Posts

Showing posts from June, 2020

आमा

Image
आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो । “बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् । नितेशले भन्यो, “सन्चै छु । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।” उनले भनिन्, “म यहीँ ठिक छु बा ।” ऊ कड्क्यो, “यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।” भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, “यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत ।” उसले भन्यो, “अब हामी सबै उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।” उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन् । एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, “हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोर्डिङ पास लिन्छु । कतै नजानु होला ।” ऊ भित्र पस्यो । उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । “टिकट नपाए...

एक मिठो ‌निद्रा

म चाहन्थे एउटा मिठो निद्रा निदाउन तर कयौं महिना बितिसक्दा पनि निदाउन सकिन सायद मेरा यि आखाले उनको म्यासेज कुरेरै बसेका हुन्थें ।           बितेका यि कयौ महिना घरी खाटमा सुत्थे घरि गद्दा लगेर जमिनमा सुत्ने गर्थे जाडोको महिना कति बेला पङ्खा चलाउने त कति बेला चिसो कुलर तर पनि एक निद्रा निदाउन सकेको थिएन , मेरो लागि जिन्दगी को सबैभन्दा बढि पिडादायी र गाह्रो भएको थियो , जहाँ उनि सङ्गै देखेका कयौँ सपना अब एक्लै पुरा गर्न पर्ने बाध्यता थियो , आजकल मा नया युवा पिडिको लागि प्रेम बिछोड मिलेन त सामान्य भइसक्यो "म पनि युवा पिडिको मान्छे  हु तर त्यो सोसायटी मा अटाउन सकिन । सुनेको छु उनि पनि तेहि सोसाइटी कि एउटा नयाँ सदस्यता लिएर बसेको छिन रे ! भन्ने त गर्थिन् तिमि पनि मेरो जिन्दगी कल्पना भन्दा बाहिर छ सम्भव छैन तर त्यो सब भन्ने सम्बन्धमा रहुन्जेल मात्र पो रहेछ कास मलाई पनि पहिला त्यो सबै थाहा भइदिएको भए तिमि जस्तैः तयारी गरेर बस्थे ! जहाँ पहिलो भेट भएको थियो तेहि ठाउँमा मलाई भेट्न बोलाएर जिन्दगी को अन्तिम भेट गर्ने तिम्रो त्यो योजना बुझ्न नसकेको रहेछु । म नादान थिय...