स्कुलको युनिफर्म लगाएर गएको थिएँ तेहा क्लासमा थोरैले मात्रै लगाएको थिएँ ।     पहिलो दोस्रो तेस्रो तेस्तै आउने अनि बलियो स्टुडेन्ट र केहि म जस्ता सोझा थिए पहिलो दिन सबैले मलाई हेरेर हाँसिरहेका थिएँ उचाइमा...