कोठाको सम्बन्ध
पहिला एउटा कोठाबाट सुरुवात भएको हाम्रो सम्बन्ध असल मित्रताबाट प्रेम सम्म पुग्यो। उहि कोठा थियो, जहाँ म रातभर कल्पनाभरी परीको खोजीमा जाग्राम बस्थें। सम्बन्ध अगाडि बढेसङ्गै हाम्रो भेटघाट पनि निरन्तर हुँदै थियो। पहिलो भेटघाट अक्क-बक्कमै नचिनेजस्तै गरि सामाजिक दुरीको पालना नगर्न पर्ने अवस्थामा पनि चार मिटरको दुरी कायम गरेका थियौं। बिस्तारै-बिस्तारै हाम्रो सम्बन्धले उचाइ छुदै थियो। दिनभर अफिसमा, साँझ परेपछि कोठाको खाटमा लुटुपुटु हुँदै प्रेमिल दुनियाँमा मिठा-मिठा बात गरेरै बित्थ्यो। शनिबारको दिन त झन् बिदाको दिन जरुक्क उठेदेखि कुरा हुन्थ्यो। बिहानैदेखि सुरु भएको कुराकानी खाजा-नास्ता खानै भुलेर कुरा हुन्थ्यो। बीचमा कुरा आउथ्यो, 'हाम्ले त आज खाजा खानै भुलेछौ, है !' फेरि जबर्जस्ती फोनकल काटेर खाना बनाउनतर्फ लाग्थ्यौ र खाना बनाउदा-बनाउदै कुराकानी हुन्थ्यो। कहिल्यै नसकिने अथाह कुराकानी हुन्थ्याे। जब उनी नुहाएर चिसो कपाल लहराउदै मेरो अगाडि भिडियो कलमा आउथिन्, तब मेरो शरीरको तापक्रम उच्च हुन्थ्यो। आफूलाई जसोतसो गरि समाल्ने गर्थें, सुरुवाती अवस्थामा। बिस्तारै जति नजिक हुँदै गयौँ। चार मिटरको...